१६ वटा बैंकको नाफा घट्यो, १० वटाको बढ्यो, स्थापित बैंकलाई चुनौती



काठमाडौं । चालु अर्थिक वर्षको ६ महिनामा बैंकहरुको नाफा घटेको देखिएको छ ।

संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमा २६ वटा वाणिज्य बैंकले आफ्नो विवरण प्रकाशित गरेका छन् । जसमा १० वटा बैंकको मात्र नाफा बढेको छ । पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको विवरण भने सार्वजनिक भएको छैन ।

अघिल्लो वर्ष पुस मसान्तमा २६ वटा बैंकको नाफा २९ अर्ब ८९ करोड थियो । यो वर्षको पुस महिनामा ती बैंकहरुको नाफा २९ अर्ब २२ करोड छ ।

पुस मसान्तसम्मको विवरण हेर्दा अघिल्लो वर्षको तुलनामा नाफा बढाउने बैंकमा ग्लोबल आइएमई,एनएमबि,प्रभु,मेगा र प्राइम बैंक र कुमारी बैंक देखिएका छन् । यस्तै एनआईसी एशिया,सिटिजन्स,सनराइज र एनबी बैंक । बाँकी बैंकको नाफा भने घटेको छ ।

अहिलेसम्मको विवरणको आधारमा नाफामा पहिलो स्थान ग्लोबल आइएमई बैंकको छ । बैंकले गतवर्ष १ अर्ब ६८ करोड नाफा गरेकोमा यो वर्ष २ अर्ब ३१ करोड नाफा गरेको छ ।
यस्तै दोस्रो स्थानमा रहेको एनआईसीले पुस मसान्तसम्म २ अर्ब ६ करोड नाफा गरेको छ । अघिल्लो वर्ष २ अर्ब १ करोड नाफा गरेको थियो ।

नबिल बैंकले २ अर्ब १ करोड नाफा गरेको छ । अघिल्लो वर्ष २ अर्ब ४ करोड नाफा थियो ।

यस्तै प्राइम १ अर्ब ८१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब ३० करोड रुपैयाँ नाफा प्राइम बैंकले गरेको थियो ।

एनएमबि बैंकले १ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष एनएमबि बैंकको नाफा १ अर्ब ९ करोड थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५८ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ६६ करोड थियो ।

प्रभु बैंकले ६ महिनामा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष नाफा १ अर्ब ८ करोड थियो ।

कृषि विकास बैंकले १ अर्ब ३२ करोड नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५८ करोड थियो ।

नेपाल बैंकको नाफा भने अघिल्लो वर्ष र यो वर्ष करिब उस्तै छ । अघिल्लो वर्ष १ अर्ब ३५ करोड थियो भने यो वर्षपनि करिब उस्तै छ । सामान्य रकम नाफा नेपाल बैंकको घटेको छ ।

मेगा बैंकले १ अर्ब ३० करोड नाफा गरेको छ । अघिल्लो वर्ष ९५ करोड रुपैयाँ बैंकले नाफा गरेको थियो ।

कुमारी बैंकले १ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ८० करोड थियो ।

सानिमा बैंकको नाफा १ अर्ब ६ करोड छ । अघिल्लो वर्ष १ अर्ब १४ करोड थियो ।

एभरेष्ट बैंकको नाफा भने उल्लेख रुपमा नै घटेको छ । एभरेष्टले ९६ करोड नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५० करोड नाफा एभरेष्टको थियो ।

एनबी बैंकले ९४ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै सिद्धार्थले ९१ करोड,सिटिजन्सले ८७ करोड रुपैयाँ नाफा गरेको छ ।

लक्ष्मी बैंकले ८० करोड तथा माछापुच्छ्रेको पनि ८० करोड नै नाफा छ । बिओकेको ७० करोड,हिमालयन बैंकको ६५ करोड,एनसीसीको ६१ करोड,एसबिआईको ५१ करोड नाफा छ ।

सेन्चुरी बैंकको ४६ करोड तथा सिभिल बैंकले २० करोड नाफा गर्न सफल भएको देखिएको छ ।


क्लिकमान्डु