संसारभर ३०० करोड भन्दा बढी इमेल ह्याक, जोगिन राख्नुस यस्ता पासवर्ड



काठमाडौं । सूचना प्रविधिको क्षेत्रले मानिसको दैनिक जीवनलाई सहज बनाएको भएपनि त्यसबाट अपराध गर्नेहरु पनि संसारमा उत्तिकै रहेका छन् ।

साइबर क्राइमका कारण व्यक्तिगत जानकारी तथा विवरण कब्जामा लिएर गलत हर्कत गर्ने काम पनि उत्तिकै अगाडि क्रियाशिल रहेको पाइएको छ ।

पछिल्लो विवरण अनुसार झण्डै ३ सय बढी इमेल आइटी लिक भएको छ । त्यसमा नेटफ्लिक्स तथा लिंक्डइनको प्रोफाइल समेत समावेश रहेको पाइएको छ । त्यसबाट सर्तक रहनुपर्ने देखिएको छ ।

बढ्दो अनलाइन चलनका कारण साइबर क्राइमको खतरा पनि उत्तिकै बढ्दै गएको छ । ह्याकिङको घटनामा पछिल्ला दिनमा बढ्दै गएको छ । एक खतरानाक घटना सामुमा आएको छ । बेलायतको एक अखवार दि सनका अनुसार ३०० करोड भन्दा बढी इमेल आइडी ह्याक भएको भएको छ ।

सन् २०१७ मा मात्रै १०० करोड बढीइ मानिसको तथ्यांक लिक भएको विवरण सार्वजनिक भएको थियो ।

विवरण अनुसार जिमेलका अलावा ११ करोड ७० लाख बढी मानिसको व्यत्तिःगत विवरण नेटफ्लिक्स तथा लिंक्डइनको प्रोफाइल समेत समावेश थियो । खास कुरा यो हो कि पहिलो पटक नेटफ्लिक्स तथा लिक्डइनको प्रोफाइल समेत समावेश भएको छ ।

त्यसमा माइक्राफ्ट, बन्डो, विटक्याइन र पास्टेविनको प्रयोगकर्ता समेत समावेश थिए । यसरी व्यक्तिगत विवरणको तथ्यांक ह्याक हुँदा साइबर क्राइम गर्नेहरुले अनेकन दुःख दिएको समेत पीडितहरुले जानकारी गराएका छन् ।

ह्याकिङका कारण करिब १५०० करोड बराबरको अकाण्टमा समस्या आएको थियो । त्यस्तै ३२० करोड मानिसको इमेल आइडीको पासवर्ड ह्याक भएको थियो । ह्याक गरिएको व्यक्तिगत विवरण तथा सापवर्ड जति सबै ह्याकरले इन्टरनेटमा अपलोड गरिदिएका थिए ।

व्यक्तिगत विवरण अनाधिकृत रुपमा ह्याक भएको खण्डमा साइवर न्यूज जस्ता साइटमा आफनो इमेल आइडी राखेर जानकारी लिन सकिन्छ ।

यस्तै पासवर्ड यूनिक राख्नुपर्नेछ । कमसे कम १२ क्यारेक्टरको पासवर्ड राख्नुपर्छ । विशेषगरी १२३४५६, ९८७६५४३२१, १२३१२३, ११११११ जस्ता पासवर्ड राख्नुहुँदैन । एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ । भने फिंगरप्रिन्ट या जेस्टरको पासवर्ड बनाउनु आवश्यक हुन्छ ।


पुष्प दुलाल