यस्तो छ नेपाली विद्यार्थीले बनाएको ड्राइभर नचाहिने कार (भिडियोसहित)



काठमाडौं । नेपाली विद्यार्थीले ड्राइभर नचाहिने कार बनाएका छन् । सफ्टवरिका कलेज २०२४ ए ब्याज बीएसीमा अध्ययनतर विद्यार्थीले कम्प्युटर सफ्टवेयरबाट सञ्चालन हुने ड्राइभर लेस विद्युतीय कार निर्माण गरेका हुन् ।

सफ्टवरिका कलेज अफआइटी एण्ड इकमर्शद्वारा आयोजित ‘अफआइटी’ प्रदर्शनी ड्राइभररहित विद्युतीय कारको प्रोटोटाइप सार्वजनिक गरिएको हो ।

कलेजका लेकचरल मनोज श्रेष्ठको नेतृत्वमा १२ जना विद्यार्थीले ड्राइभर नचाहिने विद्युतीय कार निर्माण गरेका हुन् । ड्राइभर लेस विद्युतीय कारको प्रोटोटाइभ बनाउन करिब ८ लाख रुपैयाँ खर्च लागेको सफ्टवरिका कलेज बीएसी २०२४ ए ब्याजका विद्यार्थी विपस छन्त्यालले जानकारी दिए ।

कलेजका विद्यार्थीले पूर्णस्वाचालित (डाइभरबिनै सञ्चालन हुने) कार बनाउन खोजेका हुन् । तर हालको प्रर्दशनीमा राखिएको कार कम्प्युटरको सहयोगबाट सञ्चालन हुन्छ । १५ मिटरको दुरीबाट कार अपरेट गर्न सकिने छन्त्यालले बताए ।

कारमा १२ वाटको ४ वटा लिड-एसिड ब्याट्री जडान गरिएको छ । कार फुल चार्ज गर्न करिब ४ घण्टाको समय लाग्छ । फुल चार्जमा ४० किमी सम्मको माइलेज दिन्छ ।

अहिले एक जना बसेर करमा यात्रा गर्न सकिन्छ । कारको उच्च गतिमा परीक्षण गरिएको छैन । यसको न्युनतम गति १० किलोमिटर प्रति घण्टा रहेको छ । यो कार बनाउन एक वर्ष लागेको छन्त्यालले जानकारी दिए ।

‘यो स्वाचालित कारको प्रोटोटाइपमात्र हो, फुल फेजमा सञ्चालन गर्न कारको प्राविधिक तथा बनावटमा अझै सुधार गर्नुपर्छ’, छन्त्यालले भने, ‘स्वाचालित कारका लागि आवश्यक सफ्टवेयरमा काम गरिरहेका छौं ।’

साथीभाई र कलेजबाट पूर्णसहयोग प्राप्त भए एक वर्षभित्रमा सफ्टवेयरको काम सक्ने छन्त्यालको दाबी छ । स्वचालित कार हुने भएकाले यसको सबैभन्दा महत्वपूर्ण काम भनेको सफ्टवेयर नै हो ।

स्वचालित कारका लागि आवश्यक पर्ने सफ्टवेयर तयार गर्न विद्यार्थीहरु जुटिरहेका छन् ।

विद्यार्थीले तयार गरेको परियोजनामा कजेजको आर्थिक तथा प्राविधिक सहयोग रहेको सफ्टवरिका कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर अमृत थापाले बताए ।

‘प्रोजेक्ट अनुसार कलेजले ५ लाख रुपैयाँसम्म सहयोग गरिएको छ, समूहको प्रोजेक्टमा सहयोग रकम केही बढी छ’, थापाले भने, ‘प्रोजेक्टमा विद्यार्थीको समय र इनोभेसन प्रयोग भएको छ ।’

विद्यार्थीले तयार परेको परियोजनालाई मूर्तरुप दिन कलेजले विभिन्न नियायसँग सहकार्यको प्रयास गरिरहेको छ । यसका लागि राष्ट्रिय आवस्किार केन्द्र, मोरङ अटो, डीएफएसके ब्राण्डको आधिकारिक वितरक कुजु नेपालसँगको सहकार्यको प्रयास भइरहेको थापाले जानकारी दिए । यसमा ती निकायहरु सकारात्मक देखिएको थापाको दाबी छ ।

बेलायतको कोभेन्ट्री कलेजसँगको सहकार्यमा सफ्टवरिका कलेज सञ्चालन भइरहेको छ । कोभेन्ट्री कजेलका विद्यार्थीले ग्यागुअरको स्वाचालित कारको प्रटोटाइपमा काम गरिरहेको छ ।

कोभेन्ट्री कलेजसँगको सहकार्यबाट नेपाली विद्यार्थीले तयार गरेको प्रोटोटाइपको विस्तृत विवरण पनि ज्यागुअर समक्ष पेश गर्ने तयारीमा कलेज रहेको थापाको भनाइ छ ।

ज्यागुअरले हाम्रो प्रोटोटाइमा इच्छा जाहेर गरेमा कारलाई व्यवावसायिक रुपमा विकशित गन ज्यागुअरबाट आर्थिक तथा प्राविधिक सहयोग मिल्ने थापाको अपेक्षा छ ।


पुष्प दुलाल