कोरोना भाइरस नेपालीका लागि यसरी बन्न सक्छ अवसरः भरतराज ढकालको बिचार



लकडाउन हुने खानेहरुका लागि त केही समस्या छैन । उनीहरुको जीवनशैलीमा पनि खासै फरक छैन । तर दैनिक काम गरेर जीवन निर्वाह गर्नेहरुका लागि त समस्या छ । उनीहरुलाई राज्यले सहयोग गरेन भने त चुल्हो बल्दैन ।

हाम्रोजस्तो रेमिट्यान्सले धानेको मुलुकमा विदेशमा रोजगारी खोज्दै गएका मानिसहरु नेपाल फर्किए भने राज्यले तुरुन्तै व्यवस्था गर्न निकै गाह्रो छ ।

विकसित देशमा त समस्या नहोला । तर नेपालजस्तो देशमा त यसले समस्या सिर्जना गर्छ । काम गर्नका लागि खाडी मुलुकमा गएका श्रमशक्ति र अध्ययनका युरोप अमेरिका गएकाहरु पनि फर्कन सक्छन् । त्यसैले उनीहरुका लागि राज्यले केही न केही त गर्नुपर्छ ।

अहिले कृषिमा पनि सम्भावना भएको र राज्यले पनि कृषि सम्बन्धि नीति ल्याएको र निजी क्षेत्र पनि कृषि क्षेत्रमा उत्साही भएको अवस्था छ भने बैंक तथा वित्तीय संस्थाहरुले पनि कृषि क्षेत्रमा कर्जा लगानीमा सकारात्मक देखिएका छन् । हामीले पनि मुक्तिनाथ कृषि कम्पनी खोलेका छौ । हाम्रा जस्ता कम्पनीलाई राज्यले थप प्रोत्साहन गर्नुपर्छ ।

युवाहरु नेपालमा रोजगारका लागि भन्दा पनि स्वरोजगारका लागि आउनसक्ने देखिएको छ । यसले आर्थिक र सामाजिकरुपमा पनि ठूलो परिवर्तन ल्याउनसक्छ । तत्कालका लागि निकै गाह्रो बनाए पनि दीर्घकालीनमा भने कृषिको विकासले मुलुकलाई फाइदा नै गर्छ ।

अहिले सरकारको पुँजीगत खर्चहरु बहन गर्न सक्ने क्षमता कम हुन्छ । सञ्चालन खर्च नै बढी हुन्छ । अब यसबाट सिक्ने हो । खासगरी २०४६ सालपछि जब खुला अर्थतन्त्रको नीति अबलम्बन गरियो । हामी सबै आयातमूखी अर्थतन्त्रप्रति निर्भर हुन थाल्यौं । यसले राज्यको ढुकुटीमा त फाइदा नै गर्यो ।

तर जनताको जीवनशैलीमा अस्वभाविक परिवर्तन ल्यायो जसले गर्दा उत्पादन कम हुन थाल्यो । हाम्रो निर्यात बढ्दै जाँदा नेपालको खर्च गर्ने बानी बढ्दै गएको छ । अब खर्च कटौती गर्नुपर्छ । मितव्ययी हुनुपर्छ ।

अहिले कोरोनाका कारणले खासगरी युरोप र अमेरिकाजस्ता देशमा ठूलो समस्या परेको छ । ती देशका मानिसहरुको इम्युनिटी पावर कम भएको कुराहरु पनि आएका छन् । नेपालमा हावा पानीका कारण इम्युनिटी पावर पनि बढी भएको कुराहरु पनि आएका छन् । अहिले पश्चिमी देशहरुले पूर्वीय दर्शनको कुराहरु पनि बढ्दै गएको साथै प्राकृतिकरुपमा नेपाल संसारको उत्कृष्ट देश भएको नेपालको उत्पादन अब संसारको जुनसुकै देशमा पनि बिक्री वितवरण हुनसक्ने सम्भावना देखिएको छ । जसले गर्दा राम्रो मूल्य पनि पाउन सक्छ । गुणस्तरीय पनि हुन्छ ।

तर अब राज्यले कस्तो नीति लिन्छ भन्ने कुरामा भर पर्छ । राज्यले आफ्नो बजेट कसरी परिचालन गर्छ ? ऋण कसरी उठाउँछ र बैदेशिक सहायता कसरी लिन्छ भन्ने कुरा पनि हो । अहिलेको अवस्था असहज पनि छैन ।

