बालबालिकामा किन कोरोनाको लक्षण कम देखिन्छ, कुन उमेर समुहलाई धेरै गर्छ ?



काठमाडौं । कोरोना भाइरसले संसारभर महामारीको रुप लिइरकेका बेला विभिन्न चर्चा चलिरहेका छन् । ती विविध चर्चामध्येको एक हो- कोरोनाले कुन उमेर समुहका मानिसलाई धेरै संक्रमण गर्छ ?

एक प्रख्यात उद्यमी एलन मस्कले टुइट गर्दै लेखेका छन्- बालबच्चा कोरोना भाइरसबाट सुरक्षित हुन्छन् अर्थात कोरोना भाइरसले बच्चामा कम संक्रमण गर्दछ ।

यहि विषय अहिले छलफल र चर्चाको विषय बनेको छ । कोरोनाले विशेषगरी बृद्धाहरुमा संक्रमण धेरै गर्ने बताइएको छ ।

तर कोरोनाबाट युवा वर्ग पनि नराम्रोसँग संक्रमित भएका केहि रिपोर्टहरु सार्वजनिक भएका छन् । अहिले संसारभर विद्यालय बन्द गर्ने नियम आएसँगै धेरै अभिभावकहरु यसले बच्चामा पार्न सक्ने प्रभाबबारे चिन्तित छन ।

के बच्चा कोरोनाबाट संक्रमित हुन सक्छन् ?

पछिल्लो समय बच्चा पनि कोरोनाबाट संक्रमित हुन्छन् भन्ने पुष्टि भएको छ । अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर एन्ड्रिउ पोलार्डले भनेका छन बच्चामा पनि बयस्कमा जस्तै कोरोना संक्रमण हुने सभ्भावना हुन्छ । कोरोना महामारीको शुरुमा बच्चमा कोरोना संक्रमण नहुने भन्ने सोच थियो तर अहिले बच्चामा पनि संक्रमण हुने निश्चित भएको छ । यथार्थ के हो भने बच्चामा कोरोना संक्रमण भएपनि सामान्य लक्षण मात्र देखिन्छन जुन वयस्क र बृद्धामा धेरै देखिन्छ ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको डाटा अनुसार ७२ हजार ३ सय १४ संक्रमित केसमध्ये १९ वर्षका मुनिका बच्चाहरु २ प्रतिशत थिए । त्यसै गरी अमेरिकामा ५०८ विरामीमध्ये १ प्रतिशत बच्चा रहेका थिए ।

यसै विषयमा बोल्दै एक बालअस्पताका डाक्टरले भनेका छन्– कोरोनाले बयस्कहरुमा धेरै संक्रमण गर्नुमा उनीहरुको काम गर्ने ठाउँ र यात्रा हुनसक्छ । पछि ती संक्रमितहरुले बच्चासँग धेरै समय विताए त्यसैले अहिले संक्रमित बच्चाहरुको संख्या पनि बढिरहेको छ ।

समग्र ग्लोबल ट्रेन्डले कोरोनाका कारण बयस्कभन्दा बच्चा कम संक्रमित हुने देखाउँछ । तर यो तथ्यांक सहि नहुनसक्छ किनकि कतिपय देशमा एमदम धेरै लक्षण देखिएका व्यक्तिहरुलाई मात्र परिक्षण गरिएको छ र त्यसमा बच्चाको संख्या एकदम थोरै रहेको छ ।

थप स्पष्ट रुपमा भन्दै डाक्टर पट्टेल भन्छन्- हामीले सोचेभन्दा धेरै बच्चामा संक्रमण भइसकेको छ । र, हामीले एमदम थोरै बच्चाको मात्र परिक्षण गरिरहेका छौं ।

यसै विषयमा बोल्दै अक्सफोर्ड भ्याक्सिन ग्रुपका प्रमुख एन्ड्रिउ पोलार्ड भन्छन्- अन्य कुनै विमार भएका बच्चामा पनि वयस्क र बृद्धाको तुलनामा कोरोना संक्रमण हुने सम्भावना कम हुन्छ।

सामान्यता कोरोना लागेका बच्चामा कम लक्षण देखिन्छन । तर बेल्जियममा १२ वर्षिय बालिका र लण्डनमा १३ वर्षिय बालकको मृत्यु भइसकेको छ । चीनमा पनि १४ वर्षिय बालकले पनि कोरोनाका कारण ज्यान गुमाएका बताइएको छ ।

साउथ एम्टन विश्वविद्यालयका मानार्थ बाल रोग विशेषज्ञ ग्रह्याम रोबट्र्सले भनेका छन्- कोरोना लागेका बच्चाहरुमा पहिला श्वासप्रश्वासको माथिल्लो भाग अर्थात नाक, मुख र घाँटीमा समस्या हुन्छ जसले गर्दा बच्चामा चिसोका कारण हुने लक्षणहरु देखिन्छन् ।

त्यसपछि मात्रै कोरोनाले श्वासप्रश्वासको मूख्य भाग अर्थात फोक्सोमा संक्रमण गर्ने र न्युमोनियाको जस्तो लक्षण देखाउँछ ।

त्यसैगरी चीनको एक तथ्यांक अनुसार कोरोना संक्रमित भएर अत्यन्त जटिल अवस्थामा पुगेका बच्चो संख्या ६ प्रतिशतभन्दा कम थियो जबकी वयस्कहरुको संख्या १९ प्रतिशत थियो । ६ प्रतिशतभन्दा कम बच्चाहरुमा श्वास फेर्न निकै कठिन भएको लक्षण देखिएको थियो । कोरोना भाइरस लागेका १ प्रतिशत बच्चामा भने कुनै पनि लक्षण देखिएको थिएन ।

यी सबै तथ्यांकले उब्जाउने एउटा प्रश्न हो- कोरोना संक्रमित अधिकांश बच्चामा सामान्य लक्षण देखिने हो या कोरोना भाइरसबाट बयस्कहरु जति बच्चाहरु संक्रमित नहुने हुन ?

यो भाइरस अत्यन्तै नयाँ भएकाले यसबारे कसैलाई पनि राम्रोसँग थाहा नभएको बताउँछन् लण्डनस्थित डेभिड हाइड आस्थ्मा एण्ड एलर्जी रिसर्च सेन्टरका निर्देशक रोबर्ट ।

उनी भन्छन्- बच्चामा कोरोनाले संक्रमण कम गर्ने कारण यो हो की कोरोना भाइरसको सेलको सतहमा प्रोटिन आवश्यक हुन्छ । त्यो सेलको भित्रि भागमा गएर समस्या शुरु गर्नलाई कोरोना भाइरसले एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम अर्थात (एसिइ-२) चाहिन्छ ।

बच्चाहरुको श्वासप्रश्वास प्रणालीको तल्लो तह अर्थात फोक्सोमा उपल्लो तह अर्थात नाक, मुख, घाँटीमा भन्दा कम एसिइ–२ इन्जाइम कम हुने भएकाले छिटो संक्रमण नहुने हुनसक्छ । बच्चामा कोरोना संक्रमण हुदै हुदैन भन्ने होइन । मानिसको उमेरसँग केहि परिवर्तन हुदै जाने भएकाले बृद्धहरुमा धेरै संक्रमण हुने खतरा रहन्छ ।

त्यसैगरी कोरोना भाइरसका पनि विभिन्न प्रकार हुन्छन् । अहिले महामारीका रुपमा फैलिएको कोरोना एकदमै नयाँ भएकाले यसबारे यकिन तथ्य र औपधि पत्ता लाग्न सकेको छैन । बच्चामा कोरोना संक्रमण कम हुनुमा बच्चा पहिले नै अन्य चार किसिमका कोरोना भाइरसले संक्रमण्मित भइसकेकाले क्रम प्रोटेक्सन हुँदा कम संक्रमण भएको हुनसक्छ ।

अहिलेसम्मको तथ्यांक अनुुुसार कम बच्चा संक्रमित भएका छन् त्यसको कारण वयस्कको तुलनामा बच्चाहरुमा रोगलाई नियन्त्रण गर्ने केहि न केहि फरक उपाय हुनसक्छ ।

के कम लक्षण भएका वा लक्षण नै नदेखिएका कारोना संक्रमित बच्चाबाट अरु संक्रमित हुन्छन ?

