बैंकको ब्याज तिर्न नसकेर व्यवसायीले आत्महत्या गर्ने अवस्था आउन सक्छः भवानी राणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैंकको ब्याज तिर्न नसकेर कतिपयले आत्महत्या गर्नुपर्ने बेला आएको दाबी गरेकी छिन् ।

महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले ब्याजदरको कारण नै उद्योगीहरुले आत्महत्या समेत गर्नुपर्ने अवस्था भएको बताएकी हुन् ।

उनले बैंकिङ क्षेत्रलाई आफ्नो नाफालाई घटाएर भए पनि ब्याजदर ५ प्रतिशतमा झार्न आग्रह गरिन् । अध्यक्ष राणाले ५ प्रतिशत ब्याज घटाउनको लागि बैंकको सीइओको साथै अध्यक्षहरुसँग पनि छलफल गरेको र बैंकले आफ्नो नाफालाई घटाएर ब्याजदर घटाउन आग्रह गरेको बताएन् ।

‘यस्तै अवस्था रहेमा अर्थतन्त्र कल्पना भन्दा बाहिर जानसक्छ । बैंकको ब्यादर नघटने हो भने र सरकारले समयमा नै राहत नल्यउने हो भने उद्योगी व्यवसायीहरु सडकमा आउनु पर्ने हुनसक्छ,’ उनले भनिन् ।

उनले सरकारले राहत दिँदा रातो, पहेँलो र हरियो गरी तीन तहमा वर्गिकरण गरेर रहत दिनुपर्ने बताइन् । उनले वर्गिकरणका लागि महासंघ काम गरिरहेको समेत बताइन् ।

उनले बैंकको ब्याजमा पनि क्षेत्र हेर्न आवश्यक रहेको बताइन । उनले भनिन् ‘बैंकले दिने ब्याजमा पनि सबै उद्योगलाई एकै खालको भनेको होइन । उद्योगमा परेको असरलाई हेरेर दिने हो । अहिले सबैभन्दा बढी साना तथा मझौला उद्योगहरु, पर्यटन उद्योगमा आवश्यक छ । मौद्रिक नीति आउनु भन्दा अघी नै यो विषय टुगोमा पुग्नेछ ।’

कोरोनाले निजी क्षेत्रलाई पारेको असरको विषयमा सरकारले ध्यान दिन नसकेको समेत दाबी गरिन । सरकारले निजी क्षेत्रलाई राहत नदिए निजी क्षेत्रले त्यसको विरोध गर्नुको साथै उद्योग व्यवसाय बन्द समेत गर्नुपर्ने बताइन ।

निजी क्षेत्रले राजस्वमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको र यस्तो उद्योगलाई सरकारले सहयोग गर्न आवश्यक रहेको उनको दाबी छ ।

अहिले ५ जनामा ३ जनाले रोजगारी गुमाएको भन्दै यो विषय बजेटले पनि समावेश गर्नुपर्ने बताइन । उनले अहिले मन्त्रालयहरुको समन्वय नभएको कारण उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको राणाको भनाइ छ ।

उनले भनिन् ‘उद्योग मन्त्रालयले खोल्नु भन्ने, प्रहरी प्रशासनले नखोल भन्ने, मजदुरलाई हिँड्न नदिने गरेको छ । यसले अन्योलता बढेको छ ।’

एउटा मन्त्रालयले एउटा कुरा भन्ने र अर्को मन्त्रालयले अर्को कुरा भन्ने गरेका कारण समस्या भएको उनको तर्क छ । सबै उद्योगहरुमा क्यारेन्टाइनको समस्या हुने गरेको भन्दै कर्मचारी बसेको ठाँउबाट उद्योगसम्म पुग्न समस्या भएको बताएन ।

उनले अहिले कर्मचारीलाई पूरै तलब दिन परेको खण्डमा उद्योगधन्दा बन्द गर्नुपर्ने अवस्था आउने तर्फ पनि संकेत गरिन ।


क्लिकमान्डु