कुन बैंकबाट आइपीओ भर्दा कति शुल्क लाग्छ ?



काठमाडौं । पछिल्लो समय सेयर बजारमा आइपीओ चर्चा ठूलो छ । विभिन्न कम्पनीले आइपीओ जारी गर्न थालेपछि त्यसतर्फ लगानीकर्ताको आकर्षण ठूलो देखिएको छ ।

एकवर्ष अघिसम्म मात्रै पनि सर्वसाधारणमा खासै चर्चा नहुने सेयर बजार र आइपीओ चर्चा यतिबेला चुलिएको छ । एक वर्षको अवधिमा करिब १० लाखभन्दा बढीले डिम्याट खातो खोलेका छन् । जसले गर्दा अहिले एउटै कम्पनीको आइपीओमा १५ लाखभन्दा बढी आवेदन पर्न थालेको छ ।

यसरी आइपीओ भर्दा बैंकहरुबाट पैसा काटिन्छ । जसका लागि कतिपय बैंकले ग्राहकसँग निश्चित रकम लिने गर्छन् भने कतिपय बैंकले यो सेवा निःशुल्क दिइरहेका छन् । जसलाई सी–आस्वा सेवा भनिन्छ । यसरी ग्राहकलाई सी-आस्वा सेवा दिएवापत शुल्क लिनको लागि बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने हुन्छ ।

सी-आस्वा सेवा हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले दिन्छन् । तर यस्तो प्रकारको सेवा दिए वापत १२ वटा वाणिज्य बैंकहरुले मात्र शुल्क तोकेका छन् भने बाँकी १५ वटा वाणिज्य बैंकले निःशुल्क सी-आस्वा सेवा ग्राहकलाई दिइरहेका छन् ।

सी-आस्वा सेवा दिएवापत १२ वटा वाणिज्य बैंकले १ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तय गरेका छन् । जसमा सबैभन्दा बढी स्ट्यान्र्डड चार्डर्ट बैंकले १ सय रुपैयाँ र सबैभन्दा थोरै प्रभु बैंकले १ रुपैयाँ सी-आस्वा शुल्क तोकेको छ ।

त्यस्तै नेपाल बैंक, नेपाल एसबीआइ बैंक र लक्ष्मी बैंकले २५रुपैयाँ शुल्क तोकेका छन् । साथै, सिटिजन्स बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, एनएमबी बैंक र कुमारी बैंकले २० रुपैयाँका दरले सी-आस्वा शुल्क तोकेका छन् ।

यसैगरी, कृषि विकास बैंक र सनराइज बैंकले १० रुपैयाँका दरले आश्वा शुल्क तय गरेका छन् । यसबाहेका सबै वाणिज्य बैंकहरुले ग्राहकलाई निःशुल्क सी–आस्वा सेवा दिइरहेका छन् ।

कुन बैंकको कति सी-आस्वा शुल्क ?


क्लिकमान्डु