अब डिजिटल बिजनेशनलाई व्यापक बनाउनुको विकल्प छैनः प्रवीणरमण पराजुलीको बिचार



C

कोरोना भाइरसको महामारी फैलिएका कारण विश्वमा नै आर्थिक गतिविधि ठप्प भएका छन् । यसले नेपालमा पार्ने असर भनेको नेपाल अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कति निर्भर छ, त्यसअनुसारको असर हाम्रो अर्थतन्त्रमा पनि पर्छ ।

अबको दिनमा नेपालबाट बैदेशिक रोजगारीमा जानेहरुको रोजगारी गुम्नुका साथै विदेशमा रोजगारी पाइरहेकाहरु पनि नेपाल फर्किनुपर्ने अवस्था आउनसक्छ ।

नेपालले अहिले नै बैदेशिक रोजगारीमा जान बन्द गरिसकेको छ । यसको प्रत्यक्ष असर रेमिट्यान्समा देखिन्छ । साथै मानिसको उत्पादन क्षमता घटेर आर्थिक गतिविधिहरु सुस्त हुन जान्छ ।

अहिलेको परिस्थिति सामान्य अवस्थामा आउन थालेपछि आन्तरिक आर्थिक गतिविधिहरुलाई बिस्तारै बढाउन सक्छौं । आन्तरिक रोजगारी सिर्जना गरेर रोजगारीबाट विस्थापित भएकालाई पुनः आन्तरिकरुपमा नै रोजगारी दिन सक्यौं भने मानिसको उत्पादन क्षमता घट्दैन र आर्थिक गतिविधिहरु चलयामान रहन्छ ।

आन्तरिक रोजगारीका अवसरहरु सिर्जना गरेर नै हामीले अन्तर्राष्ट्रिय चुनौतीलाई जित्न सक्छौ । बैदेशिक रोजगारी मात्र नभएर मुलुकभित्रका नै पर्यटन, हवाइ उड्डयन, होटल, रेस्टुराँ, आन्तरिक पर्यटन, ट्राभल आदिमा परेको असर र त्यसबाट विस्तापित भएकालाई पनि अन्य क्षेत्रमा रोजगारीको अवसर सिर्जन गर्नु सक्नुपर्छ ।

आर्थिक दृष्टिकोणबाट हरेक क्षेत्रलाई यसको नकरात्मक प्रभाव परिरहेको छ । यसमा बीमा क्षेत्रपनि अछुतो छैन । तर सामाजिक जीवन बीमाको क्षेत्रमा भने आजको परिस्थीतिको भूमिका बढेको छ ।

बीमाको पहिलो उद्देश्य अनिश्चितता वा भैपरी आउने जोखिम बहन गर्नु हो । यस्ता खालका जोखिमहरु हिँजोको दिनमा पनि बीमा कम्पनीहरुले दिएको पोलेसीमा र भोलिका दिनमा दिने पोलेसीहरुले पनि कभर गर्छ ।

नेपालमा आज पनि बीमाको लागि चेतनाको नै कमी छ । भूकम्पपछि मानिसमा बीमा गर्नुपर्छ भन्ने भाव बढेको थियो । त्यससँगै नयाँ बीमा कम्पनीहरु आए, त्यसले ७/८ प्रतिशतमा रहेको बीमा पहँचलाई २०/२१ प्रतिशत पुर्याएको छ । अब कोरोना भाइरसको कारणले गर्दा पनि मानिसमा बीमा सम्बन्धी जागरुकता बढ्छ ।

बीमाको जागरुकता मानिसमा बढेपनि बीमा व्यवसाय नै बढ्नको लागि भने आर्थिक गतिविधिहरु कुन अवस्थामा रहन्छ त्यसमा भरपर्छ । हिजोको दिनमा नै रहेको अर्थ व्यवस्थामा फर्किनका लागि मानिसको उत्पादन तथा प्रशोधन क्षमतामा ह्रास आउन दिनु हुँदैन ।

त्यसैले अब तल्लोस्तरबाट नै माथि आउनको लागि नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ । यस्ता खालका चुनौतीलाई समना गर्ने सार्मथ्य रहन्छ भने त्यस्ता चुनौतीलाई पनि अवसरको रुपमा हामीले राम्रो सर्भिसहरु दिन सक्छौं ।

