अध्ययन भन्छः लकडाउन होइन उत्तम विकल्प, खोप कार्यक्रमलाई बढावा दिऔं



एजेन्सी । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफू मुख्यमन्त्री भएर पनि केही गर्न नसकेको भन्दै निराश टिप्पणी गरिरहेका छन् । भारतमा बिहीबार मात्रै ३ लाख जनामा कोरोना संक्रमण भेटिएको छ ।

भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली जस्ता राज्य कोरोनाका कारण असाध्यै प्रभावित भएका छन् । ती राज्यमा कोरोनाको लहर चैतमा खरमा आगो लागे जसरी फैलिएको छ । सामाजिक दुरी भन्ने कुन चराको नाम हो भने जस्तै छ ।

सरकारको निर्देशनलाई नागरिकले समेत मानिरहेका छैनन् । तथ्यमा हेर्दा, भारतको जनसंख्याका हिसाबले कोरोनाको पहिरो लहर भन्दा दोस्रो लहर अझै भयावह हुने अवस्था देखा परेको छ ।

कोरोनाको चेन ब्रेक गर्न भन्दै लकडाउन गर्नुपर्ने आवाज पनि उत्तिकै उठेको छ । दिल्ली सरकारले त साताव्यापी लकडाउन नै घोषणा गरेको छ । अन्य राज्यमा समेत सोही खालको माग उठेको छ ।

अस्पतालहरुमा अक्सिजनको चरम अभाव देखिएको छ । भारतमा कोरोना फैलिएपछि त्यसको असर अन्य छिमेकी देशमा समेत स्वतः नै पर्ने भयो । तर, कोरोना नियन्त्रणका लागि लकडाउन नै उत्तम विकल्प हो त ? यही प्रश्नको सेरोफेरोमा यतिबेला आम जनमानसले प्रश्न गरिरहेका छन् ।

लकडाउन उत्तम विकल्प हो वा अन्य कुनै विकल्प अपनाउन सकिन्छ भन्ने बारेमा पनि उत्तिकै खोज तथा चासो व्यक्त भएको छ ।

कोरोना नियन्त्रणका लागि खोप पनि उत्पादन गरिएको भारतमा त्यसलाई बढावा दिनुपर्ने आवाज पनि उठेको छ ।

लकडाउनले अर्थतन्त्र डामाडोल बनाउने भन्दै खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने माग उठेको छ ।

लकडाउन सबै खालको अस्त्र होइन, यो त तत्कालको समाधान मात्रै हो, खोप कार्यक्रमलाई तिव्र पारेर नागरिकको जिउधनको सुरक्षा गर्नुपर्ने विषय मुखर भइरहेको अवस्थामा सरकारले पनि त्यसलाई विशेष ध्यान दिनुपर्ने अवस्था छ ।

बिमारीको दोस्रो लहर पहिलो लहरको तुलनामा ज्यादा नै खतरनाक हुन सक्छ । कोरोनाको यस लहरमा खोप कार्यक्रमलाई सबैभन्दा बढी प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने देखिन्छ । लकडाउनबाट कोरोनाको लहर रोक्न मुस्किल नै छ । यस प्रकारको जानकारी एसबीआईको विवरणमा जानकारी दिइएको छ ।

रिपोर्टमा सुझाव दिइएको छ– सबै राजयमा अब ट्यांकरलाई समेत एम्बुलेन्सको दर्जा दिनु जरुरी छ । ताकी सबैभन्दा तिव्र गतिमा अगाडि बढ्न सकियोस् । जसबाट एक शहरबाट दोस्रो स्थान वा अस्पतालमा जान सकियोस् ।

खोप कार्यक्रमका कारण कयौं राज्यमा स्वास्थ्य खर्चमा बढोत्तरुी भएको छ । त्यसमा उत्तर प्रदेश, बिहार, मध्य प्रदेश, महाराष्ट्र, छत्तीसगढ र गुजरातलगायत अन्य राज्य पर्दछन् । यूपीको करिब ३२ हजार करोडका खर्च आएको छ । जबकी महाराष्ट्रमा २६ हजार करोड बराबरको खर्च भएको छ ।

एसबीआईको विवरण अनुसार सन् १९८१ मा आएको स्पेनिस फ्लूका पत्ता लागेको समयपछि पनि बढी मात्रामा जयान गएको थियो । यसकारण खोप कार्यक्रमलाई बढी मात्रामा अगाडि बढाइएको खण्डमा मृत्युको दरलाई घटाउन सकिन्छ ।

संक्रमण तथा इजेक्सन अनुपात थाहा पनउनका लागि भारतमा तिव्र गतिमा सुधार हुन जरुरी छ । तर, भारत इजरायल, चिली र बेलायत जस्ता देशको तुलनामा असाध्यै पछाडि रहेको छ ।

हालसम्म संसारभर करिब ९० करोड बढी मानिसले खोप लगाएका छन् । त्यसमध्ये ८४ प्रतशित बढी हिस्सा भने शीर्ष भनिएका १५ देशले लिएका छन् ।

खोप कार्यक्रममा ठूलो असमानता देखा परेको छ । संसारभर हालसम्म मात्रै २.६ प्रतिशत आवादी षेत्रमा मात्रै खोप लगाइएको छ । भारतमा हालसम्म मात्रै १.२ प्रतिशत बराबर मात्रै खोप लगाइएको छ ।

भारतमा रसियन खोप स्पुतनिक भी खोप पनि लगाउन थालिएको छ । आगामी डिसेम्बरसम्म ११३.२ करोड मानिसलाई खोप लगाउन सकिने अवस्था छ । सोही कारण खोप कार्यक्रमलाई तिव्र पारेर लकडाउन गर्ने विकल्प सोच्नु जरुरी देखिएको छ ।

विवरणमा भनिएअनुसार अब लकडाउन कुनै पनि अर्थमा ठिक हुँदैन, बरु खर्च बढी नै भएपनि खोप कार्यक्रम नै सबैभन्दा उत्तम विकल्प हुने उक्त अध्ययनले सुझाव दिएको छ ।


क्लिकमान्डु