पैसाको विभिन्न रंग र हाम्रो अर्थतन्त्र



पैसाको रंग कस्तो हुन्छ ? यसको सटिक उत्तर दिन निश्चय नै गाह्रो कुरा हो । दार्शनिक तर्कहरु धेरै होलान् ।

विश्वास र व्यवसायिकताका आधारमा पैसा निलो हुन सक्छ । पुरातन हिसाबले साथै सफलताका आधारमा पैसाको रंग प्याजी हुन्छ । प्रगति उज्वल भविष्यका आधारमा पैसाको रंग हरियो हुन्छ । र, यसलाई धेरैले प्राप्त गर्न चाहन्छन् ।

शक्तिको दम्यका आधारमा पैसाको रंग कालो हुन्छ । जसको कुनै साहु हुँदैन मालिक हुन्छ । र, रंग कालो हुन्छ ।

सकारात्मक शक्तिका आधारमा पैसाको रंग सुनौलो पनि हुन सक्छ । जसको राजकीय शान हुन्छ । सायद यही आधारमा हो वा अन्य कुनै आधारमा हाम्रा पैसाका धेरै रंगहरु छन् तौलका आधारमा ।

तथापि पैसाको कुनै रंग हुँदैन भन्ने आम धारणा तथा पैसाको रंग प्रगति उन्मुख सुनौलो हुन्छ भन्ने अर्थशास्त्रीय आधारमा हेरिनु पर्छ । निश्चय नै पैसा प्रगतिउन्मुख हुन्छ । तर पैसाको रंग छुट्याउनुको अर्थ त्यसको कानूनी आधारको पहिचान गरिनु हो ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय कानूननरुपी डोरीहरुले हामी बाँधिएका छौं । हामी त्यो डोरी चुडाउँनतिर लाग्यौं भने हामी विश्वबाट एक्लिने छौं । त्यसबेला उत्पन्न हुने समस्या कोरोनाभन्दा ठूलो चुनौतिपूर्ण हुन्छ भन्दा अन्यथा नहोला ।

निश्चय नै कानूनी राज्यव्यवस्थामा त्यो अत्यन्तै महत्वपूर्ण कदम हो । अर्थतन्त्रको प्रगतिपथका लागि पैसाको रंगले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तसर्थ अर्थतन्त्रको दुहाइ दिएर पैसाको रंगलाई सफाइ गर्न वा परिवर्तन गर्न खोज्नु किमार्थ स्वीकार्य हुनु हुँदैन । विभिन्न वाहनामा यसलाई सहजीकरणको प्रयास सधै गरिरहेको हुन्छ । तर राज्यले सँधै यस्ता प्रयासलाई पराजित गर्नुपर्छ ।

विश्व महामारीले आक्रान्त पारिरहेको आजको अवस्थामा विश्व अर्थतन्त्रमा धेरै ठूलो नकारात्मक प्रभाव पारिरहेको छ । यसको दीर्घकालीन प्रभाव धेरै समयका लागि परिरहने छ । देशमा मूल्यवृद्धि, मागको अभाव, न्यून रोजगारीआदि समस्या आउने पक्का छ ।

यसैको दुहाई दिँदै पैसाको रंग हेरिनु हुन्न भन्ने तर्कहरुले अब चाँडै बजार तताउनेछन् । र, यही तातेको तावामा रोटी सेकाउनेहरु विस्तारै हाबी हुनेछन् ।

क्षणीक आवेगमा रंग नहेरिनु जायज देखिए पनि कालान्तारमा यसले अर्थतन्त्रलाई ठूलो नकारात्मक प्रभाव पर्छ भन्ने कुरामा दुईमत छैन । तसर्थ यस्ता च्याँखेबाजहरुलाई सरकारले बेलैमा तह लगाउन सक्नुपर्छ । अन्यथा हवाला काण्डहरुले देशलाई भित्रबाट खोक्रो पारिसकेको हुन्छ ।

स्रोत नखुलेको विदेशी मुद्रा भित्र्याउनुभन्दा वैदेशिक ऋण लिएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । तथापि यस्ता ऋणहरु लिँदा सर्तहरुबारे आफू सचेत हुन जरुरी छ । तसर्थ पैसाको रंग सधै सफा राख्नुपर्छ । अर्थतन्त्रको दुहाइ दिँदै कालो रंगको पैसालाई सेतो देखाउने नाममा च्याँखे थापिरहेकाहरुसँग सजग हुनु जरुरी छ ।

सम्पत्तिको स्रोत नदेखिनु वा त्यसलाई सहजीकरण गर्न खोज्नु जायज हो ? निश्चय नै होइन । चाहे त्यो ठूलो रकममा होस् वा मध्यममा होस् यो किमार्थ स्वीकार्य हुँदैन । तथापि वैदेशिक रोजगारीको ठूलो हिस्सा हाम्रो अर्थतन्त्रले ओगटेको हुँदा, यसलाई केही सहजीकरण कानूनी रुपमा गरिनुपर्छ भन्ने मान्यता भने जरुरी देखिन्छ ।

