प्रतियुनिट २.७३ भारुमा बिजुली पाएपछि भारतमा खपत बढ्यो, नेपालमा भने जान्छ खेर



काठमाडौं । नेपालमा बिजुली खपत बढन नसक्दा सरकार र नेपाल विद्युत् प्राधिकरणको टाउको दुख्न थालेको छ । कात्तिक मसान्तसम्म पनि प्राधिकरणले आफना प्लान्ट बन्द गरेर निजी क्षेत्रको विजुली खरिद गर्नु परेको थियो । पछिल्ला दिनमा सरकारले बिजुली खपत बढाउने तर्फ कुनै पनि पहल गरेको छैन ।

नेपालमा बढी भएको बिजुली भारत पठाउने विषयमा नेपाल र भारतका ऊर्जा सचिवको बैठक आयोजना गरिएको छ । सो बैठकमा नेपालका तर्फबाट बढी भएको बिजुली भारत पठाउन अपनाइने संयन्त्रका बारेमा छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ ।

नेपालको प्रस्ताव अनुसार नै उक्त बैठक आयोजना गरिएको बताइन्छ । माथिल्लो तामाकोशी लगायतका आयोजनाबटा बिजुली थपिदा नेपालमा खेर जाने विद्युत्को मात्रा अझै बढी हुने बताइन्छ ।

देशभित्र विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने बताइएको भएपनि काम अगाडि बढ्न सकेको छैन । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले अत्याधिक कर लगाइदिएका कारण विद्युतीय सवारीको प्रयोग गर्ने सोच बनाएकाहरु समेत नराम्ररी हच्किए ।

पछिल्लो पटक उक्त करका विषयमा केही सम्बोधन भएको भएपनि पूर्ण रुपमा व्यवसायी अझै विश्वस्त हुन सकेका छैनन । प्रसारण प्रणाली तथा वितरण प्रणाली चूस्त बन्न नसक्दा घर घरमा बिजुलीको चुल्हो प्रयोग गर्ने विषय समेत आझेलमा परेको छ ।

गत लक्षमीपूजाको दिनको आधारमा उच्च माग हेर्ने हो भने पनि नेपालमा बिजुली खपत बढ्न नसेकेको देखिन्छ । त्यसदिन झण्डै १ हजार २०० मेगावाटको हाराहारीमा मात्रै उच्च माग देखिएको थियो । कोरोनाका कारण हालसम्म पनि उद्योग धन्दा राम्ररी चल्न सकेका छैनन् ।

प्राधिरकणका तर्फबाट पनि कुनै प्रयास अगाडि बढाइएको छैन । यो विषय नेपालको भयो । तर भारतमा भने विजुलीको खपत उल्लेख्य मात्रामा बढ्दै गएको छ । कोरोनाका कारण उद्योग धन्दा समेत बन्द हुँदा बिजुली खपतमा देखिएको गिरावट क्रमशः बढेको छ । नोभेम्बरमा विजुली खपत ६१ प्रतिशतले वृद्धि भएर ६ हजार १६४ एमयू पुगेको छ । यस्तै डे अहेड भोल्यूम समेत ४३ प्रतिशतले बढेको छ ।

भारतभर प्रत्येक वर्ष पिक डिमाण्ड ३.२ प्रतिशतले वृद्धि भएको छ । यस्तै बिजुली पखत समेत ३.१५ प्रतिशतले वृद्धि भएको छ । भारतको केन्द्रीय भार प्रेषण केन्द्रको तथ्यांक अनुसार भारतमा हरेक वर्ष बिजुली खपतमा उल्लेख्य सुधार आएको छ । वितरण कम्पनीलाई प्रतिस्पर्धी बनाइएका कारण हरेक वर्ष ४३ प्रतिशतले विजुली खपत बढेर ४ हजार ८६० मिलियन यूनिटमा पुगेको छ ।

यस्तै भारतमा प्रतियुनिट बिजुलीको मूल्य २ रुपैयाँ ७३ पैसा रहेको छ । गत वर्ष प्रति युनिट २ रुपैयाँ ८५ पैसा रहेको थियो । बिजुलीको मूल्य कम हुँदा त्यसबाट उदोग व्यवसायलाई राहत महसुस हुन जान्छ । टर्म अहेड सेगमेन्टमा पछिल्लो महिना मात्रै २४५ एमयू व्यापार भएको थियो । रियल टाइममा भने उक्त भोल्यूम ८९४ एमयू रहेको छ । जुन २०२० को जुन १ को तुलनामा १० प्रतिशत बढी हो ।

प्रतिस्पर्धी बजारका कारण भारतमा सुफथ मूल्यमा बिजुली पाउन थालिएको छ । नेपालमा भने घरायसी ग्राहकले समेत बढी शुल्क तिर्नु परेको छ । यस्तै भााडा बस्दै आएकाले भनेप प्रतियूनिट १५ रुपैयाँसम्म तिर्नु परेको छ ।

एक घण्टामा नै बिजुली पाइन्छ भारतमा । के कति मात्रामा बिजुली चाहिएको हो, त्यसको जानकारी दिएर कति समयका लागि चाहिने हो त्यो समेत तोकेर खरिद गर्न पाइन्छ । विजुली एक्सचेञ्ज गर्ने निकायले गत महिना ३१८ प्रतिस्पर्धीले खरिद वा बिक्री दुवै गरेका थिए ।

यस्तै नोभेम्बरमा १६८ ले सोही तरिका अपनाएका थिए । त्यसबाट के कति समय विजुली खरिद वा बिक्री गर्ने भन्ने बारेमा निर्णय गर्नेछन् । त्यस्ता कम्पनीले आफना ग्राहकलाई केवल एक घण्टामा नै बिजुली उपलब्ध गराउँछन् ।


पुष्प दुलाल