स्याङ्जामा भू–सेवा केन्द्र सञ्चालन गर्न इच्छुक व्यक्ति तथा संस्थालाई निवेदन पेश गर्न आह्वान



काठमाडौं । भूमी व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालय वालिङ स्याङ्जामा भू-सेवा केन्द्र स्थापना तथा सञ्चालनको लागि निवेदन पेश गर्न आह्वान गरेको छ ।

विभागले गत १४ गते सूचना प्रकाशित गर्दै भू-सेवा केन्द्र सञ्चालनका लागि योग्यता पुगेको वा इच्छुक व्यक्ति, संस्थालाई आगामी फाुगन १७ गतेसम्ममा अनलाइन निवेदन पेश गर्न आह्वान गरेको हो ।

विभागले भू-सेवा केन्द्र सञ्चालन निर्देशिका, २०७६ लागू गर्ने निर्णय भएको बेहोरा जानकारी हुन आएकाले भू–सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्नका लागि मालपोत नियमावली बमोजिम उक्त सेवा सञ्चालनका लागि योग्यता पुगेको संस्था वा व्यक्तिले पेश गर्न सक्नेछन् ।

साथै, योग्यता पुगेको तथा भू-सेवा सञ्चालन निर्देशिकामा तोकिए बमोजिम पूर्वाधार र स्थानीय सरकारले अनुमति लिनका अनलाइन निवेदन पेश गरी सोसँग सम्बन्धित सक्कल कागजात कार्यालयको प्रशासन शाखामा पेश गर्न अनुरोध गरेको छ ।

भू–सेवा केन्द्र सञ्चालन तथा स्थापनाका लागि इच्छुक व्यक्ति तथा संस्थाका लागि निम्न प्रकारको भौतिक पूर्वाधार र योग्यताको व्यवस्था हुनुपर्नेछ ।


क्लिकमान्डु