‘बिग बजार’का लागि दुई अर्बपति जेफ बेजोस र मुकेश अम्बानीबीच टक्कर, कस्ले मार्ला बाजी ?



विश्वका सबैभन्दा धनी व्यक्तिहरु यतिबेला एकअर्काको टक्करमा छन् । र, बीचमा छ भारतको ‘रिटेल किङ’ किशोर बियानी र उनको बिग बजार ।

बिग बजार किन पनि भने यो उनको सबैभन्दा प्रसिद्ध ब्राण्ड हो । यद्यपि सम्झौता योभन्दा ठूलो छ । र, जुन कुरा दाउमा लगाइएको छ त्यो सबैभन्दा ठूलो छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति हुन् अमेजनका मालिक जेफ बेजोस । यसपटक उनको टक्कर भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीसँग परेको छ । अम्बानी विश्वका सबैभन्दा धनीको सूचीमा चौथो स्थानमा छन् । यी दुबै जनाबीच आएको छ किशोर बियानी र उनको फ्युचर ग्रुप ।

गत आइतबार अमेजनले सिंगापुरको अन्तर्राष्ट्रिय पंचाट सिंगापुर इन्टरनेशनल अर्बिटेशन सेन्टरमा एउटा अन्तरिम आदेश जारी गर्न सफल भयो । जसकारण फ्युचर ग्रुपले आफ्नो कारोबार रियालयन्स ग्रुपलाई बिक्री गर्न नसक्ने भयो ।

यता बियानीको फ्युचर ग्रुपले आफ्नो सम्पूर्ण रिटेल तथा होलसेल कारोबार रिलायन्स समूहको कम्पनी रिलायन्स रिटेल भेञ्चर्स लिमिटेडलाई बिक्री गर्नका लागि करारमा हस्ताक्षर गरिसकेको छ । गत अगस्टमा दुबै कम्पनीले घोषणा गर्दै यसका लागि रियालयन्सले करिब ३९ हजार करोड रुपैयाँ तिर्ने बताइएको थियो ।

विश्वका सबै ठूला रिटेलरहरुको नजर फ्युचर ग्रुपमा

किशोर बियानीले उनको सबैभन्दा प्रिय ब्राण्ड बिग बजार मात्रै नभइ पूरा रिटेल तथा होलसेल कारोबार बिक्री गर्दा पनि कम्पनीको वा प्रमोटरको पूरा ऋण चुक्ता हुन सक्दैन । तर यो सम्झौता किन भन्ने प्रश्न अझै पनि छ ।

कम्पनीले पछिल्ला केही वर्षमा नयाँ कारोबार शुरु गर्नका लागि धेरै रकम खर्च गरेको थियो । यसका लागि प्रमोटर अर्थात् बियानी परिवारले आफ्नो सेयर समेत कर्जा लिनका लागि सेयर धितोमा राखेको थियो । उनीहरुले बजार छिट्टै सुध्रने र त्यसपछि कमाइ बढ्ने अपेक्षामा सबै ऋण चुक्ता गर्ने र धितो निकाल्ने योजना बनाएका थिए ।

किशोर बियानी लामो समयदेखि विश्वका कुनै ठूलो रिटेलरसँग हात मिलाउने प्रयासमा थिए । यसक्रममा वालमार्टसँग पनि लामो समयसम्म कुरा भएको थियो भने विश्वका अन्य कम्पनीसँग पनि कुरा भएको थियो । जसमा फ्रान्सको कारफुअर कम्पनीसँग त १० वर्ष अघि नै सम्झौता हुने समाचार आएको थियो ।

संक्षेपमा भन्दा विश्वका ठूलो भनिएका रिटेलर्सहरुको नजर फ्युचर ग्रुपमाथि थियो । किनभने त्यसबेलासम्म यो कम्पनी भारतमा सबैभन्दा ठूलो रिटेलर कम्पनी थियो ।

