२२ वर्षे युवाले लकडाउनमा चम्काएको स्टार्टअप, ३५ करोडको कारोबार, २०० लाई रोजगारी



काठमाडौं । राम्रो काम गर्न तथा पैसा कमाउनका लागि फरक तरिकाले काम गरे हुन्छ । अक्सर मानिसहरु परम्परागत काम गर्छन् । परम्परागत तरिकाले गरिएका व्यवसाय तथा कामले आम्दानी पनि कम हुन्छ । यो सर्वमान्य सिद्दान्त जस्तै हो ।

फरक सोच भएकाले फरक तरिकाले अगाडि बढ्छन् । उनीहरुले आम मानिसले भन्दा विल्कुलै नयाँ सोच राखेर अगाडि बढ्छन् र सफल पनि हुन्छन् । विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको विकासले मानिसका क्षितिज अझै फराकिलो बनाइदिएको छ । नयाँ नयाँ अवसर पनि सिर्जना गरिदिएको छ ।

नाम र दाम कमाउन उमेर पनि नचाहिने अवस्था सिर्जना भएको छ । यसै क्रममा भारतका एक २२ वर्षे युवाले शुरु गरेको स्टार्टअप विजनेशले राम्रो सफलता मात्र प्राप्त गरेको छैन ।

रोजगारी पाइएन, अब विदेश जान्छु र पैसा कमाएर आउँछु भन्ने मान्यता राख्ने नेपाल जस्ता देशका युवालाई समेत एकपटक सोच्न बाध्य बनाइदिएको छ ।

इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका तेस्रो वर्षका विद्यार्थीले तीन वटा एडटेक स्टार्टअपको व्यवसाय गरिरहेका छन् ।

उनले ३५ करोड २० लाख बराबरको कारोबार भएको पनि सगौरव बताएका छन् । कुनै समय ८ महिनासम्म केवल म्यागी खाएर जीवन धानेका ती युवा आमयुवाका लागि प्रेरणाको स्रोत समेत बनेका छन् ।

बनारसका सौरभ मौर्यले आइआइटी बीएचयूको पहिलो वर्षको अध्ययनका क्रममा नै स्टार्टअपको व्यवसाय शुरु गरेका हुन् ।
आफना पितासँग लुकाएर उनका आमाले दिएको ५ हजार भारुबाट सेकेण्ड ह्याण्ड मोबाइल खरिद गरेका थिए । उनले सोही मोबाइल प्रयोग गरेर आइआइटी जेइइका विद्यार्थीका लागि भिडियो बनाउन लागे ।

सौरभ एक गरिब परिवारमा जन्मिएका हुन् । उनको माता पिताको सपना भने गरिब थिएन ।

उनको शुरुवाती पढाई बनारससँग जोडिएको एक सानो गाँउमा भएको थियो । उक्त विद्यालय उनको घरदेखि ४ किलोमिटर टाढा थियो । उनी पैदल यात्रा गरेर नै विद्यालय आउने जाने गर्दथे ।

सौरभ भन्छन्– त्यस समय एक सानो गाँउमा बस्ने म जस्ता धेरै युवाको सपना पनि सानो नै थियो ।

मलाई बजार जाँदा यस्तो लाग्थ्यो, मेरा एउटा सानो कम्प्युटर पसल भएको भए धेरै मानिसलाई म गीत राखिदिन सक्थे । मेरा ठूला बाबा र आमाको भने सपना अर्कै थियो ।

उनीहरु भन्थे मैले धेरै पढोस् र राम्रो काम गरोस् । घरबाट मलाई पढनका लागि भन्दै मेरो दाजुलगायतसँग बनारस पठाइयो । म बनारस त आए, तर मन भने पढाईमा लागेन ।

मलाई त आज पनि उक्त दिनको याद छ । त्यस समय कक्षा ११ मा थिए । दुई भाइले नै आइआईटीको प्रवेश परीक्षा दिएका थियौ । घरबाट पनि मैले १२ कक्षापछि आइआइटीमा नाम निस्कियोस् ।

तर म भने कम्प्युटरको पसल खोल्न चाहन्थे । घरबाट भनेपछि मैले पढ्नु नै पर्दथ्यो, तर मलाई खै किन हो, पढाईमा केन्द्रित नै हुन मन लागेको थिएन । परिणामस्वरुप १२ कक्षामा जीइइ उत्तीर्ण हुन सकिन ।

त्यस दिन म असाध्यै रोए । तर, बिस्तारै परिवारको सहयोगमा मैले एक वर्षका लागि पढ्ने काम छाडेँ । कम्प्युटर, फिल्म, सामाजिक सञ्जाल सबैसँग दुरी राखेर मैले आइआइटी परीक्षा उत्तीर्ण गरे ।

