बजेट मार्फत सेयर लगानीकर्ताको ब्याज मिनाह गर्नुपर्ने माग



काठमाडौं । कोरोनाको कारण विश्वको अर्थतन्त्रमा निकै असर देखिएको छ । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि रहेको छ । कोरोनाले अर्थ व्यवस्थामा समस्या पारिरहेको समयमा सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने निकै चटारो रहेको छ ।

यो बेला आगामी आवमा सरकारले ल्याउने बजेटमा कुन विषय वा कुन मन्त्रालय, कुन आयोजनालाई बढी प्राथमिकतालाई राख्ने भन्ने विषय पनि पेचिलो बन्दै गएको छ ।

अवस्था सामान्य भएको थियो भने बजेटको लागि धेरै निकायले राय दिइसक्ने थिए । अहिले कोरोनाको कारण त्यसो हुन सकेको छैन । तर सरोकारवाला निकायले अर्थमन्त्रालयमा पुगेर लिखित वा मौखिक रुपमा राय दिइसकेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा आफ्ना माग समावेश गर्न सेयर लगानीकर्ताहरुले पनि सुझाव राख्न थालेका छन् ।

लगानीकर्ताहरुले आगामी आवको बजेटमा सेयर बजारको लागि पनि राहत हुने खालका योजना ल्याउन सुझाव दिएका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले गैर आवासीय नेपालीलाई ल्याउने हो भने हो, हैन भने हैन भन्नुपर्ने बताए ।

सरकारले पुँजी बजारमा गैर आवासीय नेपालीलाई भित्र्याउने भनेर ४ वर्षदेखि लगानीकर्ता मात्रै झुक्याउने काम भएको उनको तर्क छ । उनले बैंकले दिने मार्जिक कल ८० प्रतिशत पुर्याउनु पर्ने वा बैंकको तजबीजमा छोडनु् पर्ने बताए । आगामी बजेटले बैंक ब्याजदर १० प्रतिशत भन्दा कम गर्नुपर्ने सुझाव दिएका छन् । अहिले सरकारले दिर्घकालिन लगानिकर्तालाई टेडर्स जस्तो व्यवहार गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गरेका छन् । भारित औसत गणनाविधिमा अन्योलता कायम नै रहेको भन्दै उक्त अन्योलता कम गर्न सरकारले काम गर्नुपर्ने सुझाव दिए ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने काममा अझै अन्योलता रहेको भन्दै त्यो अन्योलता तत्काल कम गर्न आवश्यक रहेको उनको सुझाव छ । बैंकको सबै शाखाबाट सेयर कारोबार गर्न सकेको खण्डमा बजारको विकास हुने उनको बुझाई छ । सेयर बजार अर्थतन्त्रको ऐना भएकाले बजार र लगानीकर्ताको हितमा हुने विषय बजेटमा समावेश गर्न अध्यक्ष रौनियारको सुझाव रहेको छ ।

यता नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अहिलेको अवस्थामा सरकारले केहि महिनाको निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिने, आर्थिक सहयोग र अनुदान उपलब्ध गराउने लगायतका योजना ल्याउन आवश्यक रहेको बताइन् । सरकारले आगामी बजेटमा समग्र आर्थिक प्याकेज घोषणा गरेर उद्योगी, व्यवसायी, व्यापारी, सेयर कारोबारी सबैलाई ढुक्क बनाउन जरुरी रहेको उनको भनाई छ ।

सेयर बजारको लागि आगामी आवको बजेटमा मार्जिन ६५ प्रतिशतबाट ८० प्रतिशत पुर्याउनु पर्ने बताइन् ।
बैंकको ब्याज ५ देखि ७ प्रतिशतमा झार्ने, नागरिक लगानी कोष, म्याचुअल फण्ड लगाएतका कोषलाई सेयर किन्न लगाउने सुझाव मन्त्रालयलाई दिएको उनको भनाई छ ।

यस्तै बैंक तथा बत्तिय संस्थालाई बिग मर्जरमा लैजान,अक्सन मार्केट तुरुन्त कार्यान्वायनमा ल्यांउन, सेयरको बिक्री चाप घटाई खरिद चाप बढाउने, क्रस होल्डीङको दायरा ब्यापक बढाउने र क्यापिटल गेन ट्याक्स नै अन्तिम ट्याक्स बनाउँनु पर्ने सुझाव दिएको बताइन ।

यता सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेले पनि बजारको सुधारको लागि सरकारले केही राहतको प्याकेज ल्याउनु पर्ने बताए । नेपालको पुँजी बजारलाई अत्याधुनिक प्रविधि मैत्री बनाउनको लागि पूर्ण अनलाईन प्रणाली विकास गर्न ठोस योजना ल्याउनु पर्ने बताए । यो भएको खण्डमा लगानीकर्ताले जुनसुकै समयमा पनि सहजै सेयर कारोबार गर्न पाउने बताए ।

यस्तै पुँजी बजारमा गैर आवासीय नेपालीलाई भित्र्याएर विश्वबाट सेयर कारेबार गर्ने व्यवस्था मिmलाउनको लागि नीतिगत व्यवस्था गर्नु पर्ने बताए । सरकारले आगामी आवको बजेटमा बैंक तथा वित्तीय संस्थाबाट लिएको सेयर कर्जाको मार्जिन कल ३ महिनासम्म स्थगन गर्ने र नयाँ कर्जाको लागि मार्जिन सुविधा ८० प्रतिशत पुर्याउनु पर्ने सुझाव रहेको छ ।

यस्तै आगामी आवको बजेटमा नागरिक लगानी कोष, सञ्चयकोष जस्ता सरकारी लगानी भएका संस्थाहरुलाई सेयर बजारमा प्रवेश गराइ सेयर खरिद बिक्री गर्न लगाउनु पर्ने उनको सुझाव रहेको छ ।

आगामी आवको बजेटले बैंक तथा वित्तीय संस्थाले दिँदै सेयर ऋणको सिमा प्राथमिक पुँजी कोषको १०० प्रतिशतसम्म पुर्याएर सेयर ऋणको सिमा बढाउनु पर्ने, कुनै पनि सूचिकृत संस्थाले आफ्नो सेयर खरिद गर्न पाउने व्यवस्था तत्काल गर्नु पर्ने फुल्लेलको सुझाव छ ।


क्लिकमान्डु