भारतले प्याज निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा कालोबजारी शुरू



काठमाडौं । भारत सरकारले सबै प्रकारका प्याजको निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा कालोबजारी शुरू भएको छ ।

बुधबार बढी मूल्यमा किनबेच गरेको र गोदाममा प्याज छैन् भन्दै मौज्दातमा राखेको अभियोगमा एक जना व्यवसायी पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिकाको कृषि विभाग एवं बजार अनुगमन टोलीले बल्खु तरकारीभित्र अनुगमन गर्दा चुली सगरमाथा ट्रेडर्स र एसके सप्लायर्सका प्रोपाइटर सुनिल केसीलाई नियन्त्रणमा लिएको हो ।

अनुगमन गर्दा अगाडि डिस्प्लेमा छैन भनेको तर १९ बोरा अर्को स्टलमा राखिरहेको पाइएको विभागले जनाएको छ । साथै, अनुमानित २०० बोरा प्याज शंकास्पद हिसाबले गोदाममा पछाडिपट्टी राखेको पाइएको विभागले जानकारी दिए ।

अनुगमन टोलीले आवश्यक कारबाहीको लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीको जिम्मा लगाएको जनाएको छ ।


क्लिकमान्डु