२ लाख ६९ हजार एकड जमिनमा खेती गर्दै बिल गेट्स, बने अमेरिकाका ठूला किसान



काठमाडौं । संसारले बिल गेटसलाई कसरी चिन्छ ? उनलाई माइक्रोसफ्टका प्रमुखका रुपमा चिन्छ । कम्प्युटर जगतका मानिसका रुपमा चिन्छ । उनलाई प्रविधिको मानिसका रुपमा जान्दछ ।

उनको योगदानको सोही रुपमा चर्चा गरिन्छ । किनकी, उनले काम नै त्यही गरेका छन् । आम मानिसले उनलाई चिन्ने, जान्ने र भन्ने कुरा नै यही हो । तर, तपाई हामीले जानेको, मानेको र सुनेको बिल गेट्स अब त्यस्ता रहेनन् ।

प्रविधिले मानिसलाई खान दिँदैन । अर्थात् खाने कुरा दिँदेन । खानेकुराका लागि जमिन खन्नुपर्छ । जमिनलाई माया गर्नुपर्छ र केही उब्जाउनु पर्छ । जमिनबाट केही फलेन भने तपाई हाम्रो अस्तित्व सकिन्छ । बाँच्नका लागि खानेकुरा चाहिन्छ ।

त्यही खानेकुरा माटोमा फल्छ । मेहनत चाहिन्छ । बिल गेट्सले पनि त्यही गरेका छन् । संसारका धनी अर्बपतिहरु मध्इेका एक उनले अब आफू किसान भएको सगर्व घोषणा गरेका छन् ।

नेपाल जस्ता देशका किसानलाई हेला गर्ने र उनीहरुलाई उच निचको व्यवहार गर्ने गरिन्छ । तर अमेरिकी अर्बपतिले अब आफू किसान भएको र खेतीपातीमा लागेको सवर्ग घोषणा गरेका छन् । उनले भनेका छन्, खेतीपातीमा फर्कौ । माटोलाई माया गरौ? अन्न फलाऔं ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बिल गेट्स अमेरिकाका सबैभन्दा ठूला किसानाका रुपमा स्थापित भएका छन् । अमेरिकाका कूल ५० राज्य मध्ये १८ वटा राज्यमा उनले २ लाख ४२ हजार एकड खेत खरिद गरेका छन् ।

त्यसका लागि उनले १ हजार २५१ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् । उनको साथमा अब २ लाख ६९ हजार जमिन रहेको छ । त्यसमा उनी खेती गर्न लागेका छन् ।

डेली मेलका अनुसार सन् २०२० को भूमि विवरण अनुसार यो तथ्य सार्वजनिक भएको हो । उनले खेती योग्य जमिन मात्रै नभई काम नलागेको भनेर त्यत्तिकै छाडिएका जमिन समेत खरिद गरेका छन् ।

उनले हर्स हेभन भनिएको क्षेत्रमा समेत १४ हजार ५०० एकड जमिन समेत खरिद गरेका छन् । त्यसका लागि मात्रै उनले १ हजार २५१ करोड बराबर रकम खर्च गरेका छन् ।

६५ वर्षीय बिल गेट्सले खेतीयोग्य जमिनमा विभिन्न प्रकारको खेती गर्ने सोच अगाडि सारेका छन् । उनले त्यसका लागि सन् २०१८ देखि नै अमेरिकामा तोकिएको भन्दा बढी मूल्य दिएर जमिन खरिद गर्न शुरु गरेका हुन् ।

बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेशनले सन् २००८ मा एक महत्वपूर्ण घोषणा गरेको थियो । उनले भनेका थिए कि अफ्रिाका तथा संसारभरका विकासशिल देशका साना किसानको सहयोगका लागि आफूले अभियान अगाडि बढाएको छु ।

त्यसका लागि उनले २ हजार २३८ करोड बराबरको सहयोग दिएका थिए । त्यसबाट साना किसान गरिबी तथा भोकबाट बाहिर निस्कन सकून ।


पुष्प दुलाल