सातदोबाटोमा यूरोपियन शैलीका हाउजिङको बुकिङ खुल्ला, मूल्य साढे ३ करोड, पाइपबाट ग्यास



काठमाडौं । ‘द अर्बन स्पेस’ले ललितपुरको सातदोबाटोमा नेपालमै पहिलो पटक यूरोपियन शैलीमा हाउजिङ निर्माण गर्ने भएको छ । व्यवस्थित बसोबास बसाउने उद्देश्यले द अर्बन स्पेस कम्पनीले ३ रोपनी जग्गामा युरोपियन शैलीमा हाउजिङ निर्माण शुरु गरेको हो ।

अर्बन प्लानरका रुपमा लामो समय काम गर्दै आएका ‘द अर्बन स्पेस’का संस्थापन इन्जिनियर विपिन गैरेले हालसम्ममा २ सय ५० वटाभन्दा बढी घरहरुको परियोजनामा काम गरिसकेका छन् ।

तर, उक्त निर्माण गरिसकेको घरहरूले आफूलाई सन्तुष्टि प्राप्त नभएपछि आफ्नै लगानीमा रिङरोडबाट ४ देखि ५ किलोमिटरभित्रका स्थानमा हाउजिङ निर्माण गर्ने योजना अघि बढाएको उनले बताए ।

इञ्जिनियर गैरेका अनुसार रिङरोडभित्र योजना बनाएअनुसार जग्गा प्राप्त नभएपछि हाल निर्माण हुन लागेको घरका लागि पनि भएको घर भत्काएर नयाँ शैलीमा बनाउने योजना बनाएको उनको भनाइ छ ।

द अर्बन स्पेसले सातदोबाटोमा बनाउन लागेको हाउजिङ हालसम्मकै प्रविधियुक्त बन्ने उनको दावी छ ।

‘विदेशमा बत्तिको लाइन जसरी नै ग्यास आउने गर्दछ । तर, नेपालमा त्यस्तो व्यवस्था छैन । त्यसैले आगामी दिनमा सबैले विदेशमा जस्तै नेपालमा पनि पाइपबाट ग्यास दिने सक्ने भनेर नयाँ प्रविधिको प्रयोग गरेका हौं,’ उनले भने ।

‘पछिल्लो समय सहरमा घर बनाएर बस्ने प्रचलन बढ्दै आएको छ तर घर कस्तो हुनुपर्छ र कस्तो हुनुपर्छ भन्ने धेरैलाई थाहा छैन, यसले गर्दा नेपालमा ९५ प्रतिशत अव्यवस्थित बसोबास छ,’ गैरेले क्लिकमाण्डूसँग् भने ।

सबै स्थानमा स्थानीय तहले दिनुपर्ने सेवा सुविधाजस्तै बाटो, ढल, पानी, सुरक्षालगायत अन्य कुराहरू व्यक्तिको नियन्त्रणमा नहुने भएकाले द अर्बन स्पेसले पाइलट प्रोजेक्टका रुपमा उक्त हाउजिङ शुरु गरेको हो ।

सरकारले २०७४/७५ सालमा पहिलो पटक अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न स्मार्ट सिटीको अवधारणा ल्याएको थियो । उक्त अवधारणा अनुसार हालसम्म कुनै पनि स्मार्ट सिटी निर्माण हुन सकेको छैन ।

‘पछिल्लो समय मानिसहरुको आकर्षण सुरक्षित र राम्रो वातावरण भएको पूर्वाधारयुक्त आवासमा बढेको छ,’ उनले भने, ‘तर त्यो अब उपत्यकाका रिङरोडभित्र सम्भव छैन । तर, रिङरोड बाहिर करिब ४/५ किलोमिटर बाहिरका स्थानमा त्यसप्रकारको सुविधा पाउन सकिन्छ । द अर्बन स्पेसले सोही अनुसार सातदोबाटोमा उक्त योजना शुरु गरेको हो ।’

मानिसहरु प्रायः स्कुल, कार्यालय र अस्पताल पायक पर्ने स्थानमा भएको आवास रोज्छन् । उक्त सेवा सुविधाका लागि सातदोबाटो उपयुक्त भएको उनको दावी छ ।

गैरेले रिङरोड नजिकैको स्थानमा रहेको ठाउँलाई व्यवस्थापन गरी अर्बन इन्टिग्रेसनको रुपमा निर्माण अघि बढाइएको बताए ।

