कोरोनाले अर्थतन्त्र र निर्जीवन बीमा क्षेत्रमा पार्ने असर र बजेटमा गर्नुपर्ने व्यवस्थाः शरण रेग्मीको लेख



चीनबाट शुरु भई विश्वभरी फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकारले मिति २०७६ साल चैत्र ११ गते देखि २०७६ साल चैत्र १८ गतेसम्मको लागि सम्पूर्ण देशलाई लकडाउन गर्ने घोषाणासहित सम्पूर्ण नागरिकहरुलाई उक्त लकडाउनको समयमा घरबाट बाहिर ननिस्किन आग्रह गरेकोे थियो । तत् पश्चात सम्पूर्ण सवारी साधनहरु (अत्यावश्यकः खाद्यान्न ढुवानी गर्ने, ग्यास तथा पेटोलियम पदार्थ ढुवानी गर्ने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सैनिक ) लगायत अत्यावश्यक सवारी बाहेक सबैलाई चल्न रोक लगाईको थियो ।

सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु (नेपाल सरकारले अत्यावश्यक भनेको बाहेक) बन्द गरिएको अवस्था थियो । तत्पश्चात नेपाल सरकारले विश्वको हालको अवस्था साथै छिमेकी देश भारतमा कोरोनाको प्रभाव समेतलाई मध्यनजर राखी पटक-पटक गरी ४ पटक थप गरी लकडाउनको समयावधी २०७७ साल बैशाख २५ गतेसम्म लम्याएको छ । कोभिड(१९ को असरले गर्दा समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

विश्वको सबैजसो देशहरुले वित्तीय क्षेत्रलाई ध्यानमा राखी आफ्ना नागरिकहरुलाई राहतको प्याकेजको घोषणासंगै नेपाल राष्ट्र बैंकले पनि ऋणीहरुलाई व्याज तिर्ने समयावधी देखि व्याजदरमा समेत सउलियत प्रदान गरेको छ । हुन त जनता अप्ठ्यारोमा परेका बेलामा यसरी राहत दिनु राज्यको कर्तव्य हुन्छ । तर पनि सहुलियतको नाममा बैंको ऋणको ठूलो हिस्सा प्रोभिजन नगर्दा त्यसको असर आगामी दिनमा वित्तीय क्षेत्रमा नपर्ला भन्न सकिन्न । यसरी बैकिङ्ग क्षेत्रमा प्रत्यक्ष असर परेसंगै त्यसको प्रत्यक्ष असर बीमा क्षेत्रमा पनि परेको छ ।

त्यसैगरी बीमा समितिले पनि सबै ग्राहक महानुभावहरुलाई लकडाउनको अवस्थामा अनलाईनबाट सेवा प्रदान गर्न निर्देशनसँगै हालको अवस्थालाई मध्यनजर राखी कोभिड-१९ को पीसीआर टेस्ट पोजेटिभ देखिनेवित्तिकै बीमाङ्क रकम भुक्तानी गर्ने गरी नयाँ बीमालेखको शुरुवात भएको छ ।

त्यसैगरी मोटरबीमाको नविकरण गर्दा दाबीरहित बोनस प्राप्त गर्न सकिने म्याद १५ दिन थप गरेको छ । जीवन बीमा तथा निर्जीवन बीमातर्फ अझै के गर्न सकिन्छ भनेर बीमा समिति दुवै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु लगायत जीवन तथा निर्जीवन बीमकसंघसँग छलफलमा जुटिरहेको छ ।

अहिले विश्वका सबै देशहरुले कोरोना भाइरस-कोभिड(१९) संगको लडाईमा आफ्नो पुरै शक्ति लगाइहेका छन् । यस महामारीको अन्त्य कहिले हुन्छ र यसले पुर्याउने असरको बारेमा आजनै आँकलन गर्न गाह्रो छ । तर पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले जारी गरेको आँकडा अनुसार समस्त विश्वको आर्थिक वृद्धिदर करिब ३ प्रतिशतले नकारात्मक हुने विश्लेषण गरिरहेको अवस्था छ । त्यसैगरी हाम्रो परिप्रेक्ष्यमा पनि केन्द्रीय तथांक विभागले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०७६/०७७ को आर्थिक वृद्धि २.२७ मा सिमिति रहने प्रक्षेपण गरेको छ ।

विश्वमा तिब्रगतिमा बढिरहेको कोरोनाबाट नेपालको रेमिटान्स क्षेत्र पनि प्रभावित हुने निश्चित प्राय भएकोछ । केन्द्रीय तथ्यांक विभागको आँकडाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा नेपाल भित्रिने रेमिटान्स कुल ग्राहस्थ उत्पादनको १९ प्रतिशतमा खुम्चिने अनुमान रहेकोछ ।

निर्जीवन बीमातर्फ हेर्ने हो भने विगतमा मासिक करिब २ अरब २० करोडको हाराहारीमा निर्जीवन बीमा व्यावसाय भइरहेकोमा हाल निर्जीवन बीमा व्यावसाय खुम्चिएको अवस्था छ । आउने दिनमा पनि प्रत्यक्ष असर रहने निश्चित छ । हाल यस क्षेत्रको सानो हिस्सा नविकरणबाट पुराभए तापनि बीमाको ठूलो हिस्सा मोटर बीमाले ओगटेकोमा मोटर बीमाको ठूलो हिस्सा नविकरण भैनसकेको अवस्था छ ।

व्यावसायलाई शुक्ष्मरुपमा नियाल्ने हो भने आर्थिक कृयाकलाप करिब ठप्प भएको अवस्थामा ट्रान्जिट बीमा हुने कुरै भएन । त्यसैगरी सरकारले ५० लाखभन्दा बढीको गाडी आयातमा रोक लगाएसँगै आगामी दिनमा मोटर बीमाको प्रिमियममा अझै कमी आउने देखिन्छ ।

त्यसैगरी हवाईजहाजको सेवा प्रदानयक कम्पनीहरु तथा होटल र पर्यटन क्षेत्रसँग आवद्ध संस्थाहरुले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर विभिन्न सेवाहरु पस्किरहेकोमा कोभिड(१९ को असरबाट उत्त दुवै क्षेत्रमा नराम्ररी असर परेसँगै त्यसबाट बीमा क्षेत्रमा प्रभाव पर्न शुरु भईसकेको अवस्था छ । यसरी समग्रमा नेपाली निर्जीवन बीमा क्षेत्रमा कोभिड(१९ को प्रत्यक्ष अपर पर्ने देखिन्छ ।

यसरी देशको कुल ग्राहस्त उत्पादनको २.०३ प्रतिशत हिस्सा बीमा क्षेत्रले ओगटेको छ । पछिल्लो समय बीमाको दायरा बढेसंगै व्यावसायमा विस्तार भईरहेको अवस्थामा विश्वब्यापी फैलिएको कोभिड(१९ को प्रभावका कारण यस क्षेत्रमा असर पर्ने हुँदा सरकारले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा निर्जीवन बीमा क्षेत्रका बारेमा निम्न बिषयहरुमा ध्यान दिन जरुरी छ । जसले गर्दा कुनै पनि प्राकृतिक विपत्ति तथा आर्थिक क्षतिमा सबै जनताहरु सुरक्षित रहने र बीमाको क्षेत्र विस्तार भई प्रत्यक्ष र परोक्ष रुपमा देश विकासमा टेवा पुग्नेछ ।

१. कृषिः

नेपाल कृषि प्रधान देश भनेर हामीले कितावमा पढेकोमा अब साँच्चै कृषिमा क्रान्ति गर्ने बेला आएको छ । यसलाई कोरोनाको सकारात्म प्रभावको रुपमा लिएर सरकारले आगामी बर्षको नीति तथा क्रार्यक्रममा कृषि क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउनु पर्दछ ।

