सेयर लगानीकर्तामैत्री बने अर्थमन्त्री बिष्णु पौडेल, २ पटक घटाए ब्रोकर कमिशन



काठमाडौं ।  काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेल दोस्रो पटक साढे ४ वर्ष पछि ब्रोकर कमिशन घटाएका छन् । यसअघि पनि मन्त्री पौडेल मन्त्री हुँदा २०७३ साल साउन ५ गते ब्रोकर कमिशन घटाउन अर्थ मन्त्रालय मार्फत धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए । त्यसलगत्तै बोर्डले ब्रोकर कमिशन घटाएको थियो ।

तत्कालिन समयमा ब्रोकर कमिशन घटेको एक साता नबित्दै नेप्से इन्डेक्स बढेर १८८१.४५ बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । अहिले पनि मन्त्री पौडेलको कार्यकालमा नै ब्रोकर कमिशन यसअघिको भन्दा ३३ प्रतिशतले घटेको छ ।

अर्थमन्त्रीले अहिले मन्त्रालयमा आएपछि सेयर बजारको विषयमा कुनै अभिव्यक्ती नदिएपछि उनलाई बजारले निकै रुचाएको रुपमा हेरिएको छ । उनले यसअघि पनि मन्त्री हुँदा ब्रोकर कमिशन घटाएको र अहिलेसम्म नघटेको कमिशन घटाउन दबाब परिरहेको थियो । त्यसैले उनी आएपछि भने लगानीकर्ता ब्रोकर कमिशन घट्नेमा आशावादी समेत रहेका थिए । जसको परिणाम स्वरुप शुक्रबार कमिशन घटेको पनि छ ।

यसले गर्दा बुलिस टे«न्डमा रहेको बजारलाई अझै उकालो लाग्न सहयोग पुग्ने बताइन थालेको छ । कोरोनाको समयमा भएको लकडाउनपछि सेयर कारोबार अनलाइन भएको छ । अनलाइन कारोबारहुँदा ब्रोकरको ब्रोकरको लागत कम पर्ने भन्दै कमिशन घटाउन लगानीकर्ताले दबाब दिँदै आएका थिए । पछिल्लो समयमा दैनिक झण्डै १० अर्ब हाराहारीमा सेयर कारोबार भएको छ । अहिले कारोबार रकम निकै नै बढेको भन्दै कमिशन घटाउन मन्त्रालयका साथै नियामक निकायलाई दबाब परिरहेको थियो ।

२०७३ सालभन्दा अगाडि सेयर लगानीकर्ताले ०.७ देखि १ प्रतिशतसम्म ब्रोकर कमिशन तिर्दे आएका थिए । त्यो बेला ५० हजारसम्मको कारोबार गर्दा १, ५० हजार देखि ५ लाखसम्म ०.९, ५ लाखदेखि २० लाखसम्मको लागि १० लाख सम्मको लागि ०.८ र त्यो भन्दा माथी २० लाखसम्म ०.७, २० लाखदेखि १ करोडसम्म ०.७ र १ रुपैयाँभन्दामाथीको कारोबारमा ०.४ प्रतिशत कमिशन तिर्दै आएका थिए ।

२०७३ साउनमा उक्त दर घटेर ५० हजारसम्मको कारोबार गर्दा ०.६, ५० हजार देखि ५ लाखसम्म ०.५५, ५ लाखदेखि २० लाखसम्म ०.५, २० लाख देखि १ करोडसम्म ०.४५ र १ करोड रुपैयाँभन्दामाथीको कारोबारमा ०.४ प्रतिशत तिर्दै आएका छन् ।

अब आइतबारदेखि लागु भएको नयाँ दर अनुसार ब्रोकर कमिशन लाग्ने भएको छ । बोर्डले कात्तिकमा नै ब्रोकर कमिशन घटाउने भनेपनि अझै आलटाल गरेर बसेको थियो । केही समय अघि अर्थ मन्त्री पौडेलले मन्त्रालयमा नै बोलाएर ब्रोकर कमिशन घटाउन निर्देशन दिएपछि बोर्डले शुक्रबार नयाँ कसिमशन दर सार्वजनिक गरेको छ ।

जसमा ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.४० प्रतिशत, ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोवारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोवारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोवारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोवारमा पनि ०.२७ प्रतिशत ब्रोकर कमिशन लाग्ने भएको छ ।

यो पटक बोर्डले ब्रोकर कमिशन घटाएपनि आफूले लिने ०.०१५ प्रतिशत र नेप्से, सिडिएससीले लिने कमिशनमा कुनै हेरफेर गरेको छैन ।


क्लिकमान्डु