अमेरिकामा नयाँ कर कानून, अर्बपतिबाट ‘सम्पत्ति कर’ उठाएर कोरोना राहतमा



एजेन्सी । कोरोना भाइरसका कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्नका लागि अमेरिकामा नयाँ खालको करमा जोड दिइएको छ ।

उक्त कर प्रणाली भने अर्बपतिका हकमा बढी लागू हुने देखिन्छ । किनकी जति बढी आदानी, सोही आधारमा कर भन्ने ध्येय त्यसमा राखिएको छ ।

किनकी बढी कमाउनेले देश संकटमा परेको बेला कर पनि बढी तिर्नुपर्छ, त्यसले आम अमेरिकीको जीवनलाई सहज बनाउन सकिन्छ भन्ने विषयलाई पनि उत्तिकै केन्द्रमा राखिएको छ ।

सन् २०२० मात्रै अमेरिकी अर्बपति जेफ बेजोसले ५.७ बिलियन कर तिरेका छन् । अल्ट्रा मिलेनियर ट्याक्स एक्टले गरेको व्यवस्था गरिएको छ । सो कर उठाउने सम्बन्धी प्रस्ताव सोमबार मात्रै गरिएको छ । सो करसम्बन्धी कानूनका आधारमा बेजोसले उक्त परिमाणमा कर तिर्नुपर्नेछ ।

सो कर कानूनअनुसार ५० मिलियन भन्दा कम सम्पत्ति भएकाले २ प्रतिशत र १ बिलियन भन्दा बढी हुनेले भने ३ प्रतिशतको दरका कर तिर्नुपर्नेछ ।

एलन मस्कले ४.६ बिलियन तिर्नुपर्नेछ । यस्तै बिल गेट्सले ३.६ बिलियन बराबरको कर तिर्दा, मार्क जुगरवर्गले ३ बिलियन डलर कर तिर्नुपर्नेछ ।

अमेरिकी संसदमा पेश भएको नयाँ कर कानूनले अर्बपतिलाई पनि सोही आधारमा कर तिर्नुपर्ने व्यवस्था गरेको छ । एजिलावेत बारेन, डि मास, स्याण्डर्सनलगायतले उक्त कर कानूनको विषयमा लविङ गरिरहेका छन् ।

उनीहरुले सो कर कानूनबाट मात्रै ट्रिलियन डलर बराबरको राजश्व राज्य प्रणालीमा आउने दावी गरेका छन् । कोरोना महामारीका कारण समस्यामा परेको अर्थतनत्र सुधार गर्नका लागि यो नै उत्तम विकल्प भएको उनीहरुको भनाइ छ ।

सो कर काननूबाट १ लाख अमेरिकन मात्रै प्रभावित हुनेछन् । तयोभ नेको ०.०५ प्रतिशत मात्रै हो । आगामी १० वर्षसम्म ३ ट्रिलियन डलरको योगदान रहनेछ । बारेनका अनुसार थपिएको करबाट उठने पैसाले स्वच्छ ऊर्जा, चाइल्ड केयर, शिक्षाको पूर्वाधारमा खर्च गरिनेछ ।

यो अनिवार्य रूपमा एउटै कर हो जुन वाइडेनले राष्ट्रपतिकारुपमा आफूलाई उभ्याउने क्रममा नै आएको थियो । निर्वाच्न अभियानको दौरानमा अगाडि सारिएको दुइृ सेन्ट भन्ने नाराको अर्को रुपमा नयाँ कर कानून आएको छ ।

त्यसबाट मात्रै कूल ५० मिलियन बराबरको स्रोत जोहो हुन्छ ।

महामारीले आम मानिसलाई समस्यामा पारेपनि अर्बपतिका लागि त्यसले खासै प्रभाव पारेको छैन । महामारीले अमेरिकाको सम्पत्तिको अन्तरलाई उजागर गरिदिएको छ ।

आलोचकहरू भन्छन् कि कर संवैधानिक नहुन सक्छ । र, धनीहरूले सजिलैसँग खेल्न सक्छन् । अधिकांश युरोपेली देशहरूले सम्पत्ति करहरू त्यागेका छन् किनकि उनीहरूले अपेक्षाभन्दा कम राजस्व बढाएका छन् । अर्बपति र करोडपतिलाई भने केही असर गरेको छैन ।

सम्पत्ति करसम्बन्धी अन्य देशहरूको अनुभवबाट लिइएको पाठलाई पनि चेतावनीको रूपमा लिनुपर्छ ।

एउटा सम्पत्ति कर धेरै प्रशासनिक र अनुपालन समस्याको साथसाथै चोरी सम्बन्धी समस्याको सामना गर्नुपर्ने देखिन्छ । यसलाई कार्यान्वयन गर्न अत्यन्त ठूलो प्रशासनिक चुनौती हुनेछ । यो बढी स्पष्ट नभए पनि बढी स्रोतको साथ जरुरी पर्दछ । सम्पत्तिका रुपमा करलाई कुशलतापूर्वक अगाडि बढाउनुपर्छ ।

अल्ट्रा–मिलियनेयर ट्याक्सको कडा कार्यान्वयनपछि आन्तरिक राजस्व सेवामा १०० अरब डलर उपलब्ध हुनेछ ।

कर आम्दानीको आधा हिस्सा अरबपतिबाट आउने वारेनको भनाइ छ । महामारीको बेलामा उनीहरुको सम्पत्तिमा १ ट्रिलियन डलर भन्दा बढी जोडिएको देखिन्छ ।

अमेरिकी नीति अध्ययन संस्थान र कर निष्पक्षताका लागि अमेरिकी गणना अनुसार, विश्वको सबैभन्दा धनी व्यक्ति जेफ बेजोस, एलन मस्क, बिल गेट्स, मार्क जुगरकवर्ग तथा व्यवसायीको आम्दानीलाई पनि हेरिएको छ ।

अर्बपतिहरुसँग भएको सम्पत्ति करले मात्र राष्ट्रपति जो बाइडेनले अगाडि सारेको ट्रिलियन डलर बराबरको महामारी प्याकेज सहजरुमपा अगाडि बढ्न सक्छ भन्ने विश्वास गरिएको छ ।


पुष्प दुलाल