राष्ट्र बैंक छिर्नुअघि ग्राहकले व्यक्तिगत विवरण भर्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको ४२ बुँदे निर्देशन

क्लिकमान्डु २०७७ जेठ ६ गते १२:५४ मा प्रकाशित

काठमाडौं । राष्ट्र बैंक जाने सेवाग्राहीले कार्यालयको प्रवेशद्वारमा नै व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ । राष्ट्र बैंकले बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७ जारी गर्दै सो व्यवस्था लागु गरेको हो ।

मार्गदर्शनअनुसार अब कार्यालय प्रवेश गर्ने प्रत्येक सेवाग्राहीको व्यक्तिगत विवरण, हालको ठेगाना र सम्पर्क नम्बरसहितको विवरण कार्यालय प्रवेशद्वारमा रहेको रजिष्टरमा अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ ।

त्यसैगरी, बैंकले इन्फ्रारेड थर्ममिटरबाट कर्मचारी र सबै सेवाग्राहीको ताक्रम नाप्ने व्यवस्था मिलाउनु पर्नेछ । साथै कर्मचारीहरुले आफुसँग भेट भएका सेवाग्राहीको नम्बर र मिति नोट गरी दैनिक भेटभाट डायरीमा राख्नु पर्नेछ भने कार्यालयबाट कार्य इलाका छोडर जानको लागि सम्बन्धीत इकाईबाट अनिवार्य पुर्वस्वीकृति प्राप्त हुनुपर्नेछ ।

प्रत्येक काउण्टर र ग्राहकहरुसँग सम्पर्क हुने अन्य स्थानमा रेखाङ्कन क्युर आरडको व्यवस्थापन गर्नु पर्नेछ । बैंकहरुले अब ग्राहकबाट प्राप्त नगदलाई शुरुमा शिलबन्दी बाक्सामा बुझिलिएर केही दिनपछि किटाणुरहित गरेरमात्र गणना गरी बुझ्ने व्यवस्था मिलाउनु पर्ने छ ।

अब प्रत्येक बैंकले कोभिड(१९ सेफ्टी म्यानेजमेन्ट टिम गठन गरी सो टिमको निर्देशनमा बैंककार्यालयको सुरक्षा र सञ्चालन गर्नुपर्नेछ ।

लकडाउनको अवस्थामा पनि अत्यावश्यक सेवा अन्तर्गत बैंकिङ सेवा सञ्चालन गर्नु पर्ने भएकाले राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणबाट बच्न र सो सम्बन्धी सजक रहनको सेवाग्राही र कर्मचारी बीच आपसमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने जोखिम कम गर्न गरी कार्य सञ्चालन गर्न सो मार्गदर्शन जारी गरेको जनाएको छ ।

लकडाउनको अवधिमा बैंकिङ कार्यालय, मुद्रा विभाग तथा प्रदेस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने छ ।

राष्ट्र बैंकको ४२ बुँदे ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन,२०७७’ अनुसार बढीमा एक तिहाई कर्मचारीबाट न्यूनतम भौतिक दुरी कामय गरी सबै विभाग, कार्यायल महाशाखा, इकाईको कार्यलाई निरन्तरता दिनु पर्नेछ ।

बाँकी कर्मचारीलाई घरमा नै बसेर काम गर्ने वोर्क फ्रम होमलाई निरन्तरता दिँदै घरबाट काम गर्ने कर्मचारीलाई सम्बन्धी महाशाखा र इकाईले निर्देशन र कामको अनुगमन गर्नु पर्ने सो मार्गदर्शनमा उल्लेख गरिएको छ ।

कार्यालयमा खटाइने कर्मचारीलाई ६र६ दिनको रुटिङ मिलाउनु पर्ने र कार्यालयमा अनुवार्य रुपमा माक्स, पन्जाको प्रयोग गर्नु पर्नेछ । साथै जिल्ला बाहिरबाट आएका कर्मचारीलाई र १००।४ डिग्रीभन्दा बढी ज्वरो आएकालाई अनिवार्यरुपमा बैंकले नै १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिनुपर्ने छ ।

अतिआवश्यक भएमात्र प्रत्यक्ष बैठक बस्ने अन्यथा भर्चुअल मिटिङ्गलाई प्राथमिकता दिनुपर्नेछ । बैंठक गर्दा डब्लुएचओको मापदण्डलाई पालना गरेर मात्र बैंठक सम्पन्न गर्नु पर्नेछ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स