बीमा कम्पनीमा क्रस होल्डिङ गर्नेले २ वर्षभित्र सेयर बेच्नुपर्ने, यी कम्पनी हुनेछन् प्रभावित



काठमाडौं । बीमा कम्पनीमा क्रस होल्डिङ हटाउनका लागि बीमा समितिले कडाइ गरेको छ ।

समितिले बीमकको संस्थापक बीमा समितिले क्रस होल्डिङ हटाउनका लागि बीमकको संस्थापक सेयर सम्बन्धी निर्देशिका अनुसार एउटा कम्पनीमा चुक्ता पूँजीको १५ प्रतिशत लगानी भएमा अर्कोमा १ प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन ।

कुनै व्यक्ति, एकाघर परिवार वा तथा संगठित संस्था तथा समुहले एउटा बीमा कम्पनीमा चुक्ता पूँजीको बढीमा १५ प्रतिशतसम्म संस्थापक सेयर लगानी गर्न पाउनेछन् ।

त्यसरी एक व्यक्तिले एउटा कम्पनीमा १५ प्रतिशतको सीमामा संस्थापक सेयर लगानी गरेपछि समान प्रकृतिको अन्य कम्पनीहरूमा पनि चुक्ता पूँजीको १ प्रतिशतभन्दा कम हुनेगरी संस्थापक सेयर लगानी गर्न पाउने छन् ।

तर, सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएको कम्पनीहरूमा समितिको स्वीकृति लिएर बढीमा २५ प्रतिशतसम्म एकभन्दा बढी बीमक (बीमा कम्पनी) मा संस्थापक लगानी गर्न दिइने पनि निर्देशिकामा उल्लेख छ ।

तर, सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएको कम्पनीहरूमा बीमा समितिको स्वीकृति लिएर बढीमा २५ प्रतिशतसम्म एकभन्दा बढी बीमक (बीमा कम्पनी) मा संस्थापक लगानी गर्न दिइने निर्देशिकामा उल्लेख छ ।

समितिले एउटा संस्थामा १५ प्रतिशत सेयर रहेको व्यक्ति तथा समूहको अर्को संस्थामा १ प्रतिशतभन्दा बढी भएमा त्यसलाई हटाउनका लागि २ वर्षको समय दिएको छ ।

यो पटक समितिले व्यवसायिक समूहको समेत लगानी हुन नहुने व्यवस्था गरेको छ । व्यवहारिकरुपमा क्रस होल्डिङ भएपनि कानून अनुसार दाजुभाई छुट्निे तथा श्रीमान श्रीमतीले समेत डिभोर्स गरेर सेयर आफ्नो नियन्त्रणमा लिने बिकृति समेत देखिएको छ ।

यो पटक समितिले व्यवसायिक समुहको आधारमा क्रस होल्डिङमा कडा गर्न खोजेको देखिएको छ ।

क्रस होल्डिङ २ वर्षभित्र नहटाएमा त्यस्था सेयरधनीले लाभांश नै पाउने छैनन् । शेयरधनीलाई नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयरमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख छ ।

बीमा कम्पनी संचालनमा आएको ५ वर्षपछि संस्थापक सेयर साधारणमा परिणत गर्न पाइने छ ।

तर,बीमा कम्पनीमा संस्थापक र साधारण सेयरधनीको स्वामित्व ५१ र ४९ प्रतिशतभन्दा तल हुन पाउने छैन । एकपटकमा १० प्रतिशतभन्दा बढी संस्थापक सेयरलाई साधारण बनाउन भने पाइने छैन ।

बीमा समितिले गरेको अनौपचारिक अध्ययन अनुसार अहिले एक दर्जनजति बीमा कम्पनीमा क्रस होल्डिङ छ ।

निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंकको क्रस होल्डिङ रहेको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा आइएमई समूहको लगानी रहेको छ । नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्समा विशाल समूहको लगानी रहेको बीमा समितिले जनाएको छ ।

आइएमई जनरल र नेपाल इन्स्योरेन्स मर्जरमा जाने हल्ला विगतमा थियो । आइएमईको जनरलको साधारणसभाले मर्जरमा जाने अख्तियारी साधारणसभालाई दिएको छ ।

यता जीवन बीमामा पनि लाइफ इस्योरेन्स कर्पोरेसन, सूर्य लाइफ इन्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्समा विशाल समूहको लगानी छ । यस्तै आइएमई लाइफ इन्स्योरेन्स र रिलायवल लाइफ इन्स्योरेन्समा पनि आइएमई समूहको लगानी रहेको छ ।


क्लिकमान्डु