जीवा लामिछानेको नेपालमा लगानी अनुभव: एकाध बाहेक सबैमा प्रतिफल राम्रो



नेपाल लगानीको लागि भर्जिन ल्याण्ड भएपनि कानूनी अडच्न कर्मचारी तन्त्रले गरेको ढिलासुस्तीको कारण लगानी गर्न समस्या देखिन्छ । नेपालमा आगामी दिनमा एकद्वारा प्रणालीबाट काम गर्ने बाताबरण सरकारले बनाउनुपर्ने हुन्छ ।

अहिले देशमा लगानीमैत्री बाताबरण भएको र हरेक क्षेत्र लगानीको लागि नयाँ नयाँ रहेका छन् । लगानीको लागि राज्यले सहज बाताबरण निर्माण गर्न सकेको खण्डमा विदेशी लगानी नेपालमा धेरै नै आउने छ ।

नेपालमा जलविद्युत् क्षेत्रमा सानिमा समूहले सिन्धुपाल्चोकको सुनकोेशीमा पहिलो पटक २.५ मेगावाटको जलवद्युत निर्माण गरेका थियौ ।  त्यो समयमा आयोजनाको लाइसेन्स लिन ७ वर्ष लागेको र १५ महिनामा आयोजना निर्माण भएको थियो ।

अहिलेसम्म ३१.५ मेगाटावाट निर्माण सकेको र ११५ मेगावाट २०२२ सम्म निर्माण सकेर राष्ट्रिय प्रशारण लाइनमा जोड्ने हाम्रो तयारी छ ।

नेपालमा लगानी गर्न धेरै नै चुनौती छ । सुरुमा लगानी गर्दा बन्द हड्तालको समस्या हुने त्यसपछि स्थानीय अवरोध आउने गरेको छ ।

कुनै आयोजना लिएर साइटमा गयो भने उनीहरुबाट तत्काल फाइदा लिन कुनै न कुनै समूह रहेको हुन्छ । आयोजना लिएर जाने समूहले आफ्ले त्यहाँ बाटो, स्कुल बनाउने, अस्पताललाई सहयोग गरेकै हुन्छ । कुनै ठाँउमा अरबौका योजना लिएर गएको छ भने यति हिस्सा हामीलाई दिनुपर्छ भनेर बाध्य पर्ने प्रचलन समेत देखिएको छ । पछिल्लो समय यो खाले प्रवृति बढ्दै भएको छ ।

नेपालमा जलविद्युत आयोजना निकै सम्भावना भएको क्षेत्र भनेपनि त्यो क्षेत्रमा काम गर्न धेरै नै समस्या छ ।

हामीले लगानी बढाउनको लागि अब धेरै देशसँग बिप्पा सम्झाता गर्नुपर्ने हुन्छ । धेरै देशले बिप्पा गर्नको लागि आग्रह गरेका छन् । जुन देशबाट लगानी आउने सम्भावना रहेको छ त्यो देशसँग डिटिएको प्रकृया सुरु गर्न समेत सरकारलाई आग्रह गरेका छन् । अमेरिका, क्यानडा, अष्टे«लिया, नेदरल्याण्ड, लक्जेम्वर्ग लगायतका देशले संसारभर लगानी गर्ने भएकोले यी देशसँग डिटीए र बिप्पा गर्नुपर्ने हुन्छ ।

अहिले भेन्चर क्यापिटल, हेज फण्ड भएपनि लगानीकर्ता आउँदा छोटो समयको लागि आउने भएकोले आउन पनि सजिलो र जान पनि सजिलोे हुने हुँदा त्यो वातावरण बनाउनुपर्छ ।  एनआरएनएले अहिले नै धेरै लगानी ल्याउन सक्ने अवस्था लगानी डाइभर्सन गर्न परेको खण्डमा नेपाललाई नै ध्यान दिनेछन् ।

स्टक मार्केटमा एनआरएनएलाई लगानी गर्ने व्यवस्था मिलाउने भने पनि विदेशी मुद्रामा गर्न नसकिने रहेको व्यवस्था छ ।  सुरुमा ५ देखि १० हजार सम्मको लिमिटेशन राख्ने हो भने गैर आवासीय नेपालीले लगानी गर्न सक्ने स्थिती छ ।

अहिलेको पुस्ता मनि मार्केटमा लगानी गर्न रुचाउने भएकोले राष्ट्र बैंकको अनुमति नलिइ सानो रकमको काम कारोबार गर्न दिने हो भने पूँजी बजारमा धेरै नै प्रभावकारी काम गर्न सक्ने अवस्था छ । उनले विदेशी लगानी ल्याउनको लागि देशको रेटिङ गर्न आवश्यक रहेको हुन्छ ।

दुई तिहाइको सरकार रहेको, बन्द हडताल कम भएको भन्दै यो बेलामा रेटिङ गर्नुपर्ने हुन्छ । देशको रेटिङ भएको खण्डमा देशीले लगानीको लागि सहजै पत्याउने खालको हुन्छ ।
नेपालमा हाम्रो समुहले गरेको लगानीमा एकाधबाहेक सबैमा प्रतिफल राम्रो रहेको छ ।

एनआरएनएले गरेको विज्ञ सम्मेलनमा लामिछानेले व्यक्त गरेको विचार


क्लिकमान्डु