डिजिटल प्लेटफर्मबाट ४० करोड कमाउँछन् , १२ वर्षमा डेढ सय लिएर घर छाडेका यी युवा

क्लिकमान्डु २०७७ कार्तिक २० गते १६:४० मा प्रकाशित

सकारात्मक सोच राख्नुस । कामलाई पूजा गर्नुस् । कुरा काटनेलाई काटन दिनुस ,तर आफनो लक्ष्यलाई कहिल्यै नछाडनुस । यति मात्रै गर्न सकियो भने जीवनमा राम्रै सफलता हासिल गर्न सकिन्छ । सफलताका लागि इमान्दार प्रयास र काममा लगनशिलता भने आवश्यक पर्दछ । मानिसहरु जो सफल भएका छन्, उनीहरु आफनै मेहनतले सफल भएका छन् । भाग्यलाई होइन कर्ममा विश्वास गर्नुस ।

यस्तै भएको छ, भारतका एक युवालाई । यो नेपालका युवालाई समेत काम लाग्ने सफलताको कथा हुनसक्छ । किनकी दुःखले नै सुख ल्याउँछ । अभावले नै सबै कुरा प्राप्त गर्ने स्थानमा लैजान्छ ।

आज तपाईसँग केही छैन भनेर चिन्ता नलिनुस । कुनै विषयले तपाईलाई पीडा दिएको छ भने त्यसलाई आफू भित्रै दबाउनुस, नयाँ साहस र उतसाह लिएर अगाडि बढ्नुस । त्यसले तपाईलाई जीवनभर एक सफल व्यक्तिको रुपमा स्थापित गर्नेछ र तपाई धेरैका लागि उदाहरणीय बन्न सक्नुहुन्छ ।

१२ वर्षको उमेरमा घरबाट १५० भारतीय रुपैयाँ लिएर भागेर हिडेका एक युवाले अहिले ४० करोड भारतीय रुपैयाँ कमाई हुने कम्पनी खडा गरेका छन् । विगतमा दुःख र पीडालाई उनले इतिहासको गर्तमा धकेलिदिएका छन् ।

राजस्थानका दुर्गाराम चौधरी १२ वर्षको उमेरमा घरबाट १५० भारतीय रुपैयाँ लिएर घर छाडेका थिए । उनले मन्दिरमा चढाइएका प्रसाद खाएर पेट भरे । शहरमा आयोजना गरिने विवाहको पार्टीमा वेटरको काम गरे । तर, आज उनको आफनो कम्पनीमा थप ६५ जनालाई रोजगारी दिएका छन् ।

घरबाट हिड्दा उनले कोही कसैलाई केही बताएका थिएनन् । उनी रेलमा बसे । तर कहाँ जाने, के गर्ने र कहाँ रहने उनलाई केही पनि थाहा थिएन । केवल मनमा यही कुरा थियो, मैले केही गर्नुपर्छ, म केही गर्न सक्छु । उनको गोजीमा केवल १५० रुपैयाँ मात्रै थियो । आज उनी दुई वटा कम्पनीको मालिक भएका छन् । उनको कूल टर्नओभर मात्रै ४० करोड भारतीय रुपैयाँ बराबरको रहेको छ । उनले बताए अनुसार शुन्यबाट शुरु गरेर ४० करोड बराबरको टर्नओभर सम्म पुग्ने कुरा साच्चै सहज थिएन ।

उनका माता पीता गाँउमा नै खेती किसानी गर्थे । उनले सानेमा सोचे जिन्दगीमा केही त गर्नैपर्छ । राजस्थानका अधिकाशं मानिस व्यापार तथा व्यवसायका लागि दक्षिण भारत जाने गर्दथे । उनीहरुलाई देखेर एक दिन घरमा कोही कसैलाई केही पनि नभनी अहमदावाद जाने रेलमा चढे ।

गोजीमा केवल १५० रुपैयाँ मात्रै थियो । रेलमा रहेका केही मानिस मुम्बइृ जाने कुरा गर्दथे । उनीहरुको कुरा सुनेर म पनि त्यतै जाने सोच बनाए । ४० रुपैयाँ रेल भाडामा नै सकियो । जब म मुम्बई पुगे, गोजीमा मात्रै ११० रुपैयाँ बाँकी थियो । शुरुवाती चरणमा ६–७ महिना म फुटपाथ नै बसे । स्थानीय सिप टैंकमा एक मन्दिर थियो, जुन यद्यपी पनि छ ।