फ्युचर ग्रुपको व्यवस्थापन समूह पनि आगामी दिनमा टाटा, बिडला र रिलायन्स जस्ता कम्पनीसँग प्रतिष्पर्धामा उत्रनका लागि कुनै अन्य ठूलो रिटेलर कम्पनीको साथ चाहिन्छ भन्नेमा विश्वस्त थियो ।

तर समस्या एउटा थियो । त्यो के भने भारतमा विदेशी लगानी नीति । खासगरी रिटेल व्यापारमा विदेशी लगानीलाई लिएर सबै सरकारहरु विभिन्न कदम अपनाएको पाइन्छ ।

कुनै पनि विदेशी लगानीकर्ताहरु कम्पनीमा नियन्त्रण वा कमभन्दा कम दबाब बनाउन लायक हिस्सेदारी नमिल्दासम्म भारतीय कम्पनीमा पैसा लगानी गर्न चाहन्नन् ।

तर रिटेल कारोबारको नियम यसलाई निकै गाह्रो बनाउने वाला थियो । यद्यपि केही सर्तहरुका साथमा अब सिंगल ब्राण्ड रिटेलमा १०० प्रतिशतसम्म र मल्टी ब्राण्ड रिटेलमा ५१ प्रतिशतसम्म हिस्सेदारी विदेशी कम्पनीले लिन सकिने व्यवस्था छ । तर यो बाटो पनि त्यत्ति सहज भने छैन ।

कैयन कम्पनीहरु यही सर्तमा सहमत हुन सक्दैनन् । साथै अर्को ठूलो समस्या भनेको अनलाइन रिटेलर अर्थात् इ–कमर्श कम्पनीका लागि यो नियम पूरै फरक छ ।

कुनै इकमर्स कम्पनीले भारतीय कुनै रिटेल कम्पनीमा १० प्रतिशतभन्दा बढी हिस्सा लिन सक्दैन् । साथै सर्त अर्को पनि के छ भने दुबै कम्पनीको अनलाइन कारोबार तथा अफलाइन अर्थात् पसल, स्टोर, गोदामलगायतका आपसमा कुनै सम्बन्ध राख्न सक्दैन ।

यो नियम अचम्मको छ । किनभने एकातिर अमेजन आफै पनि भारतमा जमेर कारोबार गरिरहेको छ । साथै अर्कोतर्फ भारतबाट शुरु भएको फिल्पकार्ट अब वालमार्टको हातमा पुगिसकेको छ । तर अमेजनका लागि फ्युचर ग्रुप वा यस्तै कुनै अर्को रिटेलरको हिस्सा खरिद गर्नका लागि पनि सहज छैन ।

विश्वको सबैभन्दा ठूलो अनलाइन रिटेलर अमेजन
सायद यसकारण पनि कैयन रिटेलरहरु आफ्नो पार्टनर खोजेर बसिरहेका हुन्छन् कि जब कानूनमा केही परिवर्तन भयो भने सम्झौता अगाडि बढाउन सकियोस । यो तयारीको कारण पनि हो ।

विश्व इकोनोमिक फोरमको अनुमानमा सन् २०३० सम्ममा भारत, अमेरिका र चीनपछि विश्वको सबैभन्दा ठूलो रिटेल बजार हुनेछ ।

यो वर्ष भारतको रिटेल कारोबारको आकार ७० हजार करोड डलर छ । जुन १० वर्षमा बढेर करिब १.३ लाख डलर हुने अनुमान गरिएको छ ।

त्यसैले पनि विश्वको सबैभन्दा ठूलो अनलाइन रिटेलर अमेजन त्यस समयमा पनि सबैभन्दा ठूलो हिस्सा आफ्नो पोल्टामा पार्न चाहन्छ । यही उद्देश्यले भारत सरकारले आज नभए पनि भोलिका दिनमा विदेशी लगानीका लागि बाटो सहज बनाउने अनुमान गरिएको छ ।

यसका पछाडि एउटा महत्वपूर्ण तर्क के छ भने कारोबारीहरुदेखि अर्थशास्त्रीहरुसम्म के प्रश्न गरिरहेका छन् भने सरकार देशको पूरा रिटेल बजारलाई एउटै किन मानिरहेको छैन ? अनलाइन र अफलाइनका लागि फरक फरक कानून कसरी हुन सक्छ ?