सौरभका अनुसार आइआइटीको परीक्षा एक खासा प्याकेज मिल्न सक्थ्यो । तैपनि मैले तय गरे । सन् २०१८ मा जब उनी पहिलो वर्षको पढाईमा थिए । उनको आमाले पितालाई थाहै नदिई ५ हजार भारु दिइन् ।

उनले त्यसबाट मोबाइल खरिद गरे । सोही मोबाइल प्रयोग गरेर भिडियो खिच्न थाले भिडियो एक युट्यूव च्यानल शुरु गरे ।

त्यसमा लेक्चर रेकर्ड गरेर अपलोड गर्न थाले । शुरुवातीमा मसँग ह्वाइट बोर्ड पनि थिएन । मैले एक साथले कापीमा लेख्थे भने दोस्रो हातले भिडियो रकेर्ड गर्थे । थोरै थोरै गरेर मैले पैसा जुटाए र १३०० भारुमा एक ह्वाइट बोर्ड खरिद गरे । मैले बच्चालाई टिप्स दिन थाले ।

मैले भिडियो बनाउने कामलाई रोकिन । गर्मी होस् वा जाडो वा वर्षात्को समय नै किन नहोस् भिडियो निरन्तर बनाए । एक दिन मैले आफनो आइआइटी यात्राको भिडियो बनाएर अपलोड गरे ।

उक्त भिडियोमा एक कमेन्ट आयो । जहाँ लेखिएको थियो- भाई हाम्रो साथमा पनि आइआइटिएन छैनन् ।

के तपाई हामीलाई मेन्टर बन्न सक्नुहुन्छ । उक्त आवश्यकता पूरा गर्नका लागि मैले स्टार्टअप शुरु गरे । जसमा मैले ११ र १२ कक्षाका विद्यार्थीका गाइड गर्न थाले । जसले आआइटीको तयारी गरिरहेका छन् । उनीहरुलाई ध्यान दिएर मैले काम गरे ।

उनीहरुका लागि मैले ९९ रुपैयामा मेन्टरसिप प्याक सार्वजनिक गरे । जब पहिलो विद्यार्थी मसँग जोडिए, त्यहीबाट मेरो पहिलो कमाइ भयो । त्यसपछि विद्यार्थीको संख्या बढ्दै गयो ।

मैले एक्लै काम सम्हालिइरहेको थिए । मैले आफना साथीहरुलाई पनि त्यसमा जोड्ने सोच बनाए । उनीहरुलाई पनि केही पैसा दिन थाले । मैले ह्वाट्सएपमार्फत् विद्यार्थीलाई गाइड गर्न थाले ।

सौरभको पढाउने नशा यसरी बढ्यो कि, उनले कलेजको पहिलो वर्षको आइआइटी कक्षाका लागि होस्टलमा बसेनन् । उनले बाहिर नै एक कोठा भाडामा लिए । उनी चार घण्टा मात्रै सुत्न थाले ।

आजसम्म उनले कलेजको कुनै पनि कल्चरल फेस्ट या कुनै पनि सांस्कृतिक कार्यक्रममा सहभागी भएनन् । कूल ८ महिनासम्म केवल म्यागी चाउचाउ खाएर जीवन धाने ।

उनको कोठामा तातो पानी तताउनका लागि एक किटली थियो । त्यसमा चिया बनाउँथे भने म्यागी चाउचाउ समेत पकाएर खान्थे ।

सौरभले सन् २०१९ मा एसएसडी एडटेक प्रालि नामक कम्पनी बनाए । उनले त्यसमा दुई वटा स्टार्टअपको काम शुरु गरे । उनले शुरुमा एक जनाबाट १ हजार ५०० भारु लिए र पढाए ।

उनको स्टार्टअप बढ्दै जाँदा ११ करोड बराबरको कारोबार भयो । त्यसको साथ साथै बच्चाको होस्टल, गाइडलाइन, काउन्सिलिङ, बच्चाको रहनेको व्यवस्था, बच्चाका लागि ऋणको व्यवस्था गर्ने काम शुरु भयो ।

आज बनारसमा ३ वटा शाखा खुलेको छ भने गाजियावादमा अर्को शाखा खुलेको छ । मेन्टरसिपका लागि आज उनको साथमा २०० बढी आइआटीएन मेम्बर छन् । ३० जना बढीले द्विविधा हल गर्न खटिएका छन् । १३ जना शिक्षक जसले पढाउँछन् ।

आजकल उनको कम्पनीले हरेक महिना ४५ लाख बराबरको कोर्स बिक्री गरिरहेका छन् । उनको साथमा २७०० विद्यार्थी जुटेका छन् । लकडाउनको समयमा समेत १३०० विद्यार्थीले रजिष्टे«शन गरेका थिए । कोरोनाका कारण अरु क्षेत्र समस्यामा परेको भएपनि अनलाइनबाट गरिने पढाई भने बम्पर रुपमा अगाडि बढीरहेको छ ।


क्लिकमान्डु