यी हुन् कोरोना भाइरसले नछोएका देश



विश्वका अधिकांश देशहरु यतिबेला कोरोना भाइरसको चपेटामा छन् । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना भाइरसलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती हो भनिसकेका छन् ।

तर केही यस्ता क्षेत्र पनि छन्, जो अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । प्रशान्त महासागरीयद्विप तुवालु र पूर्व सोभियत रिपब्लिक मुलुक तुर्केमिनिस्तानमा हालसम्म कोरोना देखिएको छैन ।

जोन्स होपकिन्स विश्वविद्यालयका नयाँ आँकडा अनुसार कोरोना भायरस विश्वका १८० भन्दा बढी देश तथा अन्य क्षेत्रमा आफ्नो पहुँच बनाइसकेको छ । जसबाट अहिलेसम्म ११ लाख मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । भने मृत्यु हुनेको संख्या ५८ हजार पुगिसकेको छ ।

त्यस्तै २ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् । तर अहिलेसम्म ४० वटा स्थानमा भने कोरोनाको संक्रमण देखिएको छैन । कम्तीमा पनि कोरोना संक्रमित भएको आधिकारिक सूचना अहिलेसम्म छैन ।

सीमा बन्द
तर यी देशका क्षेत्रमा कोरोनाको संक्रमण नदेखिनुको कारण के होला त ? धेरै कारणमध्ये एउटा के पनि कारण हुन सक्छ भने यी ठाउँहरु भूगोलका हिसाबले निकै साना र जनसंख्याको हिसाबले पनि थोरै छ ।

यदी तुवालुको कुरा गर्ने हो भने यो सानो द्विप हो र जहाँको जनसंख्या निकै थोरै छ । आवतजावत पनि निकै कम छ ।

यी ४० वटा स्थानहरु पर्यटकीय क्षेत्र हुन् । धेरै जसो देशमा हवाई उडानमा प्रतिबन्ध लगाइसँगै यी स्थानमा जानेहरुको संख्या पनि कम भएको हो ।

तुर्केमिनिस्थानमा कोरोना भाइरस शब्दमा प्रतिबन्ध छ ।

शंकाको घेरमा उत्तर कोरिया
तुर्केमिनिस्थानमा त कोरोना भाइरस शब्द प्रयोगमै प्रतिबन्ध लगाइएको छ । साथै उत्तर कोरियाबाट आएको आधिकारिक बयान पनि शंका उत्पन्न गराउने खालको छ ।

शंका किन पनि भने उत्तर कोरिया विश्वका त्यस्ता देशबाट घेरिएको छ जुन देशमा अत्यधिक संख्यामा कोरोना भाइसका संक्रमितहरु छन् । जसमा प्रमुख नाम त चीनकै आउँछ जहाँबाट भाइरसको शुरुवात भएको थियो ।

तर पोयङयाङबाट अहिलेसम्म कोभिड १९ को संक्रमितको घोषणा गरिएको छैन ।

उत्तर कोरियामा महामारी फैलने हो भने यहाँको स्वास्थ्य प्रणाली कमजोर भएकाले भयाभय अवस्था आउन सक्छ । यहाँ कुशासन र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण निकै खराब अवस्था छ । उत्तर कोरियाले परमाणु हतियारको लगातार परीक्षण गर्नाले कैयन प्रतिबन्ध लगाइएको छ ।

यमनमा युद्ध जारी छ । जसका कारण यहाँ परीक्षण गर्न र केस दर्ता गर्न पनि चुनौती छ । त्यस्तै साउदी अरबले पनि ३१ मार्चमा घोषणा गर्दै कोरोना भाइरसको संक्रमण हालसम्म बढेर १५०० पुगेको छ ।

केही अफ्रिकी देशमा पनि अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर यसलाई टेस्टिङ किटको कमीसँग जोडेर पनि हेर्ने गरिएको छ ।

त्यस्तै अन्टार्कटिका एक मात्र यस्तो महादेश हो जहाँ कोरोना भाइरसको संक्रमण देखिएको छैन । यदी यसलाई विश्वको नक्सामा हेर्ने हो भने विश्वबाट थोरै अलग छ । भने यहाँ निकै कम जनसंख्या छ । यहाँ मानिसहरुको उपस्थिती अन्तर्राष्ट्रिय अनुसन्धान सेन्टरसम्म मात्रै सीमित छ ।

बीबीसीबाट साभार


क्लिकमान्डु