सन् २०२१ को मध्यसम्म डिजिटल यूरो ल्याउँदै यूरोपेली बैंक, यस्ता छन् जोखिम



काठमाडौं । समयको माग र पछिल्लो अवस्थाले संसारभर नै डिजिटलाइजेशनको युग शुरु भएको छ । कोरोना कहरपछि त यसको मात्रामा गुणात्मक परिवर्तन आएको छ । मानिसका चाहना र अपेक्षामा समेत विराट परिवर्तन भएको छ ।

व्यापार व्यवसायदेखि दैनिक आवश्यकता समेत अब अदृश्य इन्टरनेटको लहरमा हराउन थालेको छ । सहज र सरल सेवाका लागि त्यो भन्दा अरु कुनै उपाय नै हुन छाडेको छ ।

एक क्लिकले हुने कामका लागि अब मानिसहरु घण्टौ प्रतिक्षा गर्न नसक्ने स्थानमा पुगिसकेका छन् । आदिम कालका व्यापार तथा व्यवसायका फरक स्वरुप थिए । विकास क्रमले मानिसको सहजताका लागि पैसा बनायो । पैसाका लागि मानिसहरु मरिहत्ते नै गर्न थाले । आज सोही पैसा पनि अब नदेखिने हुन पुगेको छ ।

किनकी यो अब आम मानिसका लागि आवश्यकता बनीसकेको छ । कुनै देशमा विटक्वाइन कानूनी र वैध छ भने कुनै देशमा अवैध र गैरकानूनी छ । तर, राज्ययन्त्रले नै अब डिटिजल मनीको विषयमा सोच बनाउन मात्रै होइन कार्यान्वयन नै गर्न थालेका छन् ।

यस्तै क्रममा विशाल यूरोपले अब आफ्नो मुद्रा यूरोलाई समेत डिटिजल बनाउने भएको छ । त्यसका उपाय र प्रभावका बारेमा समेत सोध खोज शुरु भएको छ । भौतिक भन्दा अभौतिक वस्तुको खोज र सोच नै आम मानिसका लागि अपरिहार्य बन्दै गएको छ ।

यूरोपियन सेन्ट्रल बैंकले असाध्यै गहिरो प्रयोग गर्ने विषयमा प्रक्रिया नै अगाडि बढाएको छ । त्यसका लागि सार्वजनिक सरोकारका विषयमा समेत छलफल शुरु भएको छ ।

सार्वजनिक उपयोगका लागि विद्युतीय मुद्रा कसरी प्रयोगका ल्याउन सकिन्छ भनेर उक्त बैंकले अगाडि बढाएको विद्युतीय मुद्राको विषयलाई फ्याक्फर्ट इन्टिच्यूट प्रयासरत रहेको छ । उसले विद्युतीय मुद्राको प्रविधिका बारेमा समेत अध्ययन गरिरहेको छ ।

उक्त  संस्थाले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै विद्युतीय मुद्रा समगू्र यूरोपका लागि सम्भव भएको बताएको छ । उक्त संस्थाका प्रमुख क्रिष्टिने लगार्डले विद्युतीय मुद्रा प्रयोगका विषयमा धेरै काम अगाडि बढीसकेको बताए ।

पछिल्लो पटक प्रकाशित नयाँ विवरण अनुसार यूरोपका आन्तरिक नागरिकका लागि विद्युतीय मुद्रा सही एवम् प्रभावकारी भएपनि विदेशबाट आउने पर्यटकलगायतका अन्यका लागि के गर्ने भन्ने बारेमा भने उपयुक्त उपाय फेला परिनसकेको छैन ।

भौतिक पैसालाई विस्थापन गर्न सकिन्छ भन्ने नै हाम्रो ठहर छ, तर पर्यटक तथा विदेशी नागरिकलाई के कसरी सम्बोधन गर्ने भन्ने विषयमा भने अझै नयाँ खोज र परिक्षण जरुरी रहेको छ ।

पहिलो चरणमा आगामी ३ महिना भित्र एउटा केही न केही सार्वजनिक गर्ने तयारी गरिएको छ । सार्वजनिक रुपमा आम मानिसको राय बुझेर एउटा निष्कर्ष निकाल्ने तयारीका साथ यही अक्टोबर १२ तारिखमा एउटा जानकारी दिने तयारी गरिएको छ ।

सन् २०२१ मध्यसम्ममा यूरोलाई डिजिटल बनाउने प्रयास थालिएको छ ।

‘हाम्रो भूमिका सुरक्षित एवम् विश्वसनीय पैसामा नै हो । हामीले धेरै काम गर्न बामँकी छ । तयारी पनि गरिरहेका छौ । विद्युतीय यूरोका लागि हामी अत्यावश्यकीय सोचका साथ काम गरिरहेका छौ’ लेगार्डले भने ।

विद्युतीय मुद्रा भौतिक मुद्राको सहयोगी मात्रै हो, तर यो विकल्प भने नभएको सोधकर्ताहरुको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकले यसअघि नै डिजिटल करेन्सीका रुपमा यसअघि नै लिब्रा सार्वजनिक गरिसकेको छ ।

स्वीडेनले समेत यसअघि नै डिजिटल मुद्राको प्रयास थालिसकेको छ । यस्तै चिनियाँ केन्द्रीय बैंकले पनि डिजिटल करेन्सीका विषयमा परिक्षण गरिरहेको छ । विशेषगरी चीनका ४ मुख्य शहरमा त्यसको प्रयोग भइरहेको छ ।

छिटो र सस्तो भुक्तानीका लागि डिजिटल मुद्रा नै प्रभावकारी मानिएको छ । तर, अन्तरदेशिय कारोबारका लागि के गर्ने भन्ने बारेमा हालसम्म कुनै ठोस खाका भने तयार हुन सकेको छैन ।

यूरोपेली सरकारले भने डिजिटल मुद्राको विषयमा सुरक्षा र अनुगमन संयन्त्र नै प्रभावकारी बनाउनुपर्ने जोड दिँदै आएको छ । उसको चासो समेत सोही विषयमा नै रहेको छ ।

डिजिटल मुद्राले यूरोपलाई थप प्रभावकारी तवरले अगाडि बढाउन सहयोग पुर्याउनेछ , यसले वित्तीय स्वाधिनतालाई समेत प्रूश्रय दिनेछ । यस्तै, अन्तर्राष्ट्रिय रुपमा समेत यसले प्रभाव बढाउने यूरोपेली बैंकका कार्यकारी सञ्चालक फाबिओ पानेताले बताए ।

परम्परागत बैंकिङ तथा केही अवरोधलाई कसरी समाधान गर्ने भन्ने बारेमा भने सोच्न जरुरी छ । यस्तै, गोपनियतालाई कसरी कायम राख्ने भन्ने बारेमा समेत केही नयाँ सोचको जरुरी रहेको बताइन्छ ।

राम्ररी सुरक्षात्मक उपायहरुको डिजाइन गर्दा जोखिमलाई समेत बहन गर्न सकिने भनाइ पनि सार्वजनिक भएका छन् ।

कोरोना भाइरसका कारण मानिसहरुले भौतिक मुद्रामा समेत संशय देखेका कारण अब डिजिटल युगमा संसार नै अगाडि बढेको देखिन थालेको छ ।


पुष्प दुलाल