सोही मन्दिरमा बसेर पूजा गर्न आएका मानिसले चढाएका प्रसाद खाएर पेट भरे । मन्दिरको नजिकै आर्य समाजको एक हल थियो । जहाँ विवाहबारी हुन्थ्यो । त्यहाँ मैले पनि वेटरको काम गरे । एउटा विवाहमा काम गर्दा १५ रुपैयाँ मिल्थ्यो । कयौं दिन यही सिलसिला जारी रहयो ।

आर्य समाजको हलको नजिकै एउटा पसल थियो । उनले मेरो सानो उमेर देखेर मलाई एक घरमा घरेलु कामदारको काम मिलाइदिए । अढाई वर्ष मैले त्यहाँ काम गरे । खाना बनाउने, घर हेरेर बस्ने काम सिके । फेरी त्यही नै मैले एक डाक्टरको घरमा पनि त्यही काम गर्न थाले ।

मनमा सधै यस्तै चलीरहन्थ्यो, घरमाबाट भागेर आएको छु । सबैले थाहा पाए भने के होला अर्काको घरमा खाना पकाउने, भाडा माझने काम गरेर बसेको छ । कोही कसैले पनि इज्जत गर्दैनन् । मैले खाना बनाउन छाडेर एक विजुलीको पसलमा काम गर्न थाले । मेरो ध्येय थियो, केही काम सिक्नुपर्छ । तर, दुई महिना पछि त्यो पसल बन्द भयो ।

जुन भवनमा पसल थियो, त्यही सोही समय विनस कम्पनीका मालिक गणेश जैन बस्दथे । उनको श्रीमतीसँग सामान्य चिनजानी भएको थियो । उनले मलाई घरमा काम गर्न राखिन । फेरी मैले त्यहाँ खाना बनाउन लागे । एक दिन मैले भने कि सर, मलाई खाना बनाउने काम गर्न मन लाग्दैन ।

म केही सिक्न चाहन्छु । उनले मलाई आफनो कम्पनीमा क्यासकेट प्याक गर्ने काम दिए । उनले भने मलाई खाना पनि बनाउनुपर्छ र यो कम्पनीमा पनि काम सिके हुन्छ । डेढ वर्ष मैले त्यहाँ काम गरे । केही पैसा जम्मा भयो । त्यसपछि मलाई नयाँ काम गर्ने ध्येयका साथ १९९६ मा मैले त्यो काम छाडिदिए ।

उनका अनुसार विनसमा काम गर्ने एक महिला पनि टि सिरिज कम्पनीमा काम गर्न थालेकी थिइन । उनको सहयोगमा मैले पनि सोही कम्पनीमा काम गर्न थाले । त्यहाँ मैले क्यासकेटको बजारको अवस्थाका बारेमा थाहा पाए ।

काम कस्तो हुन्छ, त्यो पनि मैले देखेर थाहा पाए । जागिर गरिरहेको समयमा मलाई मनमा यो कुरा आयो कि म आफै बजारबाट क्यासकेट खरिद गरेर बाहिर बिक्री गर्न सक्छु । नोकरीको समय भन्दा पछि मैले क्यासकेट बिक्री गर्न थाले ।

हरेक दिन बजार जान्थे । १०– १२ वटा क्यासकेट खरिद गर्थे । यो सँगै मेरो जागिर पनि चलीरहेको थियो । एउटा क्यासकेट बिक्री गर्दा १० देखि १५ रुपैयाँ कमिसन प्राप्त हुन्थ्यो ।

त्यसबाट हरेक दिन १५० देखि २०० रुपैयाँ तलबका अलावा कमाइ हुन थाल्यो । केही महिना पछि मैले एउटा पसल भाडमा लिए । फेरी त्यहाँ पनि सोही व्यापार गर्न थाले ।

घरबाट हिडेको ९ वर्षपछि २००० सालमा घरमा फोन गरे । भने– म मुम्बईमा छु र जागिर पनि गरिरहेको छु । सन् २००२ मा मैले टि सिरजि छाडिदिए । सो समयमा रिलायन्स कम्युनिकेशन शुरु हु लागेको थियो । उसलाई यस्तो मानिस चाहिएको थियो, जसलाई उद्योगको बारेमा पनि जानकारी भएको होस् वा उत्पादकको साथमा रहेर सहयोग समेत गर्न सकोस ।

टि सिरजमा काम गर्दा गर्दै मैले कयौं निर्माता, कलाकारसँग सम्बन्ध बनाएको थिए । सोही कारण मैले रिलायन्समा काम पाए । रिलायन्सको जागिरमा साथ साथै सन् २००४ सम्म मेरो दोस्रो क्यासकेट पसल समेत भइसकेको थियो ।

