एउटा यस्तो कम्पनीः जसले महामारीमा पनि लगानीकर्तालाई करोडपति बनायो



काठमाडौं । कोरोना भाइरसको महामारी एवम् आर्थिक मन्दीका बाबजूद पनि एक कम्पनीको सेयरमा लगानी गरेका लगानीकर्ता करोडपति बनेका छन् ।

विश्व विख्यात कम्पनी टेस्लाका लगानी गरेका कयौं सेयरधनी सन् २०२० मा करोडपति बनेका छन् । उनीहरुले आफूहरुलाई आफै करोडपति, अर्बपति भनेका छैनन् ।

उनीहरुले आफ्नै नाम जुराएका छन् र भनेका छन् टेस्लानियर । उनीहरुले आफूले आफैलाई टेस्लानियरको नाम दिएका छन् ।

एलन मस्कको विद्युतीय कार कम्पनी टेस्लाको सेयरको मूल्य सन् २०२० मा ७०० प्रतिशत बढीले वृद्धि भयो ।

सोही कारण सो कम्पनी संसारकै सबैभन्दा बढी मूल्यवान कम्पनी बन्न पुग्यो । सो कम्पनीमा एक दशक पहिले लगानी गरेका गरेका लगानीकर्तालाई भने एक प्रकारको उतारचढावको महसुस गर्नुपर्यो ।

यस दौरानामा मानिसहरुले टेस्लाप्रति भरोसा राखे । उसको साथमा अगाडि बढ्नका लागि समेत उनीहरु तयार भए ।

सोही कारण असाध्यै ठूलो मात्रामा फाइदा भयो र त्यसैका लागि उनीहरु अगाडि बढे । गएको वर्षको डिसेम्बर महिनामा टेस्ला एस एण्ड पी ५०० को एक हिस्सा बन्न गयो, जुन अमेरिकका सबैभन्दा ठूलो स्टक इन्डक्समा समेत समावेश भयो ।

एप्पल, माइक्रोसफ्ट, फेसबुक जस्ता कम्पनीको त्यसमा हिस्साा रहँदै आएको थियो । टेस्लाको सेयरको मूल्य डिसेम्बर महिनामा जबरजस्ती उकालो लाग्यो । त्यसबाट यस्तो नतिजा देखियो कि उक्त इन्डेक्समा टेस्ला बढी कमाउने १० कम्पनीमा समावेश भयो ।

पछिल्ला दिनमा त टेस्लाको मूल्य जनरल मोटर, फोर्ड, फिएट, क्राइस्लर अटोमोबाइल्स तथा टोयाटाको संयुक्त मूल्य भन्दा पनि बढी हुन गयो ।

त्यसका बाबजूद पनि यो जानकारी प्राप्त गर्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । किनकी, आफना प्रतिस्पर्धी कम्पनीको तुलनामा टेस्लाले असाध्यै थोरै मात्र कार निर्माण गर्ने गरेको छ ।

लगानीकर्ता कम्पनी ग्रेनाइट सेयर्सका प्रमुख कार्यकारी बिल राइन्डका अनुसार जुन लगानीकर्ताले सुरुवातमा यो कम्पनीको सेयर खरिद गरेका थिए । उनीहरु काफी मात्रामा फाइदामा रहे तथा कयौ लगानीकर्ता त हेर्दा हेर्दै करोडपति नै भए ।

टेस्लाको सेयर मूल्यमा भारी मात्रामा वृद्धि हुनुको सबैभन्दा ठूलो कारण भनेकै चीनमा यसको मागमा आएको वृद्धि हो ।

त्यसका अलावा विद्युतीय कारमा आउन सक्ने अनुदान पनि अर्को कारण हो ।

विद्युतीय कारप्रति बढ्दै गएको रुझानका कारण पनि टेसला जस्ता कम्पनीको अवस्था अहम रुपमा थप बलियो बन्न पुगेको हो । र, कयौं लगानीकर्ता यो पनि मान्छन् कि टेस्लाको अर्को व्यवसायमा समेत राम्रो नाफा हुनेवाला छ ।

त्यसमा लगाइएको स्वचालित ड्राइभिङ सफटवेयर तथा व्याट्री पावर स्टोरेज जस्ता व्यवसाय पनि रहेको छ ।

सन् २०१० मा टेस्लाको सेयर प्रति सेयर मात्रै १७ रहेको थियो । सोही हिसाबमा सेयर बजारमा आएको थियो । यस हप्तामा यसको सेयर मूल्य ६५० डलर भन्दा बढी हुन पुगेको छ ।

महामारीको बाबजूद पनि यसको सेयर मूल्यमा वृद्धि भएर आलोचकलाई समेत एकपटक सोच्न बाध्य पारिदियो । अझै यो काफी रुपमा बढी भन्दा बढी अंकमा जाने संकेत दिएको छ ।

डिसेम्बरको शुरुवातमा वित्तीय संस्था जेपी मोर्गनको विश्लेषणमा लेखिएको थियो ‘ टेस्लाको सेयरको हाम्रो नजरमा सबै परम्परागत मापदण्डको आधारमा बढी मूल्यांकन गरिएको छ ।

