कोरोनाको राहत दुरुपयोग नहोस्, व्यवसाय चल्न दिनुपर्छः पूर्वअर्थमन्त्री डा. रामशरण महतको बिचार



कोरोना भाइरसले अहिले नेपाल मात्रै होइन, विश्वव्यापी अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ ।कोरोनाले चीनमा महामारीको रुप लिने बेलामै मैले यसले विश्वव्यापी अर्थतन्त्रमा असर पार्छ । यसबाट मुक्त रहन सकिन्न भनेको थिएँ । अहिले त यसले विश्व अर्थतन्त्रमा अत्यन्तै गहिरो आर्थिक मन्दी ल्याइदियो ।

संयुक्त राष्ट्र संघका महासचिवले पनि आर्थिक मन्दीको विषयमा भनिसकेका छन् । यो संकट विश्वयुद्धपछिको सबैभन्दा ठूलो संकट हो । संयुक्त राष्ट्र संघको स्थापनापछिको सबैभन्दा ठूलो असर हो ।

अर्थतन्त्र अगाडि बढ्ने भनेको आयको अवसर सिर्जना हुनु हो । रोजगारीको अवसर सिर्जना हुनु हो । राष्ट्रिय आय बढ्नु हो । मानिसको जीवनस्तर माथि उठ्ने हो । तर यी सबै रोकिने भए । आम्दानीका स्रोतहरु रोकिएका छन् भने राष्ट्रका ढुकुटी पनि घट्न जाने छ । त्यसैले यसले जनताको जीवनस्तरमा प्रतिकुल असर पार्ने निश्चित छ ।

ब्याजमा पनि छुट दिनुपर्छ । सञ्चालनका लागि लिइने ऋणको ब्याज घटाइदिनुपर्छ । यस्ता प्रकारका छुट दिनुपर्छ ।
बैंकिङ क्षेत्रमा तलरताको समस्या न्यनूनिकरण गरेर रिफाइनान्स गर्नुपर्छ । कर्जाको ब्याज घटाउने गर्नुपर्छ । यस प्रकारको नीति ल्याउनुपर्छ । कर तिर्नुपर्ने अवधिलाई पुनरतालिकिकरण गरिदिनुपर्छ ।

सरकारले अर्थतन्त्रमा महलम लगाउनका लागि राहतको प्याकेज ल्याएको छ । यो सकारात्मक छ । तर पर्याप्त छैन ।
जो दैनिक ज्यालाको भरमा जीवन चलाइरहेका छन्, उनीहरुको अब अर्को आम्दानीको स्रोत छैन । त्यस्तोलाई राहत दिनुपर्ने हुन्छ । र, त्यसका लागि मापदण्ड आवश्यक छ ।

मापदण्डबिना दिनु पनि हुँदैन । हिँजोका दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता कार्यक्रम हुनु हुँदैन । न्यायिक वितरण हुनुपर्छ । दुरुपयोग हुनुहुँदैन । त्यसमा सचेत हुनुपर्छ ।

हिँजोका दिनमा बेरोजगारलाई दिने भनिरहेको रकम दुरुपयोग भएको छ । कृषिलाई दिने ठाउँमा अनुदानमा दुरुपयोग भएको छ । कृषिमन्त्री स्वयमले नै यसमा दुरुपयोग भएको भनिसक्नु भएको छ । त्यस्तो हुनु भएन ।

त्यसैगरी, आर्थिक क्रियाकलाप वृद्धि गर्नका लागि सबै पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, हवाई कम्पनी र यातायात कम्पनीलाई पनि राहतको व्यवस्था गरिदिनुपर्छ । अहिले चैत मसान्तमा दिनुपर्ने किस्तालाई असार मसान्तसम्म सारिएको छ । तर त्यो पर्याप्त छैन ।

आम्दानी नै छैन भने तिर्न सक्ने अवस्था हुँदैन । ब्याजमा सहुलियत दिनुपर्छ । पुनरकर्जाको व्यवस्था गरिदिनुपर्छ ।

ब्याजमा पनि छुट दिनुपर्छ । सञ्चालनका लागि लिइने ऋणको ब्याज घटाइदिनुपर्छ । यस्ता प्रकारका छुट दिनुपर्छ ।
बैंकिङ क्षेत्रमा तलरताको समस्या न्यनूनिकरण गरेर रिफाइनान्स गर्नुपर्छ । कर्जाको ब्याज घटाउने गर्नुपर्छ । यस प्रकारको नीति ल्याउनुपर्छ । कर तिर्नुपर्ने अवधिलाई पुनरतालिकिकरण गरिदिनुपर्छ ।

विदेशबाट आउने कच्चा पदार्थमा भन्सार करमा छुट दिनुपर्छ । अहिले विकास निर्माणका काम पनि ठप्प भएको छ ।
त्यसैले अहिले जुन व्यवस्था गरिएको छ । सामाजिक र भौतिक दूरी कायम राख्दै साना व्यवसाय चल्न सक्छन् भने छुट दिनुपर्छ । अहिले गहुँ काट्ने समय हो । मकै छर्ने समय हो ।

जीडीपीमा २७ प्रतिशतबढी कृषिबाट आउने भएकाले खेतिपाती अगाडि बढाउनका लागि लकडाउनको अवधिमा पनि छुट दिनुपर्छ । सामाजिक दूरी राखेर पनि चलाउन सक्ने क्षेत्रमा खुला गरिदिनुपर्छ । व्यवसाय चल्न दिनुपर्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल