राष्ट्रियस्तरका विकास बैंकको नाफा २५.६१ प्रतिशतले घट्यो, लाभांश क्षमता कस्को कति ?



काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा २६.६१ प्रतिशतले घटेको छ ।

अघिल्लो आवमा ३ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका राष्ट्रिय स्तरका विकास बैंकले गत आवमा कम २ अर्ब ७५ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आवको तुलनामा गत आवमा ९९ करोड ८९ लाख रुपैयाँ कम हो ।

नेपालमा हाल ८ वटा राष्ट्रियस्तरका विकास बैंक सञ्चालनमा छन् । राष्ट्रियस्तरका ३ वटा विकास बैंकहरुको खुद नाफा आर्जन ‘क’ वर्गको सिभिल बैंकको भन्दा बढी छ । जसमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा सिभिल बैंककोभन्दा बढी छ ।

सिभिल बैंकले गत आव २०७६/७७ मा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरु मुक्तिनाथले ६५ करोड रुपैयाँ, गरिमाले ५३ करोड ९३ लाख रुपैयाँ र साइन रेसुङ्गाले ४७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

यस्तै, कोरोनाको कहरमा पनि साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३.३९ प्रतिशत र महालक्ष्मी विकास बैंक १.१२ प्रतिशतले खुद नाफा बढाएका छन् ।

राष्ट्रियस्तरका विकास बैंकहरुको वित्तीय अवस्था, लाभांश क्षमता कुनको कति ?

मुक्तिनाथ विकास बैंकः

मुक्तिनाथ विकास अघिल्लो आवमा ८५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको गत आवको सोही अवधिमा खुद नाफा २४.०७ प्रतिशत अर्थात् २० करोड ६१ लाख रुपैयाँले घटेर ६५ करोड रुपैयाँमा सीमित भएको छ ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा ४७ करोड ३३ लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १५.४४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

सो अवधिमा बैंकले ५७ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसवापत बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १७.२२ प्रतिशत बढी हो ।

 

गरिमा विकास बैंकः

गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षमा ९.२७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा बैंकले ५९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आवमा ५ करोड ५१ लाख रुपैयाँले खुद नाफा घटेर ५३ करोड ९३ लाख रुपैयाँमा सीमित भएको हो ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा ३४ करोड २४ लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.५७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकले ४२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । जसवापत बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.७९ प्रतिशत बढी हो ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकः

गत आवमा साइन रेसुङ्गाको खुद नाफा १३.३९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा बैंकले ४१ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको सोही अवधिमा खुद नाफा ५ करोड ६० लाख रुपैयाँले बढाएर ४७ करोड ४५ लाख रुपैयाँ पुर्याएको हो ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा ३३ करोड २२ लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट ११.०१ प्रतिशत सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकले ३० अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसवापत बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४६.२० प्रतिशत बढी हो ।

ज्योति विकास बैंकः

ज्योति विकास बैंको खुद नाफा २३.०६ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आवमा ५३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत आवको असार मसान्तसम्म १२ करोड २५ लाख रुपैयाँले घटेर ४० करोड ८८ लाख रुपैयाँमा सीमित भएको हो ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा १४ करोड ९५ लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४९ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट ४.२७ प्रतिशत सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकले ३६ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसवापत बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.८५ प्रतिशत बढी हो ।

लुम्बिनी विकास बैंकः

लुम्बिनी विकास बैंकको खुद नाफा गत आर्थिक वर्षमा ४५.८७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा बैंकले ६२ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत आवमा २८ करोड ४७ लाख रुपैयाँले खुद नाफा घटेर ३३ करोड ५९ लाख रुपैयाँमा सीमित भएको हो ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा १८ करोड ३९ लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.७७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकले २८ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसवापत बैंकले १ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.०९ प्रतिशत कम हो ।

सांग्रिला डेभलपमेन्ट बैंकः

गत आवमा सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४९.१८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा बैंकले ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको सोही अवधिमा खुद नाफा १५ करोड ७८ लाख रुपैयाँले घटेर १८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा ८ करोड ५८ लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट ३.२९ प्रतिशत सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकले २८ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसवापत बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.८० प्रतिशत बढी हो ।

महालक्ष्मी विकास बैंकः

महालक्ष्मी विकास बैंकको खुद नाफा ३४.८४ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आवमा ६५ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत आवको असार मसान्तसम्म २२ करोड ९२ लाख रुपैयाँले घटेर ४२ करोड ८५ लाख रुपैयाँमा सीमित भएको हो ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा २० करोड ३२ लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट ६.६१ प्रतिशत सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकले ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसवापत बैंकले १ अर्ब ५४ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८।२८ प्रतिशत बढी हो ।

कामना सेवा विकास बैंकः

कामना सेवा विकास बैंकको खुद नाफा ८०.७३ प्रतिशतले घटेकोे छ । बैंकले अघिल्लो आवमा २८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत आवको असार मसान्तसम्म २२ करोड ९७ लाख रुपैयाँले घटेर ५ करोड ४८ लाख रुपैयाँमा सीमित भएको हो ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक छ । वितरणयोग्य नाफा ऋणात्मक भएको कारण बैंकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता राख्दैन ।

समीक्षा अवधिमा बैंकले ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसवापत बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३२.१६ प्रतिशत बढी हो ।


क्लिकमान्डु