सेयर बजारमा तेस्रो सर्किट, कारोबार बन्द



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको १ घन्टा १० मिनेटमा बजार ६ प्रतिशतले बढेपछि यो दिनको लागि कारोबार बन्द भएको छ ।

लगातार बजार बढेपछि यो दिनको लागि कारोबार बन्द भएको हो । नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ बिन्दुमा पुगेको रोकिएको छ । कारोबारमा प्राय सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

यो दिन १११ कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता सेयर ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको सेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १७.३९ अंकले बढेर ३१२.४४ बिन्दुमा रोकिएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत ३६.१३, निर्जीबन बीमा कम्पनी २०२.४, उत्पादन तथा प्रशोधन १४१.७८, अन्य ४९.३९, माइक्रोफाइनान्स ९२.३९, जीवन बीमा समूहको ५४८.६६ अंकले बढेको छ ।

आइतबारको कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ ।


क्लिकमान्डु