स्वेज नहरमा विशाल जहाज फसेपछि अर्थतन्त्रमा के फरक पर्छ ?



तपाईं ट्राफिक जाममा त पक्कै पनि फस्नु भएकै छ होला । ट्राफिक जाम हुँदा कति गाह्रो हुन्छ भन्ने अनुभव पनि गर्नु भएकै होला ।

तर आज हामी ट्राफिक जाम जस्तै लाग्ने घटनाबारे बताउँदैछौं । र, यो किन महत्वपूर्ण छ भन्ने पनि जानकारी गराउँदैछौं ।

केही दिन अघि चीनबाट सामान बोकेर नेदरल्याण्डको बन्दरगाह सहर रोटेडममा जाँदै थियो । तर बीचबाटोमा पर्ने इजिप्टको स्वेज नामक नहरमा पुग्दा तीव्र गतीको हावाका कारण जहाजको नियन्त्रण डगमगायो र नहरमा फस्यो ।

उक्त जहाज नहरमा फसेपछि त्यस नहर भइ हुने व्यापार ठप्प भएको छ । अन्य जहाजहरु नगरको बाटो भइ यात्रा गर्न सकेका छैनन् ।

तथ्यांक अनुसार विश्वको कुल व्यापारको १२ प्रतिशत ब्यापार यही नहरमार्फत् हुन्छ । अर्थात् नहरमा जहाज फस्नुको अर्थ हो समग्र विश्वको अर्थतन्त्रमा प्रभाव पर्नु ।

नहरमा फसेको जहाजको नाम ‘इभरग्रेन’ हो । जहाजको लम्बाइ ४ सय मिटर र चौडाइ ५९ मिटरको छ । अर्थात् ४ वटा फुटबल मैदान बराबरको लम्बाइ भएको यो जहाज त्यहाँबाट निकाल्ने प्रयास जारी छ ।

यो नहर बन्द हुँदा ठूलो मात्रामा आर्थिक नोक्सानी बेहोर्नु पर्नेछ । इजिप्टले सन् २०२० मा मात्रै यो नगहबाट मात्रै ६७ हजार करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यो नहर १८५९ मा निर्माण शुरु भइ १८६९ मा निर्माण सम्पन्न भएको थियो । यो नहरको लम्बाइ १९३.३ किलोमिटर छ ।

यो नहरले भूमध्यसागर र हिन्द महासागर जोड्ने काम गर्छ । यो नहर यसकारण पनि महत्वपूर्ण छ कि त्यसभन्दा अघि असुरक्षित मानिएको अफ्रिकाको एक फन्को लगाउनु पर्ने थियो । र, यो रुटको लम्बाइ पनि धेरै थियो । त्यसैले स्वेज नहरको अत्यावश्यक थियो ।

शुरुमा यो नहर ब्रिटेन र फ्रान्सको हातमा थियो । जुन पछि इजिप्टको हातमा आएको थियो ।

अहिले यो नहरबाट जहाज निकाल्ने अनेकन प्रयास गरिएको छ तर हालसम्म पनि सफलता मिलेको छैन । यो समस्या जारी नै रह्यो भने नेपालमा पनि असर पर्ने देखिन्छ । यो नहर बन्द हुँदा त्यसको असर तेलको मूल्य बढ्ने देखिएको छ ।


क्लिकमान्डु