३५ अर्ब डलरको आइपीओ निलम्बनमा, चीन सरकारको छानबिनमा अर्बपति ज्याक मा



३५ अर्ब डलरको आईपीओ निलम्बन गरेपछि चीन सरकारले अर्बपति ज्याक माको एएनटी समूहको बिरूद्धमा थप कारबाही गर्ने देखिएको छ ।

यो मामलाका बारे जानकार स्रोतले एएनटी ग्रुपको व्यवसाय नै धरासायी बन्न सक्ने बताएको छ । ज्याक माको अली पे एउटा क्रेडिट प्लेटफर्म हो, जसले बैंक र वित्तीय संस्थाबाट पैसा लिएर चीनमा करोडौं उपभोक्ताहरूलाई ऋण दिएको छ ।

पश्चिमा संचारमाध्यमले स्रोतलाई उल्लेख गर्दै प्रकाशित गरेका समाचारमा चीनको बैंकिङ र बीमा नियामक आयोग (सीबीआईआरसी) ले एएनटी प्लेटफर्मको प्रयोगबाट बैंकहरूलाई निरुत्साहित गर्न खोजेको देखिएको छ । आयोगले केही बैंकहरूलाई उनीहरुको पोर्टफोलियोमा कडा नियम लागु गर्न निर्देशन दिएको छ ।

प्रस्तावित नियम अनुसार प्लेटफर्म अपरेटरहरूले कुल ऋणको ३० प्रतिशत रकम आफै जुटाउनुपर्छ । जुन अर्को स्रोतबाट ऋण लिन पाइने छैन । अहिले कम्पनीले २ प्रतिशत रकम मात्र यसरी जुटाउने गरेको छ ।

जेफरी फाइनान्सियल ग्रुप इंकका अनुसार सीबीआईआरसीले सोमबार जारी गरेको मस्यौदा नियमहरूको पालना गर्न एन्टले ९५ अर्ब युआन युआन छुट्याउनुपर्नेछ। यो अहिलेको पूँजीको २.५ गुणा हो ।

ब्लूमबर्गका अनुसार एन्टको विष्वायलाई चीनको सम्पूर्ण योजना अझै स्पष्ट छैन । नियामकको मस्यौदा पालना भएपछि बैंकहरूले कम्पनीसँगै काम गरिरहने सम्भावना छ। बैंकले एएनटी प्लेटफर्मको प्रयोग रोक्न सक्ने कुनै अनुमान गर्न सक्ने अवस्था छैन । एएनटीले बैंकसँगको साझेदारीमा उपभोक्ता र साना उद्यमीहरुलाई सेवा दिन उनीहरूलाई प्रविधिक सहयोग गर्न सक्छ ।

नयाँ घटनाक्रमसँगै अलिबाबा ग्रुप आवद्द कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ३५ अर्ब अमेरिकी डलरको आइपीओ सूचिकृत समेत अनिश्चित बनेको छ ।

यो हप्ताको सुरुमा चीनले ज्याक मालाई छलफलको लागि बोलाएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको सरकारले द्रुत रुपमा बृद्धि भइरहेको वित्तीय कम्पनीहरूलाई कडा नियम ल्याउने तयारीमा छ । धेरै वर्ष अघि यी कम्पनीहरूले पूँजी र बैंकिङका नियमहरु पालना नगरेर काम गर्ने सुविधा चीन सरकारले दिएको थियो ।

एन्टको आइपीओ सस्पेंड गरेपछि अधिकारीले नियममा परिवर्तन भएको कारण यसको अनुमति नदिएको बताएका थिए । अघिल्लो महिना एक सम्मेलनको क्रममा ज्याक माले देशको वित्तीय प्रणालीको बारेमा आलोचना गरेका थिए । उनले विश्वव्यापी नियामक मोडलमाथि प्रश्न उठाएर बैंकहरूलाई प्यान शप भनेका थिए ।

फन्डिङमा लगाउन खोजिएको रोकले एएनटी समूहलाई ठूलो झड्का लाग्ने अनुमान गरिएको छ । ऋण अहिले ग्रुपको सबैभन्दा ठूलो कारोबार हो । कम्पनीले १०० बैंकसँग १.७ लाख करोड युआन ऋण लिएर उसका उपभोक्तालाई ४२२ अर्ब युआन ऋण दिएको छ । बैंकले भन्दा बढी ब्याजदर ज्याक माको कम्पनीले लिने गरेको छ ।


क्लिकमान्डु