सन् २००५ मा मोबाइल फोनमा रिंगटोन तथा कल ट्यूनको चलन आयो । एउटा गीत लाखौं संख्यामा डाउनलोड हुन्थ्यो । सबै गीत बलिउडकै हुन्थ्यो । मैले गुजराती, भोजपुरी, राजस्थानी गीतको क्यासकेट बर्षौदेखि बिक्री गरिरहेको थिए ।

बलिउडका गीत यति धेरै डाउनलोड भइरहेको छ, तर क्षेत्रीय गीत के कति मात्रामा होला ? जुन मानिससँग क्यासकेट लिन्थे, उनीहरुलाई भन्न थाले म यसलाई डिजिटलमा परिवर्तन गरिदिन्छु । कयौं दिनसम्म कुनै पनि रेस्पोन्स आएको थिएन ।

सन् २००६ मा एक गुजराती गीत आयो । उक्त गीत असाध्यै लोकप्रिय भएको थियो । म त्यसलाई तयार गर्ने कम्पनीको खोजीमा मेहसाणा पुगे । उनलाई भने कि यस गीतको प्राधिकार मलाई देऊ । म यो गीतलाई डिजिटल बनाउँछु । डिजिटल बनाएपछि फाइदा हुन्छ । फाइदा होस वा नोक्सान होस केही हुँदैन । उनी तयार भए ।

म जागिर गरिरहेको थिए, त्यसकारण मैले कुनै पनि सम्झौता गर्न सक्ने अवस्था थिएन । मैले हंगामा कम्पनीसँग  कुरा गरे । त्यहाँ मेरा केही साथी पनि थिए । त्यसपछि गुजरातका केही कम्पनीसँग सम्झौता गरे । ती व्यक्ति समेत क्षेत्रीय गीत अपलोड गर्नका लागि तयार थिएनन् ।

मेरो अनुरोध पछि उनी तयार भए । डेढ वर्षको बीचमा उक्त गीत ३ लाख ७५ पटक डाउनलोड भयो । उक्त डिलमा मैले २० लाख रुपैयाँ रोयल्टी पाए । २० लाख रुपैयाँ गुजरातको कम्पनलिाई दिलाए । ३० प्रतिशत कमिसन हंगामा कम्पनीलाई पनि मिल्यो ।

त्यसपछि हंगामा कम्पनीले मेरा सबै कन्टेट अपलोड गर्न शुरु गर्यो । केही दिन पछि मलाई उनीहरुले जागिरका लागि समेत आग्रह गरे । मैले भने कि म जागिर यस शर्तमा गर्छु कि राजस्थान, गुजरातको जुन मेरो काम हो, त्यो मेरो साथमा नै हरनेछ । र उनीहरु माने पनि । जसको गीत लोकप्रिय थिए । म नै कम्पनीसम्म पुग्थे ।

उनीहरुसँग कुरा गरेर गीतलाई डिटिजल प्लेटफर्ममा ल्याउँथे । यी सबै गरिरहेको बेला सन् २०१२ मा यूटयबको जमाना आयो । हंगामा कम्पनी यूटयबमा जान त्यत्ति धेरै उत्सकु थिएन । मैले त्यहाँको जागिर छाडिदिए र आफै कम्पनी शुरु गरे ।

फेरी शुन्यबाट नै काम शुरु गर्नुपर्यो । किनकी क्षेत्रीय कम्पनी जो मेरा पार्टर थिए, उनीहर सबै हंगामासँग काम गर्दथे । फेरी उनै कम्पनीको मालिकसँग भेटे । मैले भने कि मैले आफनै कम्पनी शुरु गरे । तपाई आफनो कन्टेट दिनुस् हामी यूटयबमा राख्छौ ।

सबैले मलाई सहयोग गरे । क्षेत्रीय सामग्रीलाई मैले सक्दो प्रयास गरेर यूटयूबमा राखे । राजस्थानका कयौ कम्पनीलाई हामीले एकत्रित गर्यौ । कोलकाता, असम, उडिसा समेत पुगे । त्यहाँका सबै क्षेत्रीय गीतलाई डिजिटल प्लेटफर्ममा राखे ।

सन् २०१७ मा एनिमेशन फर्म को समेत काम शुरु गरे । आज मेरो साथमा ६५ जनाले काम गर्छन । वार्षिक टर्नओभर मात्रै ४० करोड बढी हुने गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स