कोरोनाले वित्तीय क्षेत्रमा दुई ठूला असर गर्छ । एउटा खराब कर्जाको अंश बढाउने र अर्को नाफा संकुचन गर्ने । सबैभन्दा पहिलो पर्यटक लगायतका क्षेत्रमा असर गर्छ भने अन्तिममा वित्तीय क्षेत्रलाई असर गर्छ । अहिलेको दिनमा समग्र बैंकहरुको धितोमुखी कर्जा बढी भएकाले पनि खराब कर्जा बढ्छ । आम्दानीमा पनि केही संकुचन भए पनि पछि रिकभर हुँदै जान्छ । शुरुमा हामीले पर्यटन र यातायातमा मात्रै पर्छ भन्ने लाग्छ भन्ने थियो । तर अहिले त धेरै क्षेत्रमा नै असर पर्न थाल्यो । त्यसैले सरकारले पनि सबैलाई समेट्ने गरी नीति बनाउन सक्नुपर्छ ।

ठूलो आकारको अर्थतन्त्र भएको भए हामीलाई गाह्रो हुने थियो । तर सानो आकार भएकाले त्यत्ति ठूलो समस्या नहोला । अमेरिकामा ठूलो संकट पर्यो भने त कहाँबाट ल्याउने त्यहाँको अर्थतन्त्रै नै ठूलो छ ।

अन्तर्राष्ट्रिय निकायहरु विश्व बैंकले पनि पक्कै पनि केही योजना बनाएका छन् । शुरुमा त विकासभन्दा पनि मानव कसरी बनाउने भन्ने नै हो । यसको असर कुन देशमा कति पर्छ भन्ने विश्लेषण पक्कै पनि होला । तर आवश्यकताका आधारमा सहयोग पक्कै पनि हुन्छ । नेपालमा पनि सहयोग आउला भन्न सकिन्छ ।

वैदेशिक रोजगारबाट फर्केका युवाहरु नेपालमा आएर कृषि क्षेत्रमा लाग्ने सम्भावना ठूलो छ । किनभने अब हाम्रो अर्थतन्त्र सबल भएको भए हामी डराउनु पर्ने अवस्था हुँदैनथ्यो । अहिले कोरोनाको ठूलो असर त हामीसँग छैन ।

तर विदेशमा गएका मानिसहरुले काम गर्न र विकास कसरी हुने रहेछ भन्ने कुरा सिकेका छन् । सीपहरु पनि सिकेका छन् । र, अब विदेशमा केही पनि विकल्प नभएको अवस्थामा नेपालमा कृषिमा धेरै नै ठूलो सम्भावना छ भन्ने पनि भएको छ । धेरै नेपालीलाई पनि यो कुरा महसुस भएको छ । र, यसबाट निर्यात गरेर विदेशी मुद्रा आर्जन पनि गर्न सकिन्छ । साथै म युरोप जाँदा पनि स्वास्थ्यप्रति निकै सचेत बन्दै गएका छन् । खानेकुरामा प्राकृतिकरुपमा प्राप्तजस्तो अरु स्वस्थवर्दक हुँदैन ।
विगतमा सरकारले पनि केही गरेन भन्ने भयो । अनि जसरी पनि पैसा कमाउने र त्यसका लागि रोजगारीको खोजीमा विदेश जानेक्रम बढ्यो ।

कोरोनाबाट मानवीय क्षति भएन भने नेपालमा स्वस्थ हावापानी छ भन्ने हिसाबले पनि ब्रान्डिङ गर्नुपर्छ भन्ने लाग्छ ।

रांशमा भन्दा कोरोनाले विश्वको अर्थतन्त्र भनेका अमेरिका र युरोपमा ठूलो असर गर्छ । उनीहरुको अर्थएतन्त्रमा ठूलो धक्का लाग्छ । हाम्रोमा सानो अर्थतन्त्र भएकाले कम धक्का लाग्छ । र, हाम्रोजस्तो देशले केही समयमा छोटो समयमा ठूलो परिवर्तन ल्याउन सक्छन् । यो परिवर्तनको अवसर पनि हो ।  (कुराकानीमा आधारित)


पुष्प दुलाल