कृषि केन्द्रित प्रदेश ५ को बजेट, ८२ हजार रोजगारी सिर्जना गरिने



काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै कोरोना विशेष कार्यक्रम, यान्त्रिकरणका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेका छन् । यो कार्यक्रमबाट ८२ हजार रोजगारी सिर्जना हुनेछ ।

कोरोनाका कारण रोजगारी गुमेका नागरिकलाई रोजगारी दिन, खाद्य उत्पादन, आत्मनिर्भरताका लागि सरकारले काम गर्ने भएको छ । हाल हालतमा कृषि सामग्री गाउँगाउँमा रोजगारी भन्ने नारा सञ्चालन गरिने छ ।

एक तहमा पशुपन्छी वा कृषि विषयको अधिृकत नियुक्ती गर्न बजेट विनियोजन भएको छ ।

स्मार्ट कृषि गाँउ कार्यक्रमका लागि ४८ करोड विनियोजन भएको छ । यसले कृषिमा आधुनिकीकरण र प्रविधिमैत्री हुनेछ ।

वैदेशिक रोजगारीबाट फर्केका ३ हजार युवालाई रोजगारी दिनका लागि, जग्गा भाडामा लगाउनका लागि आवश्यक पूर्वाधारको विकासको लागि १० करोड विनियोजन भएको छ ।

कृषि श्रमलाई दिगो सम्मानित बनाउनको लागि ६ करोड विनियोजन गरिएको छ भने नगद अनुदानलाई घटाउने र ब्याजमा अनुदान दिइने छ । सुलभ कर्जा र बीमाको सहज पुहुँचका लागि सुलभ कर्जा ब्याज अनुदान कोषको लागि २५ करोड विनियोजन भएको छ ।

उत्पादनलाई संस्थागत बिक्रीका लागि १६ करोड ६५ लाख, १२ जिल्लाको २४ वटा करिडोरका लागि २४ करोड विनियोजन गरिएको छ । त्यस्तै पशु स्वास्थ्यका लागि ५ करोड बिनियोजन भएको छ । यसले पशुमा हुने रोग न्यूकिरणमा काम गर्ने छ ।

विभिन्न जिल्लामा कृषि फर्म राख्नका लागि ७ करोड ५० लाख, कृषि स्वयमसेवकका लागि ७ करोड विनियोजन भएको छ । त्यस्तै, रुकुम पूर्वको जिल्लालाई अर्गानिक जिल्ला घोषणा गरिएको छ । सबै जिल्लालाई पकेट जिल्ला घोषणा भएसँगै यसको लागि ५ करोड बिनियोजन भएको छ ।

पूर्णकालिन कृषक डिजिटल परिचय पत्रका लागि ५ करोड रुपैयाँ बिनियोजन गरिएको छ । तराईका ५ जिल्लामा लसुन प्याज, पहाडका ५ जिल्लामा कागती सुन्तला, पहाडका छ जिल्लामा भेडा बाख्र्रा पालनमा हुनेछ ।

अभियानमुखी कार्यक्रमका लागि २५ करोड २० लाख बिनियोजन भएको छ । पहाडका ६ जिल्लामा माछापाल गर्ने योजना रहेको छ । कृषि उत्पादनको बजारीकरणका लागि पनि बजेट विनियोजन गरिएको छ ।

विदेशबाट फर्किएका युवा र सामुहिक चक्लाबन्दी खेती, तरा ईका ६ जिल्ला ६ वटा कृषि आपुर्ती केन्द्रको लागि १ करोड ५० लाख विनियोजन भएको छ । यस्तै सहकारीलाई मर्जरमा लैजाने र सहकारीलाई उत्पादनमा जोडने नीति रहेको छ । कोहलपुरमा पहाडी कृषि बस्तु संकलन केन्द्र राखिने भएको छ ।


क्लिकमान्डु