कोरोनाको असरले यसरी घट्छ सेयरधनीको लाभांशः शोभनदेव पन्तको लेख



जनवरी २०२० मा चीनको हुवान प्रान्तमा कोरोना भाइरस देखिएको हामीले समाचार पढ्यौं । त्यसको एक महिनापछि फेब्रुअरीमा हामीले कोरोना भाइरसबाट बच्नका लागि सेनिटाइजरको प्रयोग, २० सेकेन्डसम्म नियमित हात धुनुपर्ने कुरा पनि जान्यौं ।

अप्रिलसम्म आइपुग्दा कोरोना भाइरसका कारण विश्वका सबैजसो देश अहिले लकडाउनमा बस्न बाध्य छन् । विश्वभरी नै आर्थिक गतिविधि कोमामा गएजस्तै भएको छ ।

सन् २००८/९ मा देखिएको आर्थिक मन्दी अमेरिका र युरोपमा मात्रै सीमित भएका बेलामा कोभिड १९ ले ल्याएको आर्थिक मन्दीले पूरैविश्वमै असर पारेको छ । र, त्योभन्दा अझ खराब अवस्था ल्याएको छ ।

यो आर्थिक क्षेत्रका लागि फरक असर हो । जुन आधुनिक अर्थतन्त्रमा पहिले कहिल्यै पनि देखिएको थिएन । एक सातादेखि अर्को साता हुँदै यो अहिले हरेक क्षेत्रमा होटल रेष्टुराँदेखि विमान कम्पनीसम्म असर पारेको छ । साथै यसका कारणले अर्थतन्त्रमा ठूलो घाटा भइरहेकोछ ।

मानवीय संकटसँगै कसरी रिकभरी हुन्छ भन्ने कसैले अनुमान गरेको छैन । यो त विश्व नै अदृश्य शत्रुसँग लडाइ लडेको जस्तो भएको छ । यो सन् १९३० मा आएको विश्वव्यापी अर्थतन्त्रमा परको असर जस्तै भएको छ ।

आजसम्म नेपालमा जम्मा ९ जनामा यो रोग लागेको पुष्टि भएको छ जसमध्ये १ जना निको भइसकेको अवस्था छ भने बाँकीको अहिलो उपचार भइरहेको छ । आशा र प्रथार्ना गरौं कि यो अवस्था यहाँभन्दा खराब नहोस् ।

जे भए पनि आजका दिनसम्म यसले अर्थतन्त्रमा असर गरिसकेको छ । अर्थतन्त्रमा भएको यो संकट समाधानमा केन्द्रीय बैंक एक्लै पनि केही गर्न सक्ने अवस्था रहन्न ।

अहिले वित्तीय क्षेत्रसँगै प्रत्यक्षरुपमा पर्यटनजस्ता क्षेत्रमा ठूलो असर गरेको छ । यी क्षेत्रहरु रिकभर हुनका लागि पनि एकदेखि डेढ वर्षसम्म लाग्ने देखिएको छ ।

किनभने पर्यटन क्षेत्र रातारात सम्हाल्न सकिने क्षेत्र होइन । र, कोरोना भाइरसको असर छिट्टै हट्नेवाला पनि छैन । सबैभन्दा पहिले त पर्यटकहरुमा आत्मविश्वास जगाउनु महत्वपूर्ण हुन्छ । दोस्रो यस संकटले मारमा परेको क्षेत्रलाई फेरि पुनर्तार्जगी गराउनुपर्छ ।

अन्य देशको संकटको तुलनामा नेपालको संकट अझ ठूलो हुन्छ । किनभने आत्मनिर्भर छैनौं । झण्डै ३० प्रतिशत जति जीडीपीमा रेमिट्यान्सको हिस्सा छ । र, आर्थिक गतिविधिको मेरुदण्ड नै बनेको छ ।

साथै सरकारको कोषमा पनि आयातबाट आर्जन हुने राजस्वको हिस्सा ठूलो छ । साथै नेपालको वित्तीय क्षेत्रमा कर्जाको क्षेत्रमा पनि यसले ठूलो असर गर्नेछ । जसको प्रेसर बैंकिङ क्षेत्रमा पर्नेछ भने निष्क्रय कर्जाको मात्रा बढ्नेछ ।

रेमिट्यान्स घट्दा यसले माग र आपूर्तिमा पनि समस्या सिर्जना गर्नेछ । यद्यपि रेमिट्यान्स कुन तहसम्म झर्छ भन्ने अहिले नै बताउन सकिने अवस्था छैन ।

नेपालका बैंकहरुमा अहिले देखिएको पुँजी र तलरता कस्तो हुनेछ त्यो पनि हेर्न बाँकी छ ।

आर्थिक संकटले गर्दा जीडीपी पनि ५ देखि ७ प्रतिशतले घट्ने आँकलन गरिएको छ । साथै बैंकको कर्जामा ठूलो असर पर्नुका साथै बढ्ने खराब कर्जाका कारण सेयरधनीहरुले पाउने लाभांशमा समेत असर गर्ने देखिन्छ ।


पुष्प दुलाल