२५ खर्ब नाघ्यो बजार पुँजिकरण, पहिलो स्थानमा नेपाल टेलिकम



काठमाडौं । सेयर बजारमा बजार पुँजिकरण २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख रुपैयाँ पुगेको छ । बजार पुँजिकरण २५ खर्ब रुपैयाँ पुग्दा मुख्य १० कम्पनीको पहिलो स्थानमा नेपाल दुरसञ्चार कम्पनी छ ।

लामो समयदेखि नेपाल दुरसञ्चार कम्पनीलाई कुनै पनि बजार पुँजिकरणमा अन्य कम्पनीले उछिन्न सकेका छैनन् ।

बजार पुँजिकरणमा ६ वटा बैंक छन् । ती बैंकहरुमा नबिल बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंक छ । बजार पुँजिकरणको दोस्रो नम्बरमा पुनर्बीमा कम्पनी छ ।

बजार पुँजिकरण हुने १० वटा कम्पनीको १०औं नम्बरमा एभरेष्ट बैंक छ ।

एक नम्बरमा रहेको नेपाल दुरसञ्चार कम्पनीको बजार पुँजिकरण १ खर्ब ६३ अर्ब ३५ करोड रुपैयाँ छ । दोस्रो नम्बरमा पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको बजार पुँजिकरण १ खर्ब ३३ अर्ब ०० करोड रुपैयाँ रहेको छ ।

बजार पुँजिकरणको तेस्रो स्थानमा नबिल बैंक छ । नबिल बैंकको बजार पुँजिकरण १ खर्ब १३ अर्ब ९६ करोड ४७ लाख रुपैयाँ छ ।

यो साता बजार पुँजिकरण खर्ब रुपैयाँभन्दा बढी हुनेमा नेपाल दुरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र नबिल बैंक छन् । बाँकी कम्पनीको बजार पुँजिकरण खर्ब रुपैयाँभन्दा कम रहेको छ ।

बजार पुँजिकरणमा नबिल बैंकपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीको बजार पुँजिकरण यो साताको अन्तिम दिन ९१ अर्ब ५१ करोड १० लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफपछि नागरिक लगानी कोष रहेको छ । कोषको बजार पुँजिकरण ७७ अर्ब ७७ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

यता एनआईसी एशिया बैंकको बजार पुँजिकरण ७२ अर्ब १५ करोड ९३ लाख, एनएमबी बैंकको बजार पुँजिकरण ६४ अर्ब १४ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको बजार पुँजिकरण ६२ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

यस्तै ग्लोबल आईएमई बैंकको बजार पुँजिकरण ६० अर्ब ३४ करोड ३३ लाख र एभरेष्ट बैैंकको बजार पुँजिकरण ५९ अर्ब २० करोड ६७ लाख रुपैयाँ छ ।


क्लिकमान्डु