आइटीको जिम्मा लिएका व्यक्तिले clickmandu.com ह्याक गरेको त्यो दिन…



कहिलेकाहीँ कोही मान्छेलाई सम्झिन पनि सन्दर्भ आउनुपर्ने रहेछ । बिर्सिइसकेको कुरा आज राति मनको अन्तरकुनामा खेल्यो । र, तपाईहरुलाई सेयर गर्न गइरहेको छु । यो म स्वयंले भोगेको यथार्थ हो ।

ठ्याक्कै दुई वर्षअघिको कुरा हो । www.clickmandu.com को आइटीको जिम्मा लिएको एक निजी कम्पनीका प्रमुखले वेवसाइटभित्र अनधिकृतरुपमा प्रवेश गरी हाम्रो साइट नै डाउन गराएका थिए ।

इस्यू केही पनि थिएन । तर अस्वाभाविक र अनैतिकरुपमा पैसाको बार्गेनिङ गर्दै ती मित्रले क्लिकमाण्डूको फेसबुक र ट्विटरबाट हामीलाई निकालेका थिए ।

हामीले प्रश्न गर्यौं- ‘किन यस्तो गरेको ?’

ती मित्रले जवाफ दिए, ‘यो मेरो अधिकार क्षेत्रको कुरा हो । मेरा केही विषयहरु छन् । ती पूरा नभएसम्म वेभसाइटमा तपाईहरुलाई पहुँच दिन्न ।’

हामीले त्यसो नगर्न उनलाई अनुनयविनय गर्यौं । तर उनले हाम्रो चित्कारलाई सुन्ने प्रयाससमेत गरेनन् ।

अर्काको सम्पत्ति (ढुकुटी)भित्र पहुँच पाएँ भन्दैमा आफ्नो खल्ती भर्ने कार्यको जति निन्दा गरे पनि हुँदैन । त्यो भन्दा ठूलो अपराध अरु के हुन सक्छ र ?

उले आफूले मागेजति पैसा दिनुपर्ने अडान राख्दै आएका थिए । जुनकुरा हामीबीच भएको सम्झौता अनुसार थिएन ।

‘हाम्रो सम्पत्तिको सुरक्षा गर्ने ताल्चा लगाएर त्यो ताल्चामात्रै तपाईलाई दिएको हो, ताल्चा पाएँ भन्दैमा ढुकुटीमा प्रवेश गरेर सामान चोरी गर्ने अधिकार तपाईलाई छैन,’ भनेर क्षेत्राधिकार सम्झाउने प्रयास गर्यौं ।

ती मित्रले जवाफ दिए, ‘त्यसो भए जे सक्नुहुन्छ त्यही गर्नुहोस् ।’

हामीले भन्यौं- ‘प्रहरीकहाँ गएर उजुरी दिन्छौं ।’

ती मित्रले धम्कीको शैलीमा फेरि थपे, ‘यस्तो किसिमको साइबर क्राइमको कानून नेपालमा छैन । म प्रहरीकहाँ गएर बहस गर्न तयार छु । फेरि यो होस्टिङको कसूर यहाँको कानूनले मात्रै भ्याउँदैन । म पनि आइटीको क्षेत्रमा १२/१५ वर्ष काम गरेको व्यक्ति हुँ ।’

सूचना प्रविधिको आजको दुनियाँमा डाटाको दुरुपयोग गर्ने चोर, ह्याकर वा अपराधीहरु धेरै नै खतरनाक हुन्छन् । यस्ता अपराधीहरुलाई कडाभन्दा कडा सजाय हुने कानूनी प्रबन्ध मिलाउनु अत्यावश्यक भइसकेको छ ।

हामी त समाचार मात्रै लेख्ने मान्छे । उद्यमी बन्ने हुटहुटीले जानीनजानी न्यूज पोर्टल चलाउन शुरु गरेका थियौं ।

यसरी क्लिकमाण्डू ह्याक भएपछि हामीलाई निकै ठूलो पीडा भयो । कसैले मुटुमाथि तिर हानेझैं भयो ।

साइबर अपराधका कानूनहरु पढ्याैं  । र, कानूनी उपचार खोज्ने निर्णय गर्यौं । हामीले साइबर लका जानकार वकिलसँग सल्लाह गर्यौं ।  ती वकिल ह्याकरसँग पनि परिचित थिए ।

जब हामी कानूनी उपचार खोज्न जाने लागेको कुरा वकिलमार्फत् हाम्रो वेवसाइटको आइटीको जिम्मा लिएका ह्याकरले थाहा पाए । तब उनी धेरै लचक भए ।

वकिलको कार्यालयमा हामी छलफलका लागि भेला भयौं । वकिल साबले दुबै पक्षलाई मिलेर समस्याको समाधान गर्न सुझाए । लामो समयको छलफलपछि वकिलको रोहबरमा एउटा कागज गरियो ।

उक्त कागजमा ती ह्याकर र क्लिकमाण्डूको प्रकाशनगृह चाणक्य मिडिया प्रालिका तर्फबाट तत्कालीन सम्पादक शिव सत्यालले हस्ताक्षर गरे । जुन कागज अहिले पनि हामीसँग सुरक्षित छ ।

हामीबीच भएको कागजमा भनिएको छ, ‘क्लिकमाण्डू डटकमको डोमिन, सर्भर, सामाजिक सञ्जाल सबै चाणक्य मिडियाका सम्पत्ति हुन् । आइटीको जिम्मा लिएको कम्पनीले चाणक्य मिडिया प्रालिको आधिकारिक अनुरोध वा निर्देशन बिना दायाँबायाँ केही पनि गर्न सक्ने छैन । अब उप्रान्त यसरी अनधिकृतरुपमा वेभसाइटभित्र प्रवेश नगर्ने र क्लिकमाण्डूमाथि साइबर हमला भए पहिलो शंका ती नै मित्रलाई गर्नसक्ने ।’

त्यतिमात्रै होइन, क्लिकमाण्डूको आइटीको चाबी त्यसैदिनदेखि चाणक्य मिडिया प्रालिलाई पूर्णरुपमा हस्तान्तरण गरिएको पनि कागजमा उल्लेख छ ।

नेकपाका लागि यो एउटा नजिर स्थापना भइसकेको छ । चोरेको सामान फिर्ता गर्यो भने त्यसलाई माफी दिने । यो नजिरका आधारमा भन्ने हो भने साइबर अपराध गर्ने शिरान टेक्नोलोजिज र त्यसका मालिकले निश्चय पनि छुटकारा पाउने नै छन् ।

यसरी गैरजिम्मेवारपूर्ण ती आइटी हेर्ने मित्रले उनीसँग भएको क्लिकमाण्डू सम्पूर्ण पहुँच हामीलाई जिम्मा लगाए । त्यो दिन दिनभर हाम्रो ववेवसाइट चलेन ।

सम्पादक सत्याल, समाचार सम्पादक आशीष ज्ञवाली र म आइटी हेर्ने नयाँ कम्पनी खोज्न भौतारियौं । पुतलीसडकमा एउटा आइटी कम्पनी रहेको हामीलाई थाहा थियो । तर त्यसका सञ्चालकलाई फोन गर्दा मोबाइल अफ थियो ।

हामी कालिकास्थानस्थित क्लिकमाण्डूको कार्यालयबाट त्यो आइटी कम्पनी खोज्न निस्कियौं । मुसलधारे पानीले हामीलाई चुट्नुसम्म चुट्यो । तर हामीले त्यो आइटी कम्पनीको कार्यालय फेला पार्न सकेनौं ।

हाम्रा आँखाबाट आकाशको मुसलधारे पानीभन्दा बढी वर्षात भएको थियो । हृदयमा ८ रेक्टरस्केलको भूकम्प गयो । रिसको भुंक्रोले छाती जलेको थियो । विवेकको छडीले रिसको आवेगलाई कोर्रा लगाउँदै नियन्त्रण गरिरह्यौं ।

साथीहरु भन्थे- ‘यस्तो अनावश्यक तनाव लिन उद्यमी बन्न आइएछ । उद्यमी बन्दा यति हदसम्मको तनाव लिनुपर्छ भन्ने थाहा भएको भए त जागिर छाडिने नै थिएन । उद्यमभन्दा जागिर नै ठीक ।’

झल्झली याद छ । त्यो दिन हामीले खाजा पनि खाएनौं । ती ह्याकरले दिएको पीडाले भोक तिर्खा सबै मेटाएको थियो ।

यसरी भौतारिँदाभौतारिँदै रातको ८ बजिसकेको थियो । हाम्रो वेवसाइट अझै चलेको थिएन ।

हाम्रा आँखाबाट आकाशको मुसलधारे पानीभन्दा बढी वर्षाद् भएको थियो । हृदयमा ८ रेक्टरस्केलको भूकम्प गयो । रिसको भुंक्रोले छाती जलेको थियो । विवेकको छडीले रिसको आवेगलाई कोर्रा लगाउँदै नियन्त्रण गरिरह्यौं ।

