२३ वर्षे युवाले शुरु गरेको स्टार्टअप, ३ वर्षमै ३२ करोडको कारोबार, सयौंलाई रोजगारी



एजेन्सी । विज्ञान तथा प्रविधिले मानिसलाई नयाँ-नयाँ अवसर र रोजगारीको व्यवस्थित क्षेत्रसमेत पहिचान गरिदिएको छ । असिमित चाहना र आकांक्षालाई सम्बोधन गर्ने ध्येयका साथ मानिसले प्रविधिलाई सोही अनुसार नै अघि बढाएका छन् ।

कसरी नयाँ काम गर्ने र त्यसबाट कसरी फाइदा निकाल्ने भन्ने ध्येयका साथ अघि बढाइएका सोचहरु सफल भएका छन् । किनकी, अक्सर फरक तरिकाले काम गर्नेहरु नै सफल हुन्छन् ।

परम्परागत तरिकाले गरिने कामले कोही कसैलाई पनि सफल बनाउँदैन । केवल नयाँ तरिकाले गरिने काम र व्यवहारले नै मानिसका आवश्यकतालाई पूरा गर्न सहज बनाउँछ भने राम्रो आम्दानीसमेत गर्न सकिन्छ ।

प्रसंग हो, भारतको ।

एक २३ वर्षे युवाले शुरु गरेको स्टार्टअप व्यापारले उनलाई नाम र दाम दुबै दिएको छ । उनको ३ वर्षको कमाई झण्डै ३२ करोड रुपैयाँ बराबर भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा बस्ने सनी गर्गको सफलताको कथा हो यो । उनले स्नातक दोस्रो वर्षमा अध्ययनको क्रममा विद्यार्थीको समस्या देखे र भोगे तथा त्यसलाई सम्झिए ।

उनले सन् २०१८ मै योरशेल नाकम एक स्टार्टअपको व्यवसाय सुरु गरेका थिए । जहाँ उनले विद्यार्थीलाई एक व्यवस्थित पीजीको सुविधा उपलब्ध गराएका थिए ।

तीन वर्षमा उनको कम्पनीको कूल कारोबार झण्डै २० करोड भारतीय रुपैयाँ अर्थात् ३२ करोड नेपाली रुपैयाँ बराबर हुन पुग्यो ।

कोरोना कहर शुरु हुनुभन्दा पहिले सन् २०१९ को नोभेम्बरमा सोही क्षेत्रमा नै काम गर्ने एक ठूलो कम्पनी स्टैजा लिभिङले उनको कम्पनी खरिद गर्यो । त्यसबाट प्राप्त भएको पैसाबाट लकडाउनको समयमा उनले सन् २०२० मा अर्को काम शुरु गरे ।

उनको साथी शेफालीसँग मिलेर उनले अर्को नयाँ सटर्टअप ‘यो सर्कल’को काम शुरु गरे । त्यसको साथ साथमा उनले स्टार्टअप शुरु गर्नेहरुको मद्दत पनि गर्न थाले ।

सनी भन्छन्- ‘स्टार्टअपका मतलब हो, समस्याको पहिचान गर्नु, त्यसको समाधान गर्नु तथा त्यसको मनिटाइज गर्नु । मैले कलेजका कयौंको समस्या पत्ता लगाएँ । हैरानीका बारेमा सोध खोज गरेँ ।’

उनीहरुको साझा समस्या थियो पीजी ।

जब कुनै विद्यार्थी बाहिरबाट दिल्ली विश्वविद्यालयमा आउँछन् । उनीहरुको साझा समस्या हुन जान्छ आफू बस्ने स्थानको खोजी गर्नु । तथा पीजीको खोजी गर्नु त्यत्ति सहज काम भने पक्कै होइन ।

उनकै शब्दमा

मलाई लाग्यो, यो समस्या छ हामी समाधान गर्न सक्छौं । तर, त्यस समयमा भर्नाको समय केवल १५ दिन मात्रै बाँकी थियो । यदि म एप वा वेवसाइट बनाउनका लागि समय लगाउन थाले भने त्यो मौका मेरो हातबाट बाहिर जानेवाला थियो ।

यो कुरा सोचेर मैले केही साथीको सहयोग लिएँ । केही इन्टर्न हायर पनि गरेँ । फेरी केही पीजीसँग टाइअप पनि गरे । केही पोस्टर छपाएर सबै कलेजको बाहिर टाँस्न लगाए ।

हामीले तय गर्यौं कि विद्यार्थीलाई कलेजको भर्नामा सहयोग गर्यौं भने उनीहरुले हामीलाई अवस्य पनि सोध्नेछन् पीजी लिन कहाँ सही होला ? हामीले रणनीति बनाएर २० देखि २५ दिनमा यो काम गर्यौं । त्यस समय हामीले २५०० बढी विद्यार्थीलाई सहयोग गर्यौं ।

त्यसमध्ये हामीले ३०० लाई पीजी दिलायौं । उक्त २० दिनमा हामीले कूल रुपमा ७ लाख ५० हजार भारु मुनाफा गर्न सफल भयौं । जसलाई हामीले पीजी दिलायौं । उनीहरुले हामीलाई खुसी हुँदै सुनाए कि योरसेलको आइडिया असाध्यै राम्रो र प्रभावकारी छ ।

सन् २०१७ को जुालईमा मलाई एक विद्यार्थीको फोन आयो । उनले भनेकी पीजी दिलाउँछु भनेर जुन कुरा गरिन्थ्यो नी, त्यो उनीहरुले पूरा गरेनन् । मानिसहरुले पनि त्यसबा बारेमा कुरा गरे । तर, मलाई थाहा थियो कि त्यसको खोजी गर्नु कुनै समस्या नै होइन ।

राम्रो नहुनु भने समस्या हो । सोही समयमा नै मलाई आइडिया आयो । उक्त व्यापारका लागि मैले प्रधानमन्त्री नरेन्द्र मोदीको स्टाण्डअप इन्डिया- सर्टअप इन्डियाको स्कीमबाट ३५ लाख भारु बराबरको ऋण लिएँ । केही पैसा बजारबाट व्याजमा लिएँ । र, १५० बेडबाट योर शेलको सूरु गरेँ । पहिलो वर्षमा असाध्यै राम्रै रेस्पोन्स आयो । व्यापार शुरु गरेको १५ दिनमै हाम्रो सबै सिट भरिए ।

हामीले भाडामा एक भवन, फ्ल्याट लिने गरेका थियौं । फेरी त्यसलाई फर्निश्ड गराउँथ्यांै । त्यसमा सेवा उपलब्ध गराउँथ्यौ । प्रतिबेडका हिसाबले हामी भाडामा दिन्थौं ।

योरशेलमा सनीको साथमा शेफी जैन, विशेष कुंगर तथा गौरव बर्मा संस्थापक थिए । जब मैले आफनो स्टार्टअप शुरु गरेँ । तब उनको भर्ना इन्डियन स्कूल अफ बिजनेशमा भएको थियो । तर, उनले स्टार्टअपका कारण भर्ना लिएनन् । सोही कारण उनको परिवार उनीसँग नराम्ररी रिसाए पनि ।

नोभेम्बर २०१९ को कुरा हो । हामीले स्टैजा लिभिङले सम्पर्क गर्यो । र, भन्यो- तिमीहरुले असाध्यै राम्रो काम गरिरहेको छौ । हामी चाहन्छौं कि एक आपसमा मिलेर काम गरौं । त्यस समय हामी कोही कसैसँग पनि मिलेर काम गर्ने सोचमा थिएनौं।

किनकी हामी खडा गरेको कम्पनीले हामीलाई नाम र दाम दुवै दिएको थियो । जब हामीले स्टार्टअप बिक्री गरेका थियौं । त्यतिबेला पनि हामी खुसी थिएनौं ।

किनकी कुनै पनि काम जब राम्रो तरिकाले गर्छौ भने त्यसमा राम्रो नियत पनि राखिएको हुन्छ, त्यसो भएको खण्डमा हामीले सबैको साथ र सहयोग पनि पाउँछौ । लकडाउनको समयमा पनि हामी निराश भएनौं । किनकी स्टुडेन्ड हाउजिङ इन्डस्ट्र, रियल स्टेट तथा सेवा उद्योग सन् २०२० मा असाध्यै खराब अवस्थाबाट गुर्जनु पर्यो ।

पछिल्लो एई सर्किल नाम दिएर उनले अर्को स्टार्टअप पनि शुरु गरेका छन् । तयसमा भने स्टार्टअपमा आउने सबै खालका समस्या समाधानका लागि उनले प्रयास गरेका छन् ।

एईको अर्थ हो एनिथिङ एउण्ड एभरीथिङ । स्टार्टअप शुरु गर्न जे जस्ता खालका समस्या आउँछन्, त्यसलाई समाधान गर्नु । त्यसको मार्केटिङ, प्रोडक्सन, तथा अन्य सबै प्रकारको समस्याको समाधान दिने लक्ष्य राखिएको छ ।

सोचविचार गरेर नयाँ तरिकाले काम गरौं । काम गर्न अनुभव होइन, सोच भए हुन्छ । सोचलाई पूर्णरुपमा लागू गरौं । एक न एक दिन सफलता पाइन्छ ।


पुष्प दुलाल