नेपालमा विकास बैंकहरुको संख्या त्यहाँदेखि यहाँसम्म



हाल नेपालमा आव २०७७/७८ को पूर्व चरणमा रहेका बैंक तथा वित्तीय संस्था अन्तर्गत वाणिज्य बैंकको संख्या २७, विकास बैंकहरुको संख्या २०, वित्त कम्पनीहरुको संख्या २२ र लघुवित्त वित्तीय संस्था ९० वटाभन्दा माथि छन् ।

बैंकहरुको नेपालमा शुरुवाती चरण भनेको १९९४ देखि २०४१ सम्ममा सरकारी तवरका बैंकहरुको स्थापना भएको पाइन्छ । सबैभन्दा पहिला १९९४ नेपाल बैंकको स्थापना भएको थियो । यसै समयमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल राष्ट्र बैंक, एनआइडीसी डेभलपमेण्ट बैंक थिए ।

त्यस बखतमा सरकारी बैंक मात्र आउनुको कारण भनेको बैंक तथा वित्तीय बजार निजी क्षेत्रका लागि खुल्ला गरिएको थिएन ।

सरकारले तत्कालीन पछिल्लो समय खुल्ला अर्थतन्त्रतर्फ अग्रसर हुनु, बैंक तथा वित्तीय क्षेत्रलाई थप खुकुलो पार्न काम गरिएको थियो । त्यही समयमा मिति २०५३ सालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरु अव क्षेत्रीय स्तरमा जानु पर्छ भन्ने निर्देशन अनुरुप लक्ष्मी, एनआईसी, एनसीसी र लुम्बिनी बैंकहरु काठमाडौं बाहिर स्थापना भएका थिए ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विश्व बैंक र आईएमएफको सहयोगमा २०५७ सालमा फाइनान्सियल सेक्टर रणनीति लागू गरिएको थियो । नेपाल राष्ट्र बैंक ऐन २०५८ पनि आएको आयो ।

यही समयमा सुधारको कार्यक्रमहरु अन्तर्गत २०६१ सालमा अध्यादेश जारी गरियो । बैंकिङ कसुर तथा सजाय ऐन र ऋण असुली ऐन आयो । यसले गर्दा बैंक वित्तीय क्षेत्रको कानूनी जग बलियो भयो । त्यसपछि निजी बैंक तथा वित्तीय संस्थाहरु स्थापना गर्नका लागि होडबाजी नै चलेको थियो ।

विकास बैंकहरुको स्थापना भनेको ग्रामीण इलाकामार्फत दुर दराजमा रहेका मानिसमा बैंक सम्बन्धी बैंकिङ साक्षर वनाउने ठूलो भूमिका विकास बैंकहरुको रहेको थियो र छ ।

बैंक भनेको के हो ? बैंक कस्तो सस्था हो ? यसले गर्ने काम र फाइदा के हुन भन्ने कुराको भरपुर ज्ञान दिने काम विकास बैंकहरुले गरी आएका छन् । वाणिज्य बैंकहरु र फाइनान्स कम्पनीहरु केही फाट्टफुट्ट बाहिर गएका भए पनि सहरमुखी थिए ।

त्यस अवस्थामा एक जिल्ले, तीन जिल्ले, दश जिल्ले र राष्ट्रिय स्तरका विकास बैकहरु बिभाजन गरिएको थियो । यसको उद्देश्य नै बाहिर दुर दराजमार्फत सेवा दिने उद्देश्यले खोलिएका विकास बैकहरुले विभिन्न अवस्था अनुसार दुःख कष्ट एवं समस्यालाई समेत चिरेर अगाडि बढेका छन् । तर पछिल्लो परिवेशमा मर्जरको नीतिले गर्दा विकास बैंकहरुको संख्या हुवात्तै घटेको छ ।

विकास बैंकहरुको संख्या आव २०६९/७० मा हेर्ने हो भने ८६ वटा थिए । हाल उक्त संख्या २० वटामा सीमित छन । तत्कालीन अवस्थामा भए रहेका विकास बैंकहरुको विवरण निम्नानुसार रहेका थिए ।

आव २०६९/७० अन्तर्गत राष्ट्रिय स्तरका विकास बैंकहरुको विवरण

आ.व. २०६९/०७० अन्तर्गत दश जिल्ला स्तरीय विकास बैंकहरुको विवरण

आ.व. २०६९/०७० अन्तर्गत तीन जिल्ला स्तरीय विकास बैंकहरुको विवरण

आ.व. २०६९/०७० अन्तर्गत एक जिल्ला स्तरीय विकास बैंकहरुको विवरण

२०६६ सालपछि वित्तीय क्षेत्रको सुदृढिकरण भनी नेपाल राष्ट्र बैंकले निम्न लिखित तीन वटा नीतिगत ब्यवस्था अवलम्वन गरेको थियो ।

१) ‘घ’ वर्गका लघुवित्त संस्थाहरु बाहेक अन्य बैंक तथा वित्तीय संस्थालाई इजाजत नदिने व्यवस्था गरेको ।

२) बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सम्बन्धमा विनियमावली २०७३ लागू ।

३) मिति २०७२ सालमा मौद्रिक नीतिमार्फत् वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको चुक्तापूँजी चार गुणा वढाउने नीति लिएको थियो ।

उक्त नीतिको कारण आज विकास बैंकहरु र फाईनान्स कम्पनीहरुको संख्या ह्वात्तै घटेको छ । त्यसको परिणामस्वरुप आज वाणिज्य बैंकहरुको संख्या २७, विकास बैंकहरुको संख्या ८६ बाट घटेर २० वटामा, ८० वटा विक्त कम्पनीहरुको संख्या घटेर २२ वटामा आएका छन् । लघुवित्तको संख्या अहिले ९० भन्दामाथि छन् ।

आज मिति २०७७ साउन ३२ गते सम्ममा रहेका विकास बैंकहरुका नामावली निम्नानुसार रहेका छन्ः

माथि उल्लेखित आव २०६९/७० अन्तर्गत राष्ट्रिय स्तरका विकास बैंकहरु २० वटा, दश जिल्ला स्तरका १६ वटा, तीन जिल्ला स्तरका ३५ र एक जिल्ला स्तरका १६ वटा गरी जम्मा ८६ वटा रहेका थिए भने हाल आएर राष्ट्रिय स्तरका ८ वटा र क्षेत्रीय स्तरका १२ वटा गरी जम्मा २० वटा छन । उक्त संख्या भोलिका दिनमा अझै घट्ने देखिन्छ ।

(कार्की डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, कार्यालय सचिव) 


क्लिकमान्डु