हाल भईरहेको कृषि तथा पशुपन्छिको बीमाबाट धेरै कृषक दाजुभाईहरु लाभिन्वित भईरहेको सबैलाई ज्ञातनै छ । त्यसैगरी हाल बीमाको पहुंच गाउँगाउँसम्म पुगिसकेको अवस्थामा नेपाल सरकारका स्थानीय तहहरुबाट यस सम्बन्धमा आफना जनताहरुलाई सूसुचित गर्दै जानुपर्दछ भने बीमा कम्पनीहरुले पनि कृषि तथा पशुपन्छी बीमामा विषेश फोकस भएर कार्य गनुपर्दछ । जसले गर्दा बीमाको केही हिस्सा यस क्षेत्रले ओगट्न सक्दछ ।

२. स्वास्थ्यः

नेपालमा विगत २/४ बर्षदेखि स्वस्थ्य बीमा क्रमिक रुपमा बढीरहेको अवस्थामा नेपाल सरकारले आगामी बर्षको नीति तथा कार्यक्रममा यस क्षेत्रलाई पनि विषेश ध्यान दिएर अगाडी बढ्नु पर्दछ । सबै जनताहरु यसबाट लाभान्वित हुनेगरी बजेटमा व्यवस्था गनुपर्दछ ।

सरकारले स्वास्थ्यलाई देशभर निशुल्क गर्न सके असाध्यै राम्रो यदि होइन भने पनि सबै स्थानिय सरकार मार्फत हरेक जनाताहरुको परिवार सहितको स्वस्थ्य बीमामा विशेष जोड दिनसकेमा यसबाट सबै जनताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने देशभरका सबै अस्पताहलहरुले पनि यसबाट ठुलो व्यावसाय प्राप्त गर्नेछन् । यसरी स्वास्थ्य बीमालाई लागु गर्न सकेमा समस्त आर्थिक क्षेत्रको विकाससँगै निर्जीवन बीमाको एउटा हिस्सा यसले कभर गर्नेछ । त्यसैगरी सरकारले पनि परोक्षरुपमा यसबाट लाभान्वित हुनेनैछ ।

३. घर बीमा (सम्पत्ती) बीमाः

२०७२ सालको महाभुकम्पले हामीलाई ठूलो पाठ सिकाएर गएको थियो । तर आज हामीले विस्तारै त्यसलाई बिर्सिसकेका छौं । महाभुकम्पले नेपालमा अब बस्ती विस्तार र बस्ती विकास गर्ने बेला भएको संकेत दिएको थियो । तर न त नेपाल सरकारले नै त्यसलाई बुझ्न सक्यो न त हामी नेपालीहरुले नै प्रकृतिले दिएको त्यो सूचनालाई मनन गर्न सक्यौं । अन्तत जस्ताको त्यस्तै देशभर वस्तिहरु यत्र तत्र छरिएरै रहे जसले गर्दा ती वस्तिहरु सुविधा सम्पन्न बस्ती तथा साना साना शहरहरुमा परिणत हुनबाट पुनः बन्चित नै भए ।

उक्त भुकम्पमा परी लाखौं घरहरु ढले र कति आजसम्म पनि पुननिर्माण हुन सकेका छैनन् । यसमा पनि म बीमालाई जोड्न चाहन्छु । र, जसले आफनो घरको बीमा गर्नुभएको थियो तुरुन्त केही समयमा नै घर तयार गर्न सफल भए ।

तर जनसंख्याको ठुलो हिस्सा यसबाट बन्चित नै रह्या्े । यसलाई पनि पुनः मनन गरेर आगामी बर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा नेपालका सबै गाउपालिका, नगारपालिका भित्रका सबै घरहरु अनिवार्य बीमा गर्र्नेे गरी स्थानिय सरकार मार्फत व्यवस्था तथा सुपरिवेक्षण गर्ने गरी बजेटमा व्यवस्था गर्न सकेमा समय समयमा आउने कुनै पनि प्राकिृतिक विपत्तिहरु जस्तै भुकम्प, बाढी पहिरो, आँधेबेहरीलगायत कुनै पनि घटनाबाट हुने क्षतिबाट जनताको सम्पत्ती सुरक्षित रहन सक्छ ।

