नयाँ गभर्नरलाई बैंकर्स संघका अध्यक्षको सुझावः थोरै नोटमा हस्ताक्षर गर्नुस्, हामी सहयोग गर्छौ



नयाँ गभर्नर महाप्रसाद अधिकारीज्यूले वाणिज्य बैंकको सीइओ भएर पनि काम गरिसक्नु भएको छ । यो हाम्रा लागि साह्रै सकारात्मक पक्ष हो । चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ । रेगुलेसन र सुपरिभिजनमा पनि लामो समय काम गर्नु भएको छ ।

वर्तमान अर्थमन्त्री गभर्नर भएका बेलामा उहाँलाई सफल बनाउन निकै सक्रिय भूमिका खेल्नु भएको थियो ।

बैंकिङ क्षेत्रमा हामीले आँ गर्दा अलंकार बुझ्नुहुन्छ । अहिले कोभिड १९ ले जसरी सम्पूर्ण बैंकिङ क्षेत्रमा चुनौती दिएको छ त्यसलाई कसरी सम्बोधन गर्ने, बजारमा कसरी तलरता दिने, के काम गर्नुपर्छ भन्ने सबैकुरा उहाँ बुझ्नु भएको छ ।

चाटर्ड एकाउन्टेन्टको जिम्मामा राष्ट्र बैंक, ५ वर्ष अगाडिको महाप्रसादको इच्छा यसरी भयो पूरा

त्यसैले हाम्रो अपेक्षा बजारको डाइनामिजनलाई एकदमै बुझ्न सक्ने भएकाले छिटो निर्णय गर्न सक्नुहुन्छ । हामीले पनि सहकार्य नै गर्छौ भन्ने हो ।

अब पेपरको प्रयोग एकदमै कम हुने कल्चरमा ५ वर्षमा पुर्याउनु पर्छ । यसमा राष्ट्र बैंकमा बैकर्स संघले के कस्तो सहयोग गर्ने हो त्यसमा पनि हामी सहयोग गर्छौ । र, उहाँको नेतृत्वलाई हामी सफल बनाउन सहयोग गर्छौ

अब अर्थतन्त्रलाई बुस्ट गर्नुपर्ने छ । अब यो लकडाउन बैशाख ३ गते नै सकियो भने त त्यत्ति धेरै आत्तिनु पर्दैन । पर्यटन क्षेत्र कम्तीमा २ वर्षका लागि क्षति पुग्योजस्तो लाग्छ । अरु क्षेत्र रिभाइज हुन्छ । अलिकति तरलता चाहिन्छ ।

बैंकिङ क्षेत्र अहिले पनि त्यस्तो नराम्रो छैन । बैंकिङ क्षेत्रको स्वास्थ्य निकै राम्रो छ । नयाँ प्रडक्टहरु पनि आएका छन् ।

जसरी हिजोका दिनमा डेपुटी गभर्नर भएर गभर्नर डा. युवराज खतिवडालाई सफल बनाउनु भयो । त्यसैगरी अब गभर्नर भएर अर्थमन्त्री खतिवडालाई नै सफल बनाउने अवसर छ ।

तर नयाँ गभर्नरको चुनौती भनेको डिनिटलाइजेशनलाई म्यासिभली अघि बढाउनु हो । बैंक छाड्ने बेलामा नोटमा एकदमै कम सही गर्नुहोस् भन्ने मेरो सुझाव छ । करेन्सी नोटबाट पेमेन्ट सिस्टमलाई डिजिटल गर्ने ठूलो अवसर र चुनौती दुबै छ । कोभिड १९ ले अर्थतन्त्रमा जसरी असर गरेको छ त्यसमा चुनौती छ ।

क्राइसिस कसरी म्यानेजमेन्ट गर्ने भन्ने कुरा पनि उहाँलाई राम्रोसँग थाहा छ । २०१५ मा भूकम्प गएको बेलामा र रियल स्टेटमा क्राइसिस आएको बेलामा पनि उहाँ हुनुहुन्थ्यो । कोभिड १९ ले ल्याएको तलरता अभावलाई समाधान गर्नका लागि काम गर्नुहुन्छ भन्ने अपेक्षा छ । बैंकिङ क्षेत्र राम्रो छ त्यसलाई अझ बढी राम्रो बनाउनु पर्नेछ ।

साथै पेमेन्ट सिस्टमको कुरा गर्दा अहिले नेपालमा धेरै नगदबाट कारोबार गर्छन । कोभिड १९ ले डिजिटलमा जानै पर्ने आवश्यकता औँलाएको छ । यसमा इन्फरमेसन रिस्कका कुराहरु पनि आउँछन् । रिस्कलाई कसरी म्यानेजमेन्ट गर्नेतर्फ पनि ध्यान दिनु जरुरी छ ।

अब पेपरको प्रयोग एकदमै कम हुने कल्चरमा ५ वर्षमा पुर्याउनु पर्छ । यसमा राष्ट्र बैंकमा बैकर्स संघले के कस्तो सहयोग गर्ने हो त्यसमा पनि हामी सहयोग गर्छौ । र, उहाँको नेतृत्वलाई हामी सफल बनाउन सहयोग गर्छौ । (कुराकानीमा आधारित) 


पुष्प दुलाल