‘सानो स्पेसमा जति घर चाहिने हो त्यति बनाउने र बाँकी रहेको ठाउँलाई एक अर्कालाई सेयर गर्ने गरी हाउजिङ निर्माण शुरु गरेका छौं,’ उनले भने ।

त्यसैगरी घरको डिजाइनमा पनि घरको अगाडि र पछाडि दुबैतर्फ आकर्षक देखिने गरी डिजाइन गरिएको उनको भनाइ छ ।

किचनमा ग्यासको पाइपलाइन, यस्ता छन् अरु सुविधा

द अर्बन स्पेसले नेपालमै पहिलो पटक हाउजिङमा नयाँ प्रविधि प्रयोग गरेको गैरेको दावी छ । उक्त क्षेत्रमा प्रत्येक घर ३ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ । त्यसबाहेक क्षेत्रफललाई ११ वटा घरले प्रयोग गर्ने गरी प्रयोग गर्न मिल्ने गरी बनाइनेछ । उक्त स्थानमा बालबालिका खेल्नेदेखि आराम गर्नका लागि प्रयोग गर्न सकिनेछ ।

पाइलट प्रोजेक्टका रुपमा शुरु भएको उक्त हाउजिङ परियोजना नेपालमा पहिलोपटक उपत्यकामै युरोपियन स्ट्यान्डर्ड कम्र्फट सेफ्टी नेपालमा ल्याएको उनको दावी छ ।

उनले आगलागीको जोखिमलाई ध्यानमा राख्दै कम्पनीले यूरोपियन स्ट्यान्डर्ड फायर फाइटिङ सिस्टमको समेत प्रयोग गरिएको जानकारी दिए ।

‘द अर्बन स्पेस’ले बनाउने हरेक घरमा एउटा घरमा आगो लाग्दा अर्कोमा नलागोस भन्ने उद्देश्यअनुसार फायर वालको व्यवस्था गरेको छ । साथै, हरेक घरमा स्मोक डिडेक्टर र हिट डिडेक्टरको व्यवस्था गरिनेछ ।

‘जुन ठाउँमा आगो बल्दैन त्यसमा स्मोक डिडेक्टर राखेको छ । तर, जहाँ सँधै धुँवा आउँछ त्यसमा हिट डिडेक्टरको व्यवस्था गरिएको छ,’ उनले भने, ‘कुनै पनि घरमा केही भइहाल्यो भने बिप हुनेछ । अझ ठूलो आगो लागेमा निभाउनका लागि जडान गरिएको पानीको पाइपबाट निभाउन सकिन्छ ।’

कम्पनीले आफ्नो घरमा बस्ने कम्फर्टको लागि पूर्णइन्सुलेसन गरेको उनले बताए । जसमा घरको पूरै वालहरू इन्सुलेटेड हुनेछन् भने आवाजका लागि सिसाहरू डबल ग्लेजको हुनेछ ।

‘अहिलेको अधिकांश घरहरूमा एउटा मात्रै सीसा प्रयोग गरिन्छ । द अर्बन स्पेसले डबल खासको सीसाको प्रयोगबाट बाहिरको जाडो तथा चिसो सजिलै रोक्न सक्नुको साथै बाहिरको आवाज पनि रोक्नेछ,’ गैरेले भने ।

द अर्बन स्पेसले मानिसको आवश्यकता अनुसार ३ तलाको घर निर्माण गर्ने भएको छ । साथै, घरको भित्र-बाहिर, अगाडि-पछाडि सजावटका लागि प्लान्ट्सको प्रयोग हुनेछ ।

उक्त लगाइएको प्लान्ट्ले हरेक सिजनअनुसार घरको कल चेञ्ज गर्नेछ । र, भिन्न समयमा भिन्ने घरको रुप देख्ने उनको भनाइ छ ।

सामान्यतया अधिकांश घरमा जति नै राम्रो घर बनाए पनि घरमा भएको पानीको ट्यांकीले घरको रुप कुरुप बनाउँछ । जसमा अर्बन स्पेसले नदेखिने गरी घरको ट्यांकीको व्यवस्था गर्नेछ ।