अर्कोतर्फ देशको कुल ग्राहस्र्थ उत्पादन (जिडिपि)को एउटा हिस्सा ओगटेको बीमा क्षेत्रको विस्तारमा पनि टेवा पुग्दनेछ । बजेटमा निम्न वर्गका सबै जनताहरुको घर बीमा स्थानीय सरकारलेनै गरिदिने गरी अनिवार्य घर र सम्पत्तीको बीमा लागु गर्ने गरी व्यवस्था गर्न सकेमा वित्तीय क्षेत्र लगायत निर्जीवन बीमाको विकास र विस्तारमा टेवा पुग्नुको साथै अन्नत प्रत्यक्ष र परोक्ष रुपमा देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।

४. कृषि, जडिबुटीमा आधारित साना र मझौला उद्योगः

नेपालको जनसंख्याको एउटा हिस्सा रोजगारीको सिलसिलामा मलेशिया, लगायत खाडी मुलुक साथै विश्वको अन्य देशहरुमा कार्यरत रहेकाछन् । कोभिड (१९ को विश्वव्यापि प्रभावका कारण तत् देशहरुबाट केही प्रतिशत नेपाली जनसंख्याहरुको मात्र रोजगारी गुमेको कारणले आफ्नै देशमा फर्किने अवस्थाको सिर्जना हुन सक्ने देखिएकोछ ।

यस परिपेच्छमा सरकारले आगामी बर्षको नीति तथा कार्यक्रम तयार गर्दै गर्दा त्यस्ता जनसंख्या जो विदेशमा विभिन्न पेशमा कार्यरत भै स्वदेश फर्केमा उनिहरुलाई समेत समेट्ने गरी घरायसी, कृषि तथा जडिबुटीमा आधारित साना र मझौला उद्योग खोल्न तथा संचालन गर्न प्रोत्सहान सहितको बजेट ल्याउनु पर्छ । यसो गरेको खण्डमा देशमा रहेका अशिक्षित, अर्धशिक्षित र शिक्षित जनसक्तीले पनि आफैं मालिक भएर वा रोजगारीको रुपमा कार्यगर्न सक्ने गरी वातावरण बनाउन सकेमा पनि यसबाट एकातिर युवा जनशक्तिहरुले आफ्नै देशमा रोजगारी प्राप्त गर्नेछन् ।

साथै यसबाट उत्पादनमा असाध्यै ठूलो सकारात्मक अवस्था सृजना भई नेपालले यस्ता उद्योगहरुबाट उत्पादित बस्तु तथा सेवाहरु विदेशमा निर्यात समेत गर्न सक्ने वातावरणको सिर्जना भई ५(१० बर्ष भित्रमानै नेपाल विकसित देशहरुको पंक्तिमा लम्किनेछ । यसबाट समस्त आर्थिक क्षेत्रको विकास हुनेछ । बैंक तथा वित्तीय क्षेत्रले लगानीको ठूलो क्षेत्र प्राप्त गर्नेछ भने बीमा क्षेत्रलाई पनि कोरोनाको असरबाट पर्ने व्यावसायको केही हिस्सा प्राप्त हुनेछ ।

अर्कोतर्फ देशको हिमाली र पहाडी क्षेत्रमा रहेका हजारौं जडबुटीहरुको प्रयोगबाट धेरै खाद्य बस्तु, औषधी जन्य बस्तुहरु लगायत कस्मेटीकको क्षेत्रमा देशले ठूलो फड्को मार्न सक्षम हुनेछ ।

माथि उल्लेखित लगायत यस्ता क्षेत्रहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिन सकेमा विस्तारै देशमा ठूला ठूला करकारखानाहरु खोलिनेछन् जसबाट देशमा उत्पादन हुने सबै विद्युतको खपत देश भित्रको उद्योगहरुमा भई देशले पुनः केही बर्षमानै विकासको गति लिनेछ । एकदिन नेपाल पनि विश्वको सामू एक विकसित देशकोरुपमा अगाडी बढ्नेछ ।

