टाटाले एयर इन्डिया किनेपछि ‘ज्वाइन्ट भेञ्चर’ चलिरहेका कम्पनीको अवस्था के होला ?



एजेन्सी । भारतीय व्यवसायिक घराना टाटा ग्रुपले सरकारी स्वामित्वमा रहेको हवाई कम्पनी एयर इन्डिया खरिद गर्नका लागि बोलकबोल गरेपछि एयर इन्डिया संस्थापक मालिकसँगै फर्कने निश्चित भएको छ ।

किनभने एयर इन्डियाको शुरुवात टाटा समूहले नै गरेको थियो । जसलाई पछि भारत सरकारले लिएको थियो । तर व्यवहारिकरुपमा हेर्दा के यो रणनीतिले भारतीय एयरलाइन्स क्षेत्रमा दिगोपना ल्याउँछ त भन्ने प्रश्न उठाउनु जरुरी भएको छ ।

टाटा एयरलाइन्स सन् १९३२ मा भारतको पहिलो विमानका रुपमा शुरुवात भएको थियो । दोस्रो विश्वयुद्धपछि यो पब्लिक लिमिटेड कम्पनी भयो । र, सबैभन्दा महत्वपूर्ण विषय यो एयरलाइन्स सन् २०००-२००१ सम्ममा नाफामूखी कम्पनी थियो ।

तर नोभेम्बर ११ पछि भने एयरलाइन्स घाटामा जान शुरु गरेको थियो । तत्कालिन समयमा आन्तरिक उडान गरिरहेको इन्डियन एयरलाइन्ससँग सन् २००७ मा मर्ज हुन नसकेपछि घाटा चुलिन शुरु भएको थियो ।

टाटाले यसअघि नै एयरलाइन्स क्षेत्रमा लगानी गरिसकेको छ । हाल टाटा ग्रुपको २ वटा एयरलाइन्समा ५१ प्रतिशत लगानी छ । टाटा समूहले एयर एसिया इन्डिया, मलेसियन एयरलाइन्स एयर एसियासँगको सहकार्यमा लो कस्ट रणनीति अनुसार कम्पनी सञ्चालन गरिरहेको छ भने अर्को एयरलाइन्स भिस्तारामा पनि लगानी गरेको छ । भिस्तारा सिंगापुर एयरलाइन्ससँगको सहकार्यमा सञ्चालन भइरहेको विमान कम्पनी हो ।

यी दुबै कम्पनीहरु अहिले नाफामा छैनन् । तर पछिल्लो समयमा एयर एसिया नगद प्रवाहमा समस्या आएपछि अर्को कुनै भेञ्चरमा लगानी गर्ने बारेमा पनि योजना बनाइरहेको समाचार आएका छन् ।

एयर एसिया इन्डियाले अहिले इन्डिगो, स्पाइसजेट, गो एयर, भिस्तारासँग प्रतिष्पर्धा गरिरहनु परेको छ । जहाँ सिंगापुर एयरलाइन्सको लगानी अन्य कम्पनीमा भ्रमित पार्ने खालको छ ।

टाटा समूह यी एयरलाइन्सको प्रयोगमार्फत् अन्य स्रोतबाट प्राप्त हुने आम्दानीबाट सन्तुष्ट भएको देखिन्छ । जसमा टाटा ब्राण्डबाट बिक्री हुने बोतलको पानी, ब्राण्डेड चिया, क्याटरिङ सेवाबाट भने कम्पनीले राम्रो आम्दानी भने गरिरहेको छ ।

तर सिंगापुर एयरलाइन्स र एयर एसियाका लागि एकतर्फीरुपमा मात्रै फाइदा लिएको विषय मात्रै होइन । यो त ती कम्पनीहरुबीच भएको ज्वाइन्ट भेञ्चरसँगको विषय पनि हो ।

तर अहिले भेञ्चरका लागि सबैको माग पूरा गर्नका लागि नगदको आवश्यकता अझ बढेर गएको छ ।

यो विषय अहिलेको विषय के हो भने के अझै पनि एयर एसिया र सिंगापुर एयरलाइन्सले भारतीय एयरलाइन्स कम्पनीहरुमा लगानी जारी नै राख्लान त ? जबकी यी दुबै कम्पनीको लगानी भएको एयर एसियाको बजार हिस्सा ७.१ प्रतिशत र भिस्तारा एयरलाइन्सको बजार हिस्सा ६.२ प्रतिशत मात्रै छ ।

भारतमा एयरलाइन्स कम्पनीहरु बिक्री तथा लिजब्याज फाइनान्सिङ बजारमा महत्वपूर्ण खेलाडी भइसकेका छन् । यो अत्यधिक प्रतिष्पर्धी भारतीय एयरलाइन्स बजारमा नगद प्रवाहका लागि यो राम्रो क्षेत्र बन्दै गएको छ ।

एयर इन्डिया अन्य भारतीय एयरलाइन्सको तुलनामा सबैभन्दा धेरै अन्तराष्ट्रिय गन्तव्य भएको विमान कम्पनी हो । तर यो कुनै पनि गन्तव्यमा पहिलो नम्बरमा भने छैन । जबकी अमेरिकाको बजारमा समेत एयर इन्डियाको नन-स्टप फ्लाइटहरु छन् । जुन अन्य कुनै पनि विमान कम्पनीको तुलामा बढी हो ।

तर निकट भविष्यमै यो युनाइटेड एयरलाइन्सको तुलनामा कम हुन सक्ने देखिएको छ । युनाइटेड एयरलाइन्सले निकट भविष्यमै अमेरिकामा दैनिक २ वटा ननस्टप उडान शुरु गर्ने योजना बनाइसकेको छ ।

तर टाटा समूहले एयर इन्डिया खरिद गर्नका लागि लगाएको बोलीमा अझै कैयन समस्याहरु आउन बाँकी नै छन् । जसमा विभिन्न कम्पनीहरुसँगको सम्बन्ध र कानूनी सम्झौताका कारण ज्वाइन्ट भेञ्चर पार्टनर भएका कम्पनीहरुसँग पनि समस्या निस्कन सक्छ । त्यसकारण टाटा समूहले तीनवटै एयरलाइन्सलाई चलाउनका लागि नयाँ छुट्टै रणनीति आवश्यक हुनेछ ।

एयर इन्डियालाई सन् २०१७ मा कम्पनीलाई निजीकरण गर्ने प्रयास असफल भएपछि बिडिङ पनि धेरै पटक परिवर्तन भइसकेको छ । अहिले बिडिङ इन्टरप्राइजेज भ्यालु १५ प्रतिशतका रुपमा सम्पत्ति र बाँकी ऋणका आधारमा गरिएको छ ।

अब ज्वाइन्ट भेञ्चरमा काम गर्दा आउने समस्याले भोलिका दिनमा एयर इन्डियालाई टाटाले खरिद गरेपछि के होला भन्नेमा धेरैको मनमा प्रश्न उठेको छ । के यसले भारतीय एयरलाइन्स क्षेत्रलाई दिगो बनाउन सहयोगी होला त ? (फोर्ब्सको सहयोगमा)


पुष्प दुलाल