पाम आयलको व्यापारले तेल उत्पादन कम्पनी मालामाल, अब भट्मासमा सिफ्ट



काठमाडौं । त्रिवेणी ग्रुप अन्तर्गतको अन्नपूर्ण भेजिटेबल प्रालिले आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ४३ करोडको व्यापार गर्यो । जबकी आर्थिक वर्ष २०७४/७५ मा यस्तो व्यापार ३ अर्ब ११ करोड तथा आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ५६ करोड थियो ।

उद्योगले आर्थिक वर्ष २०७५/७६ मा ईगुणाले व्यापार बढाउन सफल हुनुको कारण पाम आयलको व्यापार थियो ।

पामको व्यापार फस्टाएको अन्नपूर्ण भेजिटेबलमात्र होइन केडिया अग्रनाइजेशनले संचालन गर्ने उद्योग शुसील बनस्पतीको व्यापार आर्थिक वर्ष २०७४/७५ सम्म १ अर्ब ९४ करोड रुपैयाँको थियो । आर्थिक वर्ष २०७५/७६ मा पामको व्यापारसँगै शुसील बनस्पतीले ३ अर्ब ३४ करोड रुपैयाँको व्यापार गर्न सफल भयो । गतवर्ष ४ अर्ब २२ करोडको व्यापार भयो । यसरी व्यापार बढ्नुको कारण भारत तर्फ पाम आयल निकासी गर्न सफल भएको कारणले गर्दा भएको हो ।

लक्की ग्रुपले संचालन गर्ने गणपति बनस्पती प्रालिले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफा जम्मा १ करोड १० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्दा १३ करोड ९० लाख रुपैयाँ नाफा गणपति बनस्पतीले गर्न सफल भएको छ

व्यापारतर्फ हेर्ने हो भने पनि पामको व्यापार भारत तर्फ हुन थालेपछि एकाएक कम्पनीको व्यापार बढेको थियो ।

कुनैबेला बनस्पती घिउ उद्योग चलाएर नाफामा भएका नेपालका तेल उद्योगलाई पामले भने धेरै नै ठूलो व्यापार दिएको देखिन्छ ।

गतवर्ष सबैभन्दा बढी नेपालले पाम आयलको निर्यात गरेको थियो । गत आर्थिक वर्षमा १८ अर्ब रुपैयाँ बराबरको पाम आयल भारत तर्फ निर्यात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा १० अर्ब रुपैयाँ निर्यात पाम आयलको भएको थियो ।

नेपालले साफ्टा अन्तर्गत पाउने सुविधा अन्तर्गत नेपाली व्यवसायीले मलेसिया र इन्डोनेसियाबाट पाम आयल ल्याएर भारत तर्फ निर्यात गरेका थिए । यसरी केही समयको लागि निर्यात पनि बढायो भने व्यवसायीले पनि पैसा राम्रो कमाए । मलेसियासँगको सम्बन्ध खराब भएपछि भारतले पाम आयलको आयातमा कडाई गर्ने नीति लियो । त्यसपछि पामको व्यापार सेलायो । यो वर्ष मंसिरसम्म पाम आयल जम्मा ४० लाखको निर्यात भएको छ ।

पामको स्थान भटमासले लियो

पाम व्यापार ठप्प भएपछि उद्योगीले साफ्टा नियमको फाइदा उठाउदै भटमासको तेल निर्यात भारत तर्फ गर्न थालेका छन् ।

चालु आर्थिक वर्षको ५ महिनामा भट्मासको तेल सबैभन्दा बढी निर्यात भएको छ । १३ अर्ब ५० करोड रुपैयाँको भट्मासको तेल निर्यात भएको देखिन्छ । नेपालले ९३ करोड ५५ लाख ९७ हजार किलो भट्मासको तेल निर्यात गरेको छ । जसमा सबैभन्दा बढी हिस्सा भारतको छ । भारत तर्फ १३ अर्ब ५० करोड रुपैयाँको भट्मासको तेल निर्यात भारत तर्फ भएको छ ।

‘तुलनात्मक लाभ नभएपनि तत्कालको भन्सार छुटमा हुने निर्यात नै नेपालबाट हुने हो,अहिले नेपालका उद्योगीले त्यहीबाट फाइदा लिएका छन्,’एक व्यवसायीले भने ।

पममा फोकस भएका उद्योगीहरु अहिले भट्मासमा लागेका छन् । जुन कुनैबेला बनस्पती घिउँमा थिए ।


क्लिकमान्डु