यसलाई अवसरको रुपमा लिनका लागि केही चुनौती छन् । हामीले वेव अप्रेसनलाई चेन्ज गर्नुपर्ने हुन्छ । आजको दिनसम्म हाम्रो धेरै कामहरु फिजिकल मुमेन्टका आधारमा भइरहका छन् ।

मानिसले मानिसलाई व्यवसाय बढाउन सक्ने अवस्था धेरै छैन । एजेन्सीको आधारमा ९९ प्रतिशत बीमा व्यवसाय सञ्चालन भइरहेको छ । एजेन्सीकै माध्यमबाट व्यवसाय गर्दापनि टेक्नोलोजी नीतिगत व्यवस्थाका कारण, पहुँच र चेतनालगायतका कारणले प्रयोग गर्न सकिरहेका छैनौं ।

आजको दिनको आवश्यकता भनेको सामाजिक दुरीको कायम गर्नु हो । आगामी दिनमा हामीले सामाजिक दुरी कायम राख्दै व्यवसाय कसरी बढाउन सकिन्छ त्यसको गृहकार्य आजैबाट गर्नुपर्छ ।

एजेन्सीको माध्यमबाट पनि कम्पनीहरुले अनलाइन अर्थात् डिजिटल प्रविधिको प्रयोग गरेर आफ्नो व्यवसाय बढाउन सक्छन् । जसमा नीतिगत सीमितता भएमा त्यसलाई जतिसक्दो छिटो खुकुलो बनाउनुपर्छ ।

एजेन्सीले पनि टेक्नोलोजीको प्रयोग गरेर पोलिसी बिक्री गर्न सक्ने वा कुनै ग्राहकले सीधै कम्पनीबाटै पोलिसी खरिद गर्न चाहन्छ भने पनि अनलाइनमार्फत् गर्न सक्ने हुनु आवश्यक छ ।

प्रविधिको प्रयोग गर्दै यस्ता अवसरहहरु बीमा क्षेत्रमा गर्न सकियो भने अहिलेको अवस्थाबाट बाहिर निस्किएर पनि अवसरको रुपमा लिएर बीमाको पहुँच वृद्धि गर्दै व्यवसाय बढाउन सकिन्छ ।

नेपालको बीमा क्षेत्रमा धेरै टेक्नोलोजीको प्रयोगबाट व्यवसाय गर्न सकिने वातावरण अझै पूर्णरुपमा भइसकेको छैन । टेक्नोलोजीबाट बीमा व्यवसाय गर्दा एजेन्सीको पनि सहयोग आवश्यक पर्छ ।

एजेन्सीहरुलाई डिजिटल्ली बनाउन सकियो भने उनीहरुबाट आएको बिजनेश पनि डिजिटल्ली नै रि–ओपन गर्न सकिन्छ । ग्राहकले सिधै कम्पनीबाट पोलिसी खरिद गर्ने र एजेन्सीको माध्यबाट खरिद गर्ने दुवै व्यवस्थालाई अगाडि लान सकिन्छ ।

हिँजोका दिनमा एजेन्सीहरु ग्राकहको घरमा नै पुगेर बीमा पोलेसीहरु बिक्री गथ्र्यो भने भोलिको दिनमा त ग्राहकले नै त्यसलाई अस्वीकार गर्छन् । संक्रमणको कारण एजेन्सीले होस् या ग्राहक उनीहरुले सामाजिक दुरी त कामय नै गर्न खोज्छन् ।

त्यसैले एजेन्सीको माध्यमबाट आउने व्यवसायलाई उनीहरुको आवश्यकता अनुसार डिजिटल माध्यममा लानु आवश्यक छ । त्यसैले यो बदलिन्दो परिस्थीतिमा कम्पनी, एजेन्सीवा ग्राहकले कसरी व्यवसाय कसरी बढाउने र अहिलेको मापदण्ड र आवश्यकतालाई पूरा गर्ने अहिलेको भन्दा भिन्न ढङ्गबाट चल्नु पर्छ ।

त्यसको विकल्प भनेको हामीले जति सक्दो डिजिटल प्लेटफर्म मानिसको पहुँचमा पुर्याउन सकेमा त्यसले एजेन्सीको माध्यमबाट हुने बिजनेस, ग्राहकले सिधै कम्पनीबाट गर्ने वा अन्य कुनै माध्यमबाट गर्ने व्यवसाय सबैलाई सहयोग र प्रोत्साहन गर्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल