गत वर्षभन्दा १ लाख मेट्रिक टन बढी मल आयात हुँदै, नेपाल आइपुग्न अझै डेढ महिना लाग्ने



काठमाडौं । सरकारले यो वर्ष गतवर्षको तुलनामा १ लाख टन बढी रासायनिक मलको आपूर्ति गरेर बिक्री वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ४ लाख ५० हजार मेट्रिक टन अनुदानित मल आपूर्ति गरी किसानलाई वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

जुन गत आर्थिक वर्षको १ लाख मेट्रिक टन बढी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त रासायनिक मल ल्याउन लागेको भएपनि नेपालमा आईपुग्न अझै डेढ महिना लाग्ने भएको छ ।

भारतमा लकडाउन भए पनि कलकत्ता बन्दरगाहमा नेपालको मल ब्यागिङ र लोड/अनलोड गर्ने काम बन्द भएको थियो । कलकत्ता बन्दरगाह बन्द भएकाले उक्त मल कान्डला बन्दरगाहबाट पनि २१ हजार ५ सय मेट्रिक टन यूरिया मल डेढ महिनादेखि रोकिएको मन्त्रालयको भनाइ छ ।

कलकत्ता बन्दरगाह बन्द भएकाले उक्त मल कान्डला बन्दरगाहबाट नेपाल ल्याउने प्रयास भइरहेको समयमा मन्त्रालय, परराष्ट्रय मन्त्रालय, भारतस्थित नेपाली राजदुतावासको कुटनीतिक प्रयासका बाबजुत पनि अहिलेसम्म उक्त परिमाणको मल ल्याउन नसकिएको मन्त्रालयको भनाइ छ ।

नेपालमा भएको लकडाउनको कारण असार दोस्रो साता नेपालमा आइपुग्ने गरी ठेक्का प्रक्रिया पूरा भएको ५० हजार मेट्रिक टन यूरिया मल हालै चलान हुने प्रक्रियामा रहेको र उक्त मल भारतको कलकत्ता हुँदै नेपाल आइपुग्न अझै डेढ महिना लाग्ने मन्त्रालयको भनाइ छ ।

यता बन्दरगाह बन्द र मजदुर अभावका कारण तेस्रो मुलुकबाट कलकत्तामा आईसकेको ५० हजार मेट्रिकटन मल १ महिना १५ दिनसम्म ब्यागिङ र लोड अनलोड हुन नसकेको कारण जेठ पहिलो साता आइपुग्ने मल हालै मात्रै भारतमा लकडाउन खुकुलो भएपछि आउने क्रम शुुरु भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले रासायनिक मल बढी आवश्यक पर्ने समय असार दोस्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजना अनुसार काम भएपनि १ लाख मेट्रिन मल कोरोना माहामारीका कारण हालसम्म बाटोमा नै रहेको उल्लेख छ ।

गत आवको तुलनामा यो वर्ष कुल परिमाणमा २५ हजार मेट्रिक टन भन्दा बढी मल आयात तथा वितरण गरिसकेको र लक्ष्यअनुरुप प्रक्रियामा रहेका रासायनिक मल समयमै आयात गर्ने सबैखाले प्रयास भइरहेको मन्त्रालयको भनाइ छ । रासायनिक मल युरिया, डिएपी र पोटासमध्ये कृषकहरुको बढी रोजाइमा युरिया मात्र पर्ने गरेको तर युरिया मल मात्रै धेरै प्रयोग गर्दा माटोको गुणसतर बिग्रने र मलबाट प्राप्त हुने फाइदा कम हुने भन्दै तीनै प्रकारका मल सन्तुलित मात्रामा मिलाएर प्रयोग गर्न आग्रह गरेको छ ।

मलको अभाव भइरहेको समयमा केही डिलर÷सहकारीहरुले बढी मूल्य लिई रासायनिक मल बिक्री वितरण गरेको भन्ने सूचना पाएको भन्दै त्यस्तो कार्यगरेमा कारबाही हुने जनाएको छ ।


क्लिकमान्डु