एमबीए पढ्न नसकेका युवाले बनाएको क्रेड घाटामा हुँदापनि ३ वर्षमा बन्यो साढे २ खर्बको कम्पनी



विश्वका केही चर्चित अर्बपति जस्तै कुनाल शाहपनि कलेजको पढाई पुरा गर्न नसकेका व्यक्ति हुन् ।

कलेजको पढाई पुरा नगरेपनि कुनाल भारतीय युवाहरुमा सफल मानिन्छन् । विल्सन कलेजबाट फिलोसपी ब्याचलर पास गरेपछि कुनालले एमबीए गर्ने सोच बनाएका थिए । तर,त्यो सोच पुरा भएन ।

कुनालले लगाएको आइडीयाले उनी करोडपति हुँदै अर्बपतिको यात्रामा छन् । सन् २०१० मा उनले आफ्नो साथी सन्दिप टण्डनसँग फ्रिचार्ज नामको स्टार्टअप कम्पनी खोले । जसलाई उनले सन् २०१५ मा २६ अर्ब भारतीय रुपैयाँमा स्नापडिलले खरिद गर्यो । अहिले फ्रिचार्ज एक्सिस बैंकको मातहतमा छ ।

२६ अर्ब रुपैयाँमा फ्रिचार्ज बेचेपछि शाहले नयाँ आइडीया सोचे क्रेड एपको सुरुवात सन् २०१८ मा गरे । एउटा भन्दा बढी बैंकबाट क्रेडिट कार्ड लिएर चलाउनेहरुको लागि भारतमा क्रेड एप निकै लोकप्रिय बनेको छ ।

क्रेड एप अनलाइनबाट क्रेडिट कार्डको बिल तिर्नको लागि प्रयोग गरिने एप हो । क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले क्रेड एप प्रयोग गरेपछि यसले क्रेडिट कार्डको भुक्तानी समयमा गर्नको लागि ग्राहकलाई अनलाइनको माध्यमबाट ऋण दिने समेत गर्छ ।

सन् २०१८ मा सुरु भएको क्रेड एपको भ्यालुएसन अहिले २ अर्ब २० करोड अमेरिकी छ । भारतमा सबैभन्दा छिटो युनिकर्न क्लब(स्टार्टअप जसको भ्यालु १ अर्बभन्दा बढी हुन्छ) त्यो बन्न सफल भएको छ । जबकी भारतमा अन्य सफल मानिएका स्टार्टअपलाई युनिकर्नमा पुग्नको लागि न्यूनतम ५ देखि १० वर्षसम्म लागेको थियो ।

२ अर्ब २० करोड अमेरिकी डलरको भ्यालुएसन भएपछि क्रेड एप फाइदामा भने छैन । गतवर्ष कम्पनी ३ अर्ब ६० करोड भारतीय रुपैयाँ नोक्सानमा थियो । सन् २०२० मा क्रेडले १८ करोडको वार्षिक आम्दानी गरेको थियो । त्यती ठूलो घाटा भएपनि क्रेडले फन्डिङ भने पाइरहेको छ । गतवर्ष मात्र २१ करोड ५० लाख अमेरिकी डलरको फन्डिङ क्रेडले पाएको थियो । क्रेडिट कार्डको बिल तिर्ने एपहरुमा क्रेडको बजार हिस्सा ३५ प्रतिशत रहेको छ । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु