चैतको पहिलो सातामा बैंकहरुको व्यवसाय: २६ वटाको कर्जा बढ्यो, १० वटाको निक्षेप घट्यो, कस्को कति ?



काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले चैतको पहिलो सातामै १४ अर्ब ९ करोड रुपैयाँ निक्षेप र २३ अर्ब ३७ करोड रुपैयाँ कर्जा थप गरेका छन् ।

गत फागुन २८ गतेसम्म बैंकहरुले कुल ३८ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । चैत ६ गते ३८ खर्ब ४० अर्ब १६ करोड रुपैयाँ पुर्याएका छन् ।

फागुन २८ गते कुल ३४ खर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले चैत ४ गते कर्जा बढाएर ३४ खर्ब ३४ अर्ब ८७ करोड रुपैयाँ पुर्याएका हुन् ।

समग्रमा निक्षेप बढे पनि यो अवधिमा १० वटा बैंकको निक्षेप भने घटेको छ । यो अवधिमा एक वाणिज्य बैंकको कर्जा घटेको छ ।

फागुनको २८ गतेदेखि चैत ६ गतेसम्म बैंकले गरेको थप निक्षेप संकलन र कर्जा प्रवाह हेर्दा २६ वटा वाणिज्य बैंकले कर्जा प्रवाह ७ करोड रुपैयाँदेखि २ अर्ब ३३ करोड रुपैयाँसम्म थप गरेका छन् । तर, यो अवधिमा नबिल बैंकको कर्जा प्रवाह ५ करोड रुपैयाँले घटेको छ ।

यसैगरी, सो अवधिमा १७ वटा बैंकको निक्षेप संकलन १३ करोड रुपैयाँदेखि ४ अर्ब ८५ करोड रुपैयाँसम्म थप हुँदा १० वटा बैंकको ९ करोड रुपैयाँदेखि ३ अर्ब ६८ करोड रुपैयाँसम्म घटेको छ ।

सो अवधिमा निक्षेप संकलन बढाउनेको पहिलो सुचीमा नबिल बैंक र कर्जा बढाउनेको सुचीमा नेपाल इन्भेष्टमेण्ट बैंक रहेका छन् । निक्षेप बढाउने दोस्रोमा कुमारी बैंक र कर्जा बढाउने दोस्रोमा ग्लोबल आइएमई बैंक छन् ।

सातामा कुन बैंकको कति विजनेस ?

उपलब्ध तथ्यांकअनुसार गत फागुन मसान्तमा नबिल बैंकले २ खर्ब २ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा फागुनको पहिलो सातामा आइपुग्दा ४ अर्ब ८५ करोड रुपैयाँले थप गरी २ खर्ब ६ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ । तर सो अवधिमा बैंकले कर्जा प्रवाह भने ५ करोड रुपैयाँले घटाएको छ ।

नबिलले फागुनको मसान्तमा १ खर्ब ८६ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा चैत ६ गतेसम्म १ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँमा सीमित गरेको छ ।

यसैगरी फागुन मसान्तदेखि चैत ६ गतेसम्म कुमारी बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप थप गर्दा १ अर्ब ८४ करोड रुपैयाँले कर्जा प्रवाह घटाएको छ । साथै, सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९० करोड रुपैयाँले निक्षेप थप गर्दा ५२ करोड रुपैयाँ कर्जा थप गरेको छ ।

इन्भेष्टमेन्ट बैंकले चैतको पहिलो सातामा १ अर्ब ६५ करोड रुपैयाँ निक्षेप थप गर्दा १ अर्ब ५६ करोड रुपैयाँ कर्जा थप गरेको छ । साथै सो अवधिमा हिमालन बैंकले १ अर्ब ३० करोड रुपैयाँ निक्षेप र ३० करोड रुपैयाँ कर्जा थप गरेको छ ।

यसैगरी, एक सातामा ग्लोबल आइएमई बैंकले १ अर्ब १५ करोड रुपैयाँ निक्षेप र २ अर्ब २ करोड रुपैयाँ कर्जा थप, एभरेष्ट बैंकले १ अर्ब ५ करोड रुपैयाँ निक्षेप र ५२ करोड रुपैयाँ कर्जा थप, नेपाल बंगलादेश बैंकले ८८ करोड रुपैयाँ निक्षेप र ४६ करोड रुपैयाँ कर्जा थप, बैंक अफ काठमाण्डूले ८१ करोड रुपैयाँ निक्षेप र ६६ करोड रुपैयाँ कर्जा थप र सनराइज बैंकले ६३ करोड रुपैयाँ निक्षेप र ८१ करोड रुपैयाँ कर्जा थप गरेको छ ।

साथै, सो अवधिमा सिभिल बैंकले ५९ करोड रुपैयाँ निक्षेप र ३६ करोड रुपैयाँ कर्जा, सेञ्चुरी बैंकले ५४ करोड रुपैयाँ निक्षेप र १ अर्ब ३७ करोड रुपैयाँ कर्जा, माछापुच्छ«े बैंकले ४४ करोड रुपैयाँ निक्षेप र ६२ करोड रुपैयाँ कर्जा थप गरेको छ ।

चैतको पहिलो सातामा स्ट्यान्डर्ट चार्टर्ड बैंकले ३१ करोड रुपैयाँ निक्षेप र ७ करोड रुपैयाँ कर्जा, सानिमा बैंकले ३० करोड रुपैयाँ निक्षेप र १ अर्ब २४ करोड रुपैयाँ कर्जा, एनसीसी बैंकले १५ करोड रुपैयाँ निक्षेप र १३ करोड रुपैयाँ कर्जा र सिद्धार्थ बैंकले १३ करोड रुपैयाँ निक्षेप र १ अर्ब ८१ करोड रुपैयाँ कजा थप गरेको छ ।

कर्जा बढाउने १० बैंक

फागुनको २८ गतेदेखि चैत ६ गतेसम्म १० वटा बैंकको निक्षेप संकलन घट्दा कर्जा प्रवाह भने बढेको छ । जसमा एनआइसी एशिया बैंकको एक सातामा ३ अर्ब ६८ करोड रुपैयाँ निक्षेप घट्दा १ अर्ब ८१ करोड रुपैयाँले कर्जा प्रवाह बढेको छ ।

साथै, सो अवधिमा नेपाल एसबीआई बैंकको ९० करोड रुपैयाँ निक्षेप घट्दा ७८ करोड रुपैयाँ कर्जा थप र एनएमबी बैंकको ५९ करोड रुपैयाँले निक्षप घट्दा ४६ करोड रुपैयाँले कर्जा थप भएको छ ।

यस्तै, सो अवधिमा सिटिजन्स बैंकको ५३ करोड रुपैयाँले निक्षेप घट्दा १९ करोड रुपैयाँ कर्जा थप, नेपाल बैंकको ४४ करोड रुपैयाँले निक्षेप घट्दा २ अर्ब ३३ करोड रुपैयाँ कर्जा थप र कृषि विकास बैंकको ४२ करोड रुपैयाँले निक्षेप घट्दा ५९ करोड रुपैयाँले कर्जा प्रवाह थप भएको छ ।

साथै, चैतको एक सातामा मेगा बैंकको २३ करोड रुपैयाँले निक्षेप घट्दा १५ करोड रुपैयाँले कर्जा थप, लक्ष्मी बैंकको १८ करोड रुपैयाँले निक्षेप घट्दा १ अर्ब ३४ करोड रुपैयाँले कर्जा थप गरेबो छ ।

प्रभु बैंकको १८ करोड रुपैयाँले निक्षेप घट्दा १ अर्ब २० करोड रुपैयाँले कर्जा थप र प्राइम बैंकको ९ करोड रुपैयाँले निक्षेप घट्दा २८ करोड रुपैयाँले कर्जा थप भएको छ ।


पुष्प दुलाल