कोरोनाको दोस्रो लहरः के भारतको अर्थतन्त्र कोमामा जाँदैछ ?



एजेन्सी । गत वर्षको लकडाउन र यस वर्षको कोरोनाको दोस्रो लहरका कारण भारतको अर्थतन्त्रमा ठूलो समस्या देखा पर्ने सम्भावना बढेर गएको छ । कारण कोरोनाको पछिल्लो लहरलाई सामना गर्न भन्दै भारतका केही राजयमा पुनः लकडाउन घोषणा भइसकेको छ ।

जसका कारण साना तथा मध्यम आय भएका मानिसलाई सबैभन्दा बढी मर्कामा पारेको छ । तथ्यहरु भन्छन्- कोरोनाले अर्थतन्त्रलाई नराम्ररी प्रभावित पारेको छ । जुन आमभन्दा भयंकर हुने अनुमानहरु सार्वजनिक भएका छन् ।

गत वर्षको मार्चमा भारतमा लकडाउन घोषणा गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई लकडाउनबाट जोगाउन जरुरी रहेको आफनो ताजा सम्बोधनमा उल्लेख गरेका छन् ।

उनले त्यसो भन्नुको पछाडि मार्च २०२० देखि अप्रिल २०२१ को १३ महिनाको बीचमा कोभिड संक्रमणको कारण पूरा देशमा भारी मात्रामा मुस्किल भएको छ । अनेकन चुनौती थपिएका छन् । लकडाउनको साथ साथै अनलक प्रक्रिया शुरु गर्ना साथ देशको अर्थतन्त्रमा थप जटिलता हुने उनको बुझाइ छ ।

पछिल्लो महिनासम्म आम मानिसलाई लागेको थियो कि भारतको अर्थतन्त्र लयमा नै रहेको छ । त्यसमा सुधार भइरहेको छ । कयौं अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एवं अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत २०२१– २२ मा भारतको आर्थिक वृद्धिदर १० देखि १३ प्रतिशतको बीचमा रहने भविस्यवाणी गरेको थियो ।

तर, पछिल्ला दिनमा कोरोना भाइरसको दोस्रो लहरका काररण अर्थतन्त्रको सुधारको गतिमा ब्रेक लागेको छ । तथापी पछिल्लो ६ महिनामा भएको सुधार पुनः पानीमा जाने सम्भावना बढेर गएको छ । रेटिङ एजेन्सीको भविस्यवाणी अनुसार बदलिएको भारतको विकास प्रक्रियामा पुनः रोकावट देखिएको छ ।

भारतका हरेकजसो राज्यले हरेक दिनजसो प्रतिबन्धको घोषणा गरेका छन् । सोही कारण अर्थतन्त्रको विकास प्रक्रियामा व्यवधान उत्पन्न हुनु स्वभाविक नै रहेको छ । बेरोजगारीको दर बढीरहेको छ । महङगीको मात्रामा वृद्धि भएको छ ।

मजदुरहरु ठूला शहरबाट क्रमशः पलाउन भइरहेका छन् । देशभर गरिएको लकडाउनका कारण सन् २०२० मा दिइएको आर्थिक प्याकेज समेत यस पटक आउने नआउने कुनै तयारी छैन । किनकी स्रोत नै कमजोर अवस्थामा पुगेपछि सरकारले राहत दिने कुरा पनि परको हुन जान्छ ।

मुम्बईमा रहेर आर्थिक मामिलामा किताब लेख्दै आएका वा सेयर बजारका एक नामी व्यापारी विजय भंववानीका अनुसार यसको असर यस्तो होला कि अर्थव्यवस्थामा ठूलो समस्या देखा पर्नेछ र उपभोगको मात्रा समेत असाध्यै तल जाने छ ।

मुम्बईको चर्चित किता व्याड मनीका लेखक तथा अर्थशास्त्री विवेक कौलका अनुसार अर्थतन्त्रको हरेक क्षेत्रमा यस लहरको असर पर्नेछ । चाहे त्यो अटो क्षेत्र होस्, वा रियल स्टेट वा बैंकिङ, एयरलाइन्स वा पर्यटन अथवा मनोरञ्जन क्षेत्र नै किन नहोस् ।

उनी भन्छन्– सेक्टर फर मनिटरिङ इण्डियन इकोनोमिको तथ्यांक अनुसार ३१ मार्चसम्म बेरोजगारी दर ६.५ प्रतिशत रहेको थियो । यो १८ अप्रिलसम्म ८.४ प्रतिशत पुगेको छ । एचडिएफसी बैंकका अनुसार अप्रिल २०२१ सम्म कोभिड १९ बीच चिकित्सा इमरजेन्सीका कारण चेक बाउन्सको मामिलामा वृद्धि भएको छ ।

सरकारको कर संकलनमा समेत समस्या आउनेछ । कम्पनीहरुको नोक्सानीमा वृद्धि हुँदै गएको छ । खर्च कम भएका कारण राजश्व संकलनमा समेत समस्या पैदा हुनेछ ।

दिल्ली तथा मुम्बईमा एक सातामात्रै लकडाउन भएको खण्डमा मजदुरको पलायन हुनेछन् । हल्ला चल्ने बित्तिकै २५ देखि ३० प्रतिशत मजदुर आफना घर फर्केर गएका छन् । त्यसो हुँदा खुद्रा व्यापार, निर्माण क्षेत्र, कामका सामान तथा पसलहरुमा फरक पर्न थालेको छ ।

उदाहरणका रुपमा सपिङ सेन्टर एसोसिएशन अफ इण्डियाको एक विवरण अनुसार देशभर व्यवसाय ९० प्रतिशतको हाराहारीमा पुगेको भएपनि पछिल्ला दिनमा त्यसका परिवर्तन भएको छ । उनका अनुसार उद्योगले राजश्वमा १५ हजार करोड बराबरको राजश्व उठ्ने गरेकामा प्रतिबन्ध भएपछि मात्रै ५० प्रतिशतले घटेको छ ।

महाराष्ट्रमा मात्रै सवारी कारखानामा मात्रै ६० प्रतिशतले उतपादन घटेको छ । इकोनोमिक्स टाइस्सका अनुसार सवारी साधान कारखानामा मात्रै दैनिक १०० करोड बराबरको घाटा भएको छ । रियल स्टेट सेक्टरको अवस्था पनि उस्तै छ । होटलको अवस्था त्यस्तै छ । ८० प्रतिशतसम्म होटलका कोठा खाली छन् । महाराष्ट्रमा मात्रै ९० प्रतिशत बढी रेष्टुरेन्ट बन्द भएका छन् ।


पुष्प दुलाल