लकडाउनले जुत्ताको चर्चित ब्राण्ड शिखर सुज वित्तीय संकटमा, बैंकले निकाल्यो नोटिस



काठमाडौं । नेपाली जुक्ता चप्पलमा चर्चित ब्राण्ड शिखर सुज वित्तीय संकटमा परेको छ ।  व्यवसायी रामकृष्ण प्रसाईले शिखर सुजलाई नेपालको जुत्ता चप्पलमा एक नम्बर ब्राण्ड नै बनाएका थिए ।

आक्रामक बजार रणनीतिले गर्दा छोटो समयमा नै प्रसाई व्यवसायिक रुपमा सफल बनेका थिए ।  काठमाडौंमा गोलढुंगामा शिखर सुजको उद्योग थियो ।

प्रसाईले काठमाडौंमा पाएको सफलतापछि बिराटनगरमा समेत उद्योग खोलेका थिए ।

शिखर सुजले छोटो समयमा सफलता प्राप्त गरेपनि नेपाली बजारमा अन्य जुत्ता चप्पलका ब्राण्ड समेत थपिए । कतिवटा ब्राण्ड त शिखर सुजमा उच्च तहमा काम गरेका कर्मचारीले समेत खोलेका थिए ।

नेपालमा नै उद्योग चलाएका प्रसाईलाई विदेशबाट समेत आउने सस्ता मूल्यको जुत्ता चप्पलले मार पार्यो ।  बिरानगरमा उद्योग खोलेपछि नै प्रसाईको आम्दानीभन्दा दायित्व बढी भएको थियो । बजारमा थपिएका अन्य ब्राण्ड र विदेशबाट सस्तो मूल्यमा आएका जुत्ता चप्पलले गर्दा शिखर सुजको बिक्री सोचे अनुसार भएन ।

‘बिराटनगरमा उद्योग खोल्ने नीतिले २ वर्षदेखि नै पसाईजी बढी दवावमा हुनुहुन्थ्यो,चैतदेखि भएको लकडाउनले त झन त्यसलाई बढायो,’प्रसाईले नजिकबाट चिनेका एक व्यवसायीले भने ।
२ वर्ष अगाडि नै अत्याधिक जुत्ताको सेल मेला भृकृटी मण्डपमा भएको थियो । प्रसाई आफैले पनि धेरै मेला गरेका थिए । यो पटक चैतदेखि भएको लकडाउनले गर्दा यस्ता मेलाहरु आयोजना हुन सकेनन् । डिजिटल प्रणालीबाट समेत उनले आफ्नो उत्पादन बेच्न भने सकेनन् ।

कुनै बेला शिखर सुजले जुत्ता किन्दा बम्पर पुरस्कार भनेर अल्टो गाडी समेत दिएको थियो ।

लकडाउनको मार जुत्ता चप्पल उद्योग थप परेका थिए । चीनबाट न्यून विजकीकरण गरेर आउने जुत्ता चप्पलले स्वदेशी उद्योगलाई थप घाटा भयो ।

शिखर सुजले सेन्चुरी बैंकबाट लिएको ऋण नतिरेपछि बैंकले उनी विरुद्द ३५ दिनको सूचना जारी गरेको छ । बैंकले उनको काठमाडौंमा रहेको घरजग्गा,तथा काठमाडौंमा रहेको उद्योगको घरजग्गा तथा बिरानटगरमा रहेको उद्योगको घरजग्गा लिलाम गर्ने सूचना जारी गरेको छ ।

ब्राण्ड बनाएको कम्पनी लकडाउनको कारण वित्तीय संकटमा पर्नु राम्रो नहुँने व्यवसायीहरु बताउँछन् ।


क्लिकमान्डु