कवाडीमा पठाउनुपर्ने एप्पलका उपकरण बजारमा पठाएपछि



विश्वभरका मानिसहरूले एप्पल उत्पादन किन्ने भनेको त्यसको गुणस्तरको लागि हो । उपभोक्तालाई एप्पल ब्राण्डको गुणस्तरमा ठूलो विश्वास छ ।

एप्पलको ब्राण्डमा नै धक्का लाग्ने काम भने उसलाई एउटा कम्पनीले गरेको छ ।

एप्पलले क्यानेडाली कम्पनी ग्लोबल इलेक्ट्रिक इलेक्ट्रोनिक प्रोसेसिंगलाई आईफोन, आईप्याडहरू र एप्पल वाचलाई रिसाइक्लिङ गर्न सम्झौता गरेको थियो । तर, कम्पनीले एक लाख भन्दा बढी उपकरणहरू रिसाइक्लिङमा नपठाएर बजारमा बिक्री गरिदियो । अहिले एप्पल कम्पनीले क्यानडाको सो कम्पनी विरुद्द ब्राण्डमा क्षती गरेको भन्दै २२.७ मिलियन अमेरिकी डलर क्षतीपूर्ति वापतको मुआब्जा मागेको छ ।

एप्पल विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो । उसले आईफोन, एप्पल वाच, आईप्याड, कम्प्युटर जस्ता उत्पादनहरू बनाउने गर्छ ।

एप्पल विश्वभरमा यसको नवीनताको लागि प्रसिद्ध छ ।

विश्वभरि बढ्दो इवेस्टलाई ध्यानमा राख्दै, एप्पलले आफ्ना उत्पादनहरू बढी वातावरणमैत्री बनाउने संकल्प गरिसकेको छ । यसका लागि २०१५ एप्पलले पुरानो आईफोन र एप्पल वाच इत्यादि पुनः साइकल गर्ने जिम्मेवारी क्यानाडाली कम्पनी जीईपीलाई दिएको थियो । जीईपी ईवेस्ट डिस्पोजलका लागि काम गर्ने कम्पनी हो ।

सन् २०१५ देखि २०१६ सम्म एप्पलले जीईपीलाई ५ लाख ३१ हजार ९६६ थान आइफोन,२५ हजार ६७३ थान आइप्याड, १९ हजार २७७ थान एपल वाच रिसाइकिङको लागि पठाएको थियो ।
एउटा अडिटले एप्पलले रिसाइकिलिङका लागि पठाएका उपकरणमा बजारमा भएको देख्यो ।

कुल डिमाइसमा १८ प्रतिशत अर्थात १ लाख हजार ८४५ थान डिभाइस बजारमा भएको भेटिएको थियो । एप्पलले जीईपीलाई उत्पादनहरू चोरी गरेर बेचेको आरोप लगाएको छ ।

क्यानाडा प्लान्टबाट करीव ५३ सय किलो सामान नष्ट नगरेर पठाइएको थियो ।

एप्पलले आफ्नो ब्रान्डमा क्षती भएको र जसको कारण ग्राहकहरूले असुरक्षित महसुस गरेको जनाएको छ ।

रिसाइक्लिङ कम्पनीले जीईपीले एप्पलको आरोपलाई आधारहिन भनेको छ ।

कम्पनीले आफ्नो आफ्नोमा चोरी भएको र तीनजना कामदार त्यसमा संलग्न भएका जनाएको छ ।


क्लिकमान्डु