त्यसैगरी २४सै घण्टा अटोमेटिक मेसिनको प्रयोगबाट पानीको व्यवस्थासँगै कुनै पनि हावा र प्रकाश नछेकिने तरिकाले घरकोे डिजाइन गरेको गैरेको बुझाइ छ । जसमा घाम पनि नछेकिने उनले दावी गरे ।

अर्बन स्पेसले निर्माण गर्ने भनिएको घरको सबैभन्दा राम्रो विशेषता रहेको छ ग्यास । निर्माण भइरहेका ११ वटा घरका लागि स्मार्ट ग्यासको पाइपलाइन जडान गर्ने भएको छ । यसले गर्दा हरेक घरमा ग्यास थुपार्नु पर्नेछैन । साथै, ग्यास सकियो भनेर बजारमा बोकेर लानुपर्ने बाध्यता हट्नेछ ।

‘विदेशमा बत्तिको लाइन जसरी नै ग्यास आउने गर्दछ । तर, नेपालमा त्यस्तो व्यवस्था छैन । त्यसैले आगामी दिनमा सबैले विदेशमा जस्तै नेपालमा पनि पाइपबाट ग्यास दिने सक्ने भनेर नयाँ प्रविधिको प्रयोग गरेका हौं,’ उनले भने ।

त्यसका लागि स्पेसले घरको एउटा स्थानमा ४ सय २५ केजीको सोर्स अर्थात् कर्मिसियल सिलिन्डरको व्यवस्था हुनेछ । उक्त सिलिन्डरबाट हरेक घरको छुट्टाछुट्टै पाइपबाट ग्यास पठाउनेछ । ग्यासका लागि घर-घरमा मिटर हुने व्यवस्था रहेको छ ।

जुन मोबाइलबाटै बिल कति उठेको छ र सक्ने बेलामा प्रिपेड भनेर म्यासेज आउनेछ । सो व्यवस्थाको लागि ग्यास कम्पनीले नै प्रदान गर्ने उनको भनाइ छ ।

यी विभिन्न प्रविधिका साथै कम्पनीले नेपालमा पहिलोपटक सेन्ट्रल हिटिङ ल्याएका छन् । यसले एसीको आवश्यक पर्ने छैन । एसी जडान गर्दा मूल्य पनि महंगो र हरेक महिना बिजुलीको बिल पनि अत्यधिक उठ्ने भएकाले व्यक्तिहरूको सहजताको सेन्ट्रल हिटिङको व्यवस्था गरेको छ ।

सेन्ट्रल हिटिङमा घरको माथिबाट बोइलर हुनेछ । जुन पानी तताउने बोइलर रहेको छ । उक्त बोइलरबाट हरेक घरमा रेडिएटर भएर कोटा तात्दछ । यसले गर्दा कोठामा तातो चिसो बनाउने आफ्नो कन्ट्रोलमा हुने उनको भनाइ छ । 

मूल्य ३ करोड ६० लाख

द अर्बन स्पेसले प्रतिघर ३ आनाको बनाउने छ । उक्त बनाएको घर ३ तलाको हुनेछ । तर, सो स्थानमा बसोबास गर्ने व्यक्तिले ११ आना प्रयोग गर्न पाउने उनको भनाइ छ ।

‘३ आनामा घर बन्नेछ भने ८ आनामा ब्याकयार्ड हुनेछ,’ उनले भने ।

कम्पनीले निर्माण गरिरहेको उक्त घरको मूल्य ३ करोड ६० लाख रुपैयाँ तोकेको छ । गैरेका अनुसार हरेक सेवा सुविधाले सम्पन्न भएको घरमा सो मूल्य सामान्य रहेको उनले जिकिर गरे । गत चैतबाट बुकिङ खुल्ला गरेको कम्पनीले हालसम्म ५ वटा बुकिङ भइसकेको उनले बताए ।

निर्माण गर्नुभन्दा अगाडि नै ग्राहकबाट राम्रो प्रतिक्रिया उनले आगामी ११ गते शिल्यान्यास हुनेछ । साथै, घर आगामी बैशाखसम्ममा घर निर्माण कार्य सम्पन्न भई घरधनीलाई हस्तान्तरण गरिसक्ने उनले बताए ।

त्यस्तै, आगामी दिनमा पनि सोहीअनुसार करिब २०० सयभन्दा बढी हाउजिङ निर्माण गर्ने उनको योजना रहेको छ ।


पुष्प दुलाल