सायद यही विषयमा अमेजनले फ्युचर ग्रुपका साथमा सम्झौता गरेको थियो । पछिल्लो वर्ष अर्थात् २०१९ को अगस्टमा अमेजनले फ्युचर ग्रुपको कम्पनी फ्युचर कुपन्स लिमिटेडमा ४९ प्रतिशत हिस्सेदारी खरिद गरेको थियो ।

यो कम्पनी गिफ्ट भाउचर, पेमेन्ट एमलगायतको कारोबार गर्दै आएको छ । अर्थात् यदी तपाई बिग बजार वा सेन्ट्रलको गिफ्ट भाउचर खरिद गरेर कसैलाई दिनु हुन्छ भने त्यो भाउचर यो कम्पनीबाट आउँछ ।

तर मुख्य कुरा के भने यो कम्पनीसँग फ्युचर लिमिटेडमा करिब १० प्रतिशत हिस्सेदारी थियो । त्यसैले एक तरिकाले अमेजनले ठान्यो कि आफूले फ्युचर रिटेलमा पनि लगानीको शुरुवात गरिसकेको छ र जब नियम परिवर्तन हुन्छ । यो व्यवस्थालाई अगाडि बढाउन सकिन्छ ।

त्यसैले करार लेख्दै गर्दा अमेजनलाई फ्युचर रिटेल लिमिटेडमा प्रमोटरको पूरै वा केही हिस्सेदारी खरिद गर्न सक्ने व्यवस्था गरिएको थियो । जसमा कल अप्सन पनि दिइएको थियो । जसमा सम्झौता भएको ३ वर्ष पूरा भएपछि १० वर्ष नसकिँदासम्म सेयरमा परिवर्तन गर्न सकिन्छ ।

जुन समयमा यो सम्झौता घोषणा भयो तब बजारमा के भान भयो भने अमेजन पछाडिको बाटोबाट फ्युचर ग्रुपको कारोबारमा हिस्सा खरिद गर्न शुरु गरिसकेको छ ।

यो करार सन् २०१९ अगस्टमा भएको थियो । फ्युचर ग्रुपको त्यो समयमा फूड हाल, फेसन एट बिग बजार जस्ता नयाँ फ्म्र्याट जम्न र आफ्नो पुरानो ब्राण्ड बिग बजारको बढाउनका लागि प्रयासरत थियो ।

अघिल्लो वर्ष ६/७ वर्षमा कम्पनीले अन्य कम्पनी तथा उनीहरुको कारोबार खरिद गर्दै कारोबार बढाउने प्रयासमा जुटिरहेको थियो ।

कोरोना महामारीका कारण भयो समस्या

यो समयमा कम्पनीले ऋण लिएर आफ्नो आवश्यकता पूरा गर्यो । यही समयमा रिलायन्स रिटेलको दबदबा बजारमा बढिरहेको थियो भने आइपीओ आएपछि डीमार्टको पनि नयाँ जोशका साथै कारोबारमा फैलिरहेको थियो ।

देशको अवस्था पनि सुधारोन्मुख हुन थालेको थियो भने यस्तोमा ऋण लिएर कारोबार बढाउनका लागि कुनै जोखिम पनि देखिएको थिएन । ऋणका लागि प्रमोटरहरुले पनि आफ्नो सेयर धितो राखेका थिए । त्यो समयमा फ्युचर रिटेलको सेयर करिब ३८० भारु थियो । तर यो वर्ष फेब्रुअरीमा अचानक सेयरमा तीव्र गिरावट आयो र सेयर मूल्य घटेर १०० भारुभन्दा तल झर्यो ।

जब सेयर मूल्य घट्न थाल्छ । तब ऋण दिने बैंकहरु मार्जिन तथा थप सेयर माग्छन् । अवस्था यस्तो भयो कि केही समयमै प्रमोटरका करिब करिब सबै सेयर बैंकमा धितोका रुपमा बसे ।

यो गिरावट अचानक कसरी आयो भन्नेमा यसको कुनै पनि तर्क छैन । तर अनुमान भने कैयन छन् । कुनै बियर कार्टेल वा अन्य कुनै गिरोह भाउ घटाएर कम्पनीलाई बाध्यकारी बनाउन चाहेको पनि अनुमान गरिएको थियो । तर यो हालसम्म पनि अनुत्तरित प्रश्न हो ।
स्रोतबाट प्राप्त जानकारीमा यसपछि सायद कारोबार सम्हाल्न सकिन्थ्यो । हरेक दिन बिक्री भइरहेकाले नगदको चक्र पनि चलिरहेको थियो । तर करिब करिब यस्तो समय आयो कि कोरोनाले त्यसमाथि अर्को पीडा थपिदियो ।

मार्चको महिनामा लकडाउन एक प्रकारले कम्पनीका लागि समस्याको पहाड बनिदियो । किनभने अब हरेक दिन स्टोरमा सामान बिक्री हुन र नगद पैसा आउन बन्द भएको थियो ।

किशोर बियानीले एक अन्तरर्वातामा भनेका छन्, देशभरमा सबै स्टोर बन्द भएका छन् भने आगामी ३÷४ महिनामा कम्पनीलाई ७ हजार करोड भारुको नोक्सानी बेहोर्ने परेको थियो । जुन क्षमताभन्दा बाहिरको विषय थियो ।

अन्ततः यसै कारणले कम्पनी बिक्री गर्ने निर्णयमा पुगेको हो । उनले भनेका छन्, अब कुनै पनि उपाय छैन । कुनै पनि विकल्प छैन ।

सिंगापुरको पंचाट कम्पनीमा वकिलले पनि यही तर्क पेश गरेका थिए । यदी यो सम्झौता नभएको भए कम्पनी टाट पल्टने अवस्थामा आएको थियो । अब प्रश्न के छ भने अमेजनले यो झगडा सिंगापुरमा किन लग्यो ? र के यो सम्झौता अब रोकिन्छ ?

यसमा पनि कुनै पक्षले पनि केही भनेका छैनन् । मात्रै औपचारिक बयान मात्रै सार्वजनिक भएको छ । आइतबार सिंगापुरबाट निर्देशन आएकै रात रिलायन्सले एक बयान जारी गर्दै आफूले सम्झौता पूरा गर्नका लागि प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

त्यसपछि फ्युचर ग्रुपले पनि बयान सार्वजनिक भयो । साथै कम्पनीले यस चुनौतीलाई दिल्लीको हाइकोर्टमा चुनौती दिन सक्ने सम्भावना देखिएको छ । तर त्यसपछि भने कुनै हलचल भने भएको छैन । कानूनका जानहरुहरु सिंगापुरबो पंचाटको फैसला भारतमा सिधा लागू हुँदैन ।

यदी विवादमा फसेका दुबै पक्षको कुरा मान्ने हो भने समस्या कतै पनि छैन । तर अब यदी फ्युचर ग्रुपको सम्झौता रोक्न तयार नभएन भने अमेजनले भारतको कुनै पनि अदालतमा गएरु सिंगापुरको फैसला देखाउनु पर्नेछ । साथै त्यसपछि प,नि अनुमोदन भयो भने फ्युचर ग्रुप तथा रिलायन्सलाई निर्देशन जारी गर्नुपर्नेछ । यदी त्यसो भएन भने सम्झौता अगाडि बढ्नेछ ।

दुबै कसरी टक्करमा आए ?