५. वित्तीय क्षेत्रलाई डिजिटाइजेनः

हालको लकडाउनको अवस्थामा नेपालका लगभग सबै वित्तीय क्षेत्रले आफनो पहुँच अनुसार डिजिटलको प्रयोग गरेर अनलाइन सेवा प्रदान गरिरहेका छन् । के यो सेवा प्रयाप्त छ त ? यस सम्बन्धमा पनि नेपाल सरकारले जारी गर्दै गरेको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा उचित व्यवस्था सहित लकडाउन खोले लगतै हरेक क्षेत्रलाई सम्भाव्यताको आधारमा डिजिटाइजेसनमा लाने गरी व्यवस्था गर्न सकेमा हरेक क्षेत्रमा खर्च भई रहेको संचालन खर्चको ठूलो धनरासी बचत हुनेछ ।

त्यसैगरी बैंकिड, बीमा, सानो सानो व्यापार लगायत हरेक खरिद तथा बिक्रीमा पनि विभिन्न अनलाईन तथा मोवाइलको माध्यामबाट सेवा लिनेदिने बानी बसाल्ने गरी बजेटमा व्यवस्था गर्नुपर्ने हुन्छ । कोरोना भाइरसको विश्वव्यापि फैलिएको महामारीको अवस्थालाई सकारात्मक रुपमा लिएर नेपाललाई डिजिटाइजेसनमा लाने यो सुनौले अवरका रुपमा प्रयोग गर्न सबै क्षेत्र चुक्नु हुंदैन जस्तो मलाई लाग्दछ ।

त्यसैगरी आगामी दिनहरुमा बीमा क्षेत्रले पनि आफूलाई डिजिटाइजेसनमा लानको लागि नियमक निकाय बीमा समिति र सम्बन्धित क्षेत्रले समयमानै व्यवस्था गर्न सकेमा खर्चमा कटौती भई छिटो, छरितो र सहुलियत दरमा ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्न सक्नेछन् ।

६. जनताहरुको रहन-सहन, भेषभुषा, खान-पानसहित समष्टिमा परिवर्तनः

सरकारले आफ्ना ३ वटै स्थानीय तहका सरकारहरुमार्फत् कोभिड(१९ पछिको अवस्था र त्यसमा जनताले खेल्नुपर्ने अहम् भूमिका सहितको नीति तयार गरी सबैलाई सुसुचित गर्न सकेमा पनि यसले देशमा उत्पादित बस्तुहरुको प्रयोग गर्ने बानि बस्नेछ । र, अन्त्यमा नेपाल र नेपालको उत्पादनतर्फ सबैको ध्यान जानेछ ।

आज कोभिड-१९को असरबाट कोही पनि अछुतो रहन सकेन यसले धनी (गरिब, ठूलो-सानो, जात-जाति, धर्म, पेशा, मालिक-नोकर सबैलाई एकै स्थानमा ल्याईदिएको अवस्थालाई हामी सबै नेपालीहरुले मनन् गरेर आगामी दिनमा सोही वमोजिम आफूलाई प्रस्तुत गर्न सकेमा पनि अन्तत देश विकासमा ठूलो टेवा पुग्नेछ । जसको फलस्वरुप वित्तीय तथा बीमा क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । अन्तत देश विकासमा यसले ठूलो भूमिका खेल्नेछ ।

अन्तमा जसरी २०७२ सालको महाभुकम्पले एउटा पाठ सिकाएर गएको थियो । त्यसैगरी कोरोना भाइरस (कोभिड(१९) ले पनि प्रकृतिको नजरमा सबै बराबरी हुन्छन् ।

प्रकृतिको विपरित कोही पनि जान सक्दैन भन्ने पाठ सहित पुनः नेपाललाई कृषि, जडिवुटी लगायत शिक्षा, स्वास्थ्य आदिमा ध्यान दिएर सोही वमोजिमको कार्य गर्दै साना मझौला तथा विस्तारै ठूला उद्योगहरु संचालन गरी विकसित नेपाल बन्नको लागि प्रेरणा दिएको छ । यस अप्ठ्यारो परिस्थितीलाई अवसरको रुपमा परिणत गर्न सकेमा हामी नेपाली साँच्चिनै समृद्ध नेपालका नागरिक भएर विश्वको सामू शिर ठाडो गर्न सक्नेछौं ।


पुष्प दुलाल