व्यवसाय विस्तारमा आक्रमक जीवन बीमा कम्पनी, ४९ अर्ब २९ करोड बीमा शुल्क आर्जन



काठमाडौं । सञ्चलनमा रहेका १९ वटा जीवन बीमा कम्पनीको व्यवसाय विस्तार क्रमिकरुपमा बढ्न थालेको छ । कोरोनाका कारण व्यवसाय विस्थतारमा केही कमी आएपनि अहिले भने निकै सुधार देखिएको तथ्याङकले देखाएको छ ।

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा जीवन बीमा कम्पनीले ४९ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत महिनाको तुलनामा १० अर्ब ७ करोड रुपैयाँले बढी हो ।

कात्तिक महिनामा सञ्चालमा रहेका जीवन बीमा कम्पनीहरुले ३९ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । कोरोनापछि जीवन बीमा व्यवसाय फस्टाउँदै जाँदा कम्पनीहरुले आर्जन गर्ने बीमा शुल्क पनि क्रमिक रुपमा बढी रहेको छ ।

असोजमा ३२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीले कात्तिकमा ३९ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् भने अहिले यो रकम बढेर ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

पाँच महिनाको अवधिमा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन १४ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै नवीकरणतर्फ ३४ अर्ब ३७ करोड रुपैयाँ छ । यता वैदेशक रोजगारीतर्फ ७ करोड रुपैयाँ मात्रै रहेको छ ।

बीमा समितिका अनुसार मंसिर मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफले १४ अर्ब १२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जसमा प्रथम बीमा शुल्क ३ अर्ब ६२ करोड रुपैयाँ छ भने नवीकरण बीमा शुल्क १० अर्ब ४९ करोड, वैदेशिक रोजगार बीमा शुल्क १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन छ । कर्पाेरेशनले ७ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने नवीकरणतर्फ ५ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले कात्तिक महिनासम्ममा ५ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । ४४ अर्ब प्रथमबीमा शुल्क आर्जन गर्दा ५ अर्ब ९ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको देखाएको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा १ अर्ब ४२ करोड रुपैयाँ प्रथम बीम शुल्क र ३ अर्ब ३ करोड रुपैयाँ नवीकरण बीमाशुल्क तथा १ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको छ ।

मेट लाइफले २ अर्ब १ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ५१ करोड र नवीकरण बीमाशुल्क १ अर्ब ५० करोड रुपैयाँ रहेको बीमा समितिले जनाएको छ ।

यस्तै एसियन लाइफले मंसिर मसान्तसम्म २ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क ७४ करोड र नवीकरण बीमा शुल्क १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

सूर्य लाइफले १ अर्ब ५५ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ६१ करोड र नवीकरण बीमा शूल्क ९४ करोड रुपैयाँ रहेको छ ।

यता गुँरास लाइफ इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शूल्क ४४ करोड र नवीकरण शूल्क ९६ करोड रुपैयाँ रहेको छ ।

प्राइम लाइफले १ अर्ब ६६ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ५७ करोड र नवीकरण बीमा शुल्क १ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिका अनुसार मंसिर मिहनासम्ममा आईएमई लाइफ इस्योरेन्सले ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क ४४ करोड रुपैयाँ रहेको छ भने नवीकरण बीमा शुल्क पनि ४४ करोड रुपैयाँ नै रहेको छ ।

यता यूनियन लाइफले २ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा १ अर्ब २६ करोड प्रथम बीमा शुल्क र १ अर्ब २१ करोड रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेको छ ।

ज्योति लाइफले मंसिर समान्तसम्ममा ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ५४ करोड र नवीकरण बीमा शुल्क ३९ करोड रुपैयाँ आर्जन गरेको छ ।

सन नेपाल लाइफ ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ३४ करोड, नवीकरण बीमा शुल्क ३५ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क ४ करोड रुपैयाँ आर्जन गरेको छ ।

रिलायन्स लाइफले ६१ करोड बीमा शल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ३२ करोड रुपैयाँ र नवीकरण बीमा शुल्क २९ करोड रुपैयाँ रहेको छ ।

यो पाँच महिनाको अवधिमा ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको रिलायबल नेपाल लाइफले प्रथम बीमा शुल्क ६९ करोड र नवीकरण बीमा शुल्क २९ करोड रुपैयाँ संकलन गरेको छ ।

बीमा समितिका अनुसार सिटिजन लाइफले १ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ५३ करोड प्रथम बीमा शुल्क र ५४ करोड नवीकरण बीमा शुल्क आर्जन गरेको छ भने वैदेशिक रोजगार बीमा शुल्क १ करोड रुपैयाँ आर्जन गरेको छ ।

यता सानिमा लाइफले मंसिर महिनासम्ममा ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ४२ करोड प्रथम बीमा शुल्क र २५ करोड नवीकरण बीमशुल्क आर्जन गरेको छ भने प्रभु लाइफ इन्स्योरेन्सले ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क २५ करोड र नवीकरण १९ करोड रहेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क २५ करोड नवीकरण बीमा शुल्क १० करोड रुपैयाँ आर्जन गरेको बीमा समितिले जनाएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाको असर नेपालमा पनि परेको छ । कोरोनाले गर्दा सिथिल बनेको बीमा व्यवसाय अब भने लयमा फर्कन थालेको छ । पहिला नवीकरण बीमा शुल्क बढी आर्जन गरेका कम्पनीहरुले अहिले नयाँ नयाँ पोलिसी पनि धेरै नै बेच्न थालेका छन् । अघिल्ला महिनाको तुलनामा यो मंसिरमा नयाँ पोलिसी बढी जारी भएर प्रथम बीमा शुल्क आर्जन पनि बढी नै रहेको छ ।


क्लिकमान्डु