फ्युचर ग्रुप तथा रिलायन्स अब पहल गर्नुको साटै पर्खाइमा बसेका छन् कि अमेजनले अब मुद्दा दायर गर्यो भने जवाफी कारबाही गर्नेछ । यो सुनुवाई दिल्ली हाइकोर्टमा पनि हुन सक्नेछ । किनभने फ्युचर र अमेजनको सम्झौतामा विवाद दिल्लीमा सल्टाउने विषय पनि छ ।

फ्युचर ग्रुपलाई उसका २ वटा तर्कले केसलाई बलियो बनाएको छ । पहिलो अमेजनसँग भएको करारमा फ्युचर रिटेल कुनै पार्टी वा पक्ष नभएका आफ्नो कारोबार बिक्री गर्नका लागि पूरा हक छ भने दोस्रो यदी सम्झौता नभएको भए कम्पनी टाट पल्टन सक्थ्यो । यसले कम्पनी मात्रै नभइ त्यहाँ कार्यरत हजारा कम्पनी पनि समस्यामा पर्ने थिए ।

अदालतमा त जे हुनेछ त्यो अगाडि आउने नै छ । तर मुख्य कुरा मुकेश अम्बानी र जेफ बेजोस यो विषयमा किन अगाडि आए भन्ने छ । यसको उत्तर यो मामला फ्युचर ग्रुप वा कुनै एक कम्पनीको सम्झौताको होइन । दुबै जनालाई विश्वको सबैभन्दा चम्किलो बजार अर्थात बिग बजार देखिएको थियो । र, दुबै जना त्यसलाई आफ्नो पोल्टामा पार्न चाहन्थे ।
१० हजार ९०० स्टोर्स र १ लाख ३० हजार करोड रुपैयाँको वार्षिक बिक्री हुने रिलायन्स रिटेल अब देशको सबैभन्दा ठूलो रिटेल कम्पनी बनेको छ । र, फ्युचर ग्रुपका साथ यो सम्झौताबाट कम्पनीका १७०० स्टोर र करिब २० हजार करोड भारुको थप आम्दानी हुनेछ ।

तर अमेजनको चिन्ता योभन्दा पनि ठूलो छ । अमेजनमा भारतमा साढे ६ अर्ब डलर लगानीको योजना बनाएर बसेको छ । अमेजनलाई भारतमा सबैभन्दा ठूलो चुनौती रिलायन्स बनेको छ । किनभने रिलायन्ससँग सबैभन्दा ठूलो रिटेल नेटवर्कसँगै जियोमार्ट जस्तो अनलाइन पोर्टल पनि छ साथै रिलायन्स जियो जस्तो बलियो र राम्रो नेटवर्कको साथ पनि छ ।

जबकी अमेजनसँग अनलाइन कारोबार मात्रै छ । उता अनलाइन बजारमा उसको तुलनामा फिल्पकार्टले आदित्य बिडला फेसन रिटेलमा हिस्सेदारी पनि खरिद गरेको छ । त्यसैले पनि अमेजन यो सम्झौत रोक्न लागेको छ ।

सिंगापुरमा अमेजनले यो सम्झौता तोडेर नयाँ खरिददार ल्याएर सम्झौता गराउनका लागि जिम्मेवारी पनि लिने प्रस्ताव फ्युचरलाई राखेको चर्चा पनि चलेको छ । तर यो कारोबारलाई नजिकबाट नियालेकाहरु यतिमा मात्रै विवाद सीमित नभएको बताउँछन् । उनीहरु अमेजन र फ्युचरबीच गोप्य सहमति पनि भएको हुन सक्ने तर्क गर्छन ।

साथै यो पनि हुन सक्छ कि अमेजन सिधा रिलायन्ससँग कुनै सम्झौता गर्न चाहेको छ र फ्युचरपछि यो सम्झौता ट्रम्प कार्डका रुपमा दबाब बनाउनका लागि प्रयोग भइरहेको पनि हु्न सक्छ । अब एक हप्ताको समय छ । अर्थात् आगामी आइतबारसम्म कस्ले नयाँ कमद शुरुमा अगाडि बढाउने भन्ने सबै तस्बिर सफा हुनेमा धेरैको विश्वास छ । बिबिसी हिन्दीबाट


क्लिकमान्डु