हो, कोरोनाका लक्षण नै नदेखिएका बच्चाहरुबाट पनि संक्रमण फैलिन सक्छ । यो धेरै संबेदनशिल विषय हो । धेरैको सोचाइ बच्चाहरु कोरोना संक्रमित हुने कम संभावना भएको बुझ्छन् । तर तीन बच्चाबाट कोरोना संक्रमणले समाजमा झन भयानक अवस्था ल्याउन सक्छ ।

कोरोना भाइरस एक संक्रमित ब्यक्तिबाट संक्रमित नभएको व्यक्तिमा श्वापप्रश्वासबाट निस्किने छिटा वा कुनै माध्यमबाट सर्छ । यसर्थ संक्रमण भएको बच्चाबाट कोरोना भाइरस उसका घरपरिवार वा आफन्तमा सर्ने सम्भावना हुन्छ ।

कतिपय स्वास्थ्यकर्मीले लक्षण नै नदेखिने वा सामान्य लक्षण देखिने बच्चानै कोरोना महामारी फैलिनुमा मूख्य कारण बन्न सक्ने बतएका छन । जसका कारण स्कुलहरु ब्न्द गर्नु नितान्त आवश्यक छ ।

चीनको तथ्यांक अनुसार विशेषत भर्खर जन्मिएका शिशुमा कोरोना संक्रमण अन्य उमेर समुहका मानिसमा भन्दा धेरै हुन्छ । चीनको एक अध्ययन अनुसार ९ वर्ष र त्यो भन्दा कम उमेरका कुनै पनि बच्चाको कोरोनाका कारण निधन भएको देखिएन ।

विश्वका विभिन्न ठाउँमा कोरोना महामारी फैलिरहेका बेला भर्खर जन्मिएका बच्चाहरुमा पनि कोरोना संक्रमण देखिएको छ । चीनको वुहानमा एक र युकेको लण्डनमा अर्को भर्खर जन्मिएको बच्चामा कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै जना शिशुको आमाहरुमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म ती शिशुहरुमा गर्भाशयमा हुँदै कोरोनाले संक्रमण गर्यो वा जन्मिएपछि भन्ने पत्ता लागेको छैन ।

त्यसै गरी कोरोना भाइरसका कारण गर्भवती महिलाका साथै बच्चालाई पनि असर गर्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना संक्रमित गर्भवती महिलामा श्वासप्रश्वासमा समस्या आउने भएकाले गर्भपतन हुने, समयावधि पुरा नभइ बच्चा जन्मिने, पुर्ण शारिरिक विकास नभएको बच्चा जन्मिने हुनसक्छ तर अहिलेसम्म कोरोना लागेका कुनै महिलाले यस्तो समस्या भोग्नुपरेको छैन । कोरोनाबाट बच्चा कम संक्रमण हुने सम्भावना हुन्छ भन्दैनमा पुर्व सावधानी नअपनाई बस्नुहदैन ।

पब्लिक हेल्थ इंग्ल्याण्डले गर्भवति महिलाहहरु पनि कोरोना संक्रमणको खतरामा रहने हुनाले १२ हप्तासम्म सामाजिक दुरी कायम राखि बस्नुपर्ने सझाब दिएको छ ।

त्यसकारण बच्चाहरुलाई घरपरिवारले कोरोना संक्रमण हुनबाट जोगाउन निकै महत्वपुर्ण छ । बच्चालाई उक्त संक्रमणबाट जोगाउन हात धुन लगाउने, सामाजिक दुरी कायम राख्न सिकाउने र भाइरस संक्रमण हुने भएकाले बच्चा खेल्ने वा जाने ठाउँका सतहहरुलाई डिस्इन्फेक्स गर्नुपर्ने विज्ञहरुको सुझाब छ । कुनै पनि बस्तु छोपछि मुखमा हात नलैजान बच्चालाई सिकाउन निकै महत्वपुर्ण छ ।

बाबालिकाहरुको सन्दर्भमा काम गर्दै आएको युनिसेफले कसरी बच्चालाई सुरक्षित राख्ने भन्ने विषयमा गाइडलाइन नै तयार गरेको छ ।


पुष्प दुलाल