त्यसका लागि नेपाली नागरिक, गैरआवासीय नेपाली र विदेशी नागरिकले नेपालको तत् तत् क्षेत्रमा निश्चित अवधिका लागि तोकिएको रकम लगानी गर्दा नाफा लैजानसक्ने कुरामा सहजीकरणका साथै करमा विभिन्न छुट दिएर आकर्षित गर्न सक्नुपर्छ । यस्तो रकमको व्यवसायको आकारमा एउटा निश्चित लकिङ पिरियड तोकिनु पर्छ ।

यसका साथै रोजगारीको सुनिश्चितता, देशबासीका नाममा हुन जरुरी सर्त हुनुपर्छ । तर गैरआवासीय नेपालीको लगानीमा स्रोत नखोज्ने भन्ने कुरा किमार्थ स्वीकार्य हुँदैन । तर कृषि तथा अन्य उत्पादनशिल क्षेत्रमा लगानी गर्नेलाई छुटको व्यवस्था राज्यले गर्नुपर्छ ।

नेपाली वा गैरनेपालीको लगानीलाई स्वागत गरिनु अहिलेको आवश्यकता हो । त्यसकारण उक्त पैसा वा रकमको रंग राम्रोसँग जाँच्नु जति जरुरी हुन्छ, त्यत्ति अहिलेको अवस्थामा धेरै छुट दिनु पनि आवश्यक हुन्छ ।

विषम परिस्थितिको आडमा विदेशबाट यस्ता विभिन्न रंगका पैसाहरु देशभित्र आउने हुँदा सम्बन्धित निकायहरु सजग हुन अत्यन्तै आवश्यक छ । अन्यथा आजको आवश्यकता पूरा भए पनि यसले भविष्यमा हाम्रो अर्थतन्त्रका लागि नकारात्मक प्रभाव पार्छ । त्यसकारण पैसाको रंग खोजिनु अत्यन्तै आवश्यक हुन्छ ।

यस विश्व महामारीका कारण नेपाले वैदेशिक रोजगारीमार्फत् आर्जन गर्ने विदेशी मुद्रामा धेरै गिरावट आउने पक्का छ । यसले हाम्रो अर्थतन्त्रमा विदेशी मुद्रा विनियम संकट उत्पन्न हुने हुँदा यसतर्फ राज्य गम्भीर हुन आवश्यक छ । जसकारण निर्यातमूखि हाम्रो अर्थतन्त्रमा खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थ विभिन्न उद्योगका लागि चाहिने कच्चा पदार्थआदि वस्तु आयातका लागि हामीसँग स्रोत हुँदैन । जसले आर्थिक तथा सामाजिक अराजकता उत्पन्न हुन सक्छ ।

फलस्वरुप महंगी बढ्ने कुरा नकार्न सकिन्न । विदेशी मुद्रा बिनिमयका कारण देखिएको प्रभाव समष्टिगतरुपमा अर्थतन्त्रमा पर्छ । यसको असर नेपालले विश्व बैंक, आईएमएफलगायतबाट लिएको ऋणको भार बढ्दै जान्छ । हाम्रो दायित्व वृद्धि हुन्छ । तर यसैको आधारमा स्रोतबिनाको धनलाई स्वागत गर्नु हुन्न ।

विदेशी मुद्राको सञ्चिती घट्न नदिन पैसाको रंग हुन्न भन्ने अवधारणालाई आत्मसाथ गरेर त्यस्तो सम्भावित धनको स्वागत गर्नुभन्दा अन्य उपायहरुको खोजी गरिनु जरुरी छ । आयातमूखि हाम्रो अर्थतन्त्रमा आयातलाई उल्लेख्यीय कटौती गर्नुपर्छ ।

विलासी वस्तुहरुको आयातमा भारी मात्रामा रोक लगाउन सक्नुपर्छ । कालो धनलाई स्वीकार गरेर आयात गर्नु मुर्खता हो । यसका साथै आन्तरिक उत्पादनलाई बढाउने उपायहरुको खोजी गरिनुपर्छ ।

स्रोत नखुलेको विदेशी मुद्रा भित्र्याउनुभन्दा वैदेशिक ऋण लिएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । तथापि यस्ता ऋणहरु लिँदा सर्तहरुबारे आफू सचेत हुन जरुरी छ । तसर्थ पैसाको रंग सधै सफा राख्नुपर्छ । अर्थतन्त्रको दुहाइ दिँदै कालो रंगको पैसालाई सेतो देखाउने नाममा च्याँखे थापिरहेकाहरुसँग सजग हुनु जरुरी छ ।

विषम परिस्थितिको आडमा विदेशबाट यस्ता विभिन्न रंगका पैसाहरु देशभित्र आउने हुँदा सम्बन्धित निकायहरु सजग हुन अत्यन्तै आवश्यक छ । अन्यथा आजको आवश्यकता पूरा भए पनि यसले भविष्यमा हाम्रो अर्थतन्त्रका लागि नकारात्मक प्रभाव पार्छ । त्यसकारण पैसाको रंग खोजिनु अत्यन्तै आवश्यक हुन्छ ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय कानूननरुपी डोरीहरुले हामी बाँधिएका छौं । हामी त्यो डोरी चुडाउँनतिर लाग्यौं भने हामी विश्वबाट एक्लिने छौं । त्यसबेला उत्पन्न हुने समस्या कोरोनाभन्दा ठूलो चुनौतिपूर्ण हुन्छ भन्दा अन्यथा नहोला ।


पुष्प दुलाल