तर, यसले नाटकीय तरिकाले यसमा नाफा भइरहेको छ ।’ किनकी कयौ लगानी विश्लेषक मान्छन् कि टेस्लालाई एक कार कम्पनीको तरिकाले मात्रै देख्नु हुँदैन ।

लगानीकर्ता कम्पनी ओआनडाका एक वरिष्ठ बजार विश्लेषक एडवर्ड मोयाका अनुसार कयौ लगानीकर्ताका लागि टेस्लामाथि उत्साह रहेको छ ।

उसले केवल कार कम्पनीको नाताले मात्रै होइन । यो कार कम्पनीको अलावा कयौ मात्रामा बढीरहेको छ । यसको व्याट्री कामयावी भइरहेको छ ।

त्यस्तै कयौं अन्य स्रोतको ढोका समेत समेत खोलेको छ । राइड भन्छन् जैविक इनधनबाट विद्युतीय शक्ति भण्डारण गर्ने र त्यसैबाट काम गर्ने टेस्लाको भूमिकाको बारेमा सोच्नुहोस् ।

त्यसका लागि लगानीकर्ताका सामु यो महत्वपूर्ण सवाल खडा भएको छ कि आगामी दिनमा यसको प्रविधिका मूलयांकन कसरी गरिन्छ ? टेस्लाले घरका लागि सौर्य प्रणाली र पावर बैंक समेत तयार पारेको छ । यस्ता लगानीकर्ताको संख्या बढी रहेको छ, टेस्लाको ।

जसका कारण यसको भविस्यलाई लिएर लगानीकर्ता थप आशावादी रहेको छन् । लस एन्जल्सका इन्जिनियर जैसन डि बोल्टले टेस्लामा पहिलो पटक जब लगानी गरेका थिए । उनले २५०० सेयर १९ हजार डलरमा खरिद गरेका थिए ।

उनी भन्थे, मैले पहिलो पटक सन् २०१३ मा टेस्लामा जब लगानी गरे । त्यतिबेला टेस्ला मोडल एस खरिद गर्ने तथा कारखानाको विस्तार गर्न लागेको समयमा नै लगानी गरिएको थियो ।

तब सो कम्पनीको सेयर खरिदमा गइरहेको थिए । उनको साथमा कम्पनीको १५ हजार सेयर थियो । जसको मूल्य करिब १ करोड डलर थियो । उनी यो पनि सम्झन्छन्, त्यतिबेला लगानीकर्ताले राम्रै उतारचढाव भोगेका थिए ।

सञ्चार माध्यमहरुले पनि एलन मस्क तथा टेस्लामाथि हमला गरिरहेका थिए । त्यसबाट एकदमै मुस्किल अवस्थाको सामाना गर्नुपरको थियो । सेयरको मूल्यमा गिरावट आएको थियो । मलाई यो पनि थाहा थियो कि एकदिन उनीहरुलाई राम्रै जवाफ मिल्नेवाला नै छ ।

जैसन डि बोल्ट पनि टेस्लाको सेयरधनी समूहको सदस्य हुन् । फेसबुक समूहको माध्यमबाट उनी दोस्रो लगानीकर्ताको रुपमा न्यूयोर्कमा रहेको स्टाट टिसडेलले २०१४ मा मोडल एस देखे पछि टेस्लामा लगानी गरेका थिए ।

उनको साथमा ४ हजार सेयर रहेको थियो । जसको मूल्य आजको दिनमा करिब २८ लाख डलर बराबर हो । उनी भन्छन् ‘ मैले यसमा लगानी गर्न बन्द गरेको छैन । किनकी, यसको कामयाबीको कहानी त अब शुरु हुनेवाला छ ।

विशेषज्ञका अनुसार सन् २०२१ म सायद टेस्लाको सेयरमा पुनः ७०० प्रतिशतको बढोेत्तरी हुनेवाला छ । सेयरधनीले उक्त समयमा समेत आफूलाई करोडपति बनाउन पाउँछन् वा पाउँदैनन त भन्ने विषय पनि रहन सक्छ ।

एप्पल आफनो चिनियाँ प्रतिद्धन्द्धीको साथमा मिलेर विद्युतीय कारण निर्माणको योजना पुनः शुरु गर्ने तयारी गरेको छ । ओआनडाका मोयाका अनुसार टेस्लाको सामु सबैभन्दा ठूलो चुनौती रहेको छ । त्यसका लागि यसले सबैभन्दा ठूलो जोखिम पनि लिन सक्छ ।

विशेषज्ञले एकल कम्पनीमा लगानी गर्नेलाई लिएर चेतावनी दिँदै भनेका छन् आफनो लगानी धेरै भन्दा धेरै कम्पनीमा लगानी होस् भन्ने विषयलाई पनि ध्यान दिन भनेका छन् । बीबीसी हिन्दीबाट


पुष्प दुलाल