डाटा चोरीको नयाँ तरिकाः एप्सलाई लोकेसन ट्रयाकिङ अनुमति नदिनुहोस्



काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरुले विभिन्न एपलाई बिचारै नपुर्याइ सबै प्रकारका अनुमति दिएका हुन्छन् ।

सायद उनीहरुलाई थाहा हुँदैन कि यसो गर्दा स्मार्टफोन प्रयोगकर्ताका कस्ता खालका डाटा निकाल्न सकिन्छ ।

एउटा नयाँ अध्ययनमा लोकेशन ट्रयाकिङ अन भएको अवस्थामा पनि एपहरुले निजी जानकारी निकाल्न सक्छन् भन्ने देखाएको छ ।

युनिभर्सिटी अफ बोलोग्ना तथा लन्डनका दुई अनुसन्धानकर्ताहरुका अनुसार कुनै पनि एपलाई आफ्नो लोकेसन ट्रयाकिङ गर्न दिनु भनेको निकै खतरनाक पनि सावित हुनसक्छ ।

यसका लागि अनुसन्धानकर्ताहरुले ‘ट्रयाकिङएड्भाइजस’ नामको एप बनाए । जसले लगातार प्रयोगकर्ताको लोकेसन डाटा एकीकृत गरेको थियो ।

अनुसन्धानकर्ताका अनुसार उक्त डाटाका माध्यमबाट ती एपहरुले निजी जानकारीहरु समेत निकाल्न सक्छन् । त्यति मात्रै होइन, प्रयोगकर्ताहरुको जानकारी पुष्टि गर्नका लागि उनीहरुसँग प्रतिक्रिया पनि लिन्छन् ।

तर यो प्रक्रियामा प्रयोगकर्ताहरु भने जानकार हुँदैनन् । यस्ता एपबाट प्रयोगकर्ताका रुचि, उनीहरुको बानी तथा व्यक्तित्वका बारेमा पनि जानकारी एकीकृत गरिरहेका हुन्छन् ।

उक्त अध्ययनमा ६९ जना प्रयोगकर्तालाई २ हप्ताका लागि उक्त एपमा प्रयोग गरी अनुसन्धान गरिएको थियो । एपले २ लाखभन्दा बढी स्थानमा नजर राखेका थिए । जसबाट २५ सय स्थानको पहिचान गरेर डेमोग्राफिक तथा व्यक्तित्व दुबैसँग सम्बन्धित करिब ५ हजार व्यक्तिगत जानकारी संकलन गरिएको थियो । जसमा व्यक्तिको स्वास्थ्य अवस्था, आर्थिक अवस्था, जाति तथा धर्मका बारेमा जानकारी बटुलिएको थियो ।


क्लिकमान्डु