त्यतिकैमा आइटीको काम गर्ने एकजना मित्रको याद झस्स आयो । र, उनलाई फोन गर्यौं । उनी रातको ९ बजे हाम्रो कार्यालय आएर राती १२ बजेसम्म कार्यालयमा बसेर समस्याको समाधान गर्यौं ।

आइटी हेर्ने पहिलो मित्र हाम्रा लागि राक्षस बनेर उभिए भने दोस्रा मित्र भगवान बनेर आए ।

हामीले सर्भर सार्यौं । पहिलो आइटी हेर्ने व्यक्तिको पहुँचमा भएका सबैकुरा सार्यौं । तर, बिडम्बना हामीले त्यसअघि पोष्ट गरेका र सामाजिक सञ्जालमा २ लाखभन्दा बढी सेयर भएका समाचारको शेयर शून्य देखाइदियो ।

नयाँ आइटी हेर्ने साथीलाई हामीले सोध्यौं किन यस्तो भएको ? उनले भने, ‘सुरक्षित तवरले सर्भर चेन्ज गरेको भए पूरानो सेयर देखाउँथ्यो । यसअघिका साथीले असुरक्षित बनाइदिएकाले यस्तो भएको हो । उनको नियत खराब देखियो । जिम्मेवारी लिएको व्यक्तिले यस्तो गर्न मिल्दैन थियो । खैर केही छैन । अब म ती मित्रबाट बचाउँछु ।’

ती मित्रको यस्तो जवाफ सुनेर सम्पादक सत्याल र समाचार सम्पादक ज्ञवालीजी फेरि एकपटक रिसले मुरमुर भए । तर वेभसाइट रिकभरी भएको खुसीले त्यो आवेग हराउँदै गयो ।

हामीले आइटीको टिम नै फेर्यौं ।

उक्त कागज गरेपछि भने ती ह्याकर मित्रले फेरि त्यस्तो हर्कत (अपराध) गर्ने हिम्मत गरेनन् । तर ती मित्रसँगको वर्षौंदेखिको सम्बन्ध स्वाहा भयो ।

ती मित्र कहिलेकाहीँ बाटोतिर भेटिन्छन् । तर लाजले होला शिर ठाडो बनाएर बोल्न सक्दैनन् । हामीले बुझ्दै जाँदा उनको ट्रयाक रेकर्ड नै यस्तै रहेछ ।

स्मरण रहोस्, बैंकमा सर्वसाधारणले जम्मा गरेको निक्षेप बैंकको वा त्यहाँ कार्यरत कर्मचारीको होइन । निक्षेप राख्ने व्यक्तिको हो । कहिलेकाहीँ बैंकका सञ्चालक, सीइओ र कर्मचारीहरुले आफ्नै ठानेर अपचलन गर्छन् । र, बैंकिङ कसूरमा जेल जान्छन् ।

आइटीको जिम्मा लिनु पनि त्यस्तै कार्य हो । तर, अर्काको सम्पत्ति (ढुकुटी)भित्र पहुँच पाएँ भन्दैमा आफ्नो खल्ती भर्ने कार्यको जति निन्दा गरे पनि हुँदैन । त्यो भन्दा ठूलो अपराध अरु के हुन सक्छ र ?

सूचना प्रविधिको आजको दुनियाँमा डाटाको दुरुपयोग गर्ने चोर, ह्याकर वा अपराधीहरु धेरै नै खतरनाक हुन्छन् । यस्ता अपराधीहरुलाई कडाभन्दा कडा सजाय हुने कानूनी प्रबन्ध मिलाउनु अत्यावश्यक भइसकेको छ ।

एफवान सफ्टका मालिक अस्गर अलि प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकारसमेत हुन् । अलीले सत्ताको दम्भ देखाए । जसबाट उत्पन्न परिणामले व्यावसायीक करिअरमा ओरालो यात्राको शुरुवात भयो ।

सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेर सफलताको शिखरमा पुगेको एफवान सफ्टले सञ्चालन गरेको शिरान टेक्नोलोजिज् प्रालिले काठमाण्डू प्रेस नामक अनलाइनले लेखेको ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकको समाचार नै गायब गरिदियो । त्यतिमात्रै होइन, केही समय समाचार नै पोष्ट गर्न नमिल्ने बनाइदियो ।

शुक्रबार बिहानै २ वटा वाणिज्य बैंकका सीइओले मलाई फोन गरेर सोधे एफवान सफ्टले यस्तो गरेको हो भने त हाम्रो बैंकको डाटा पनि ह्याक नहोला भन्ने अवस्था रहेन नि । के गर्ने होला अब हामीले ?

मैले सोचेँ- ‘एफवान सफ्ट, इसेवाले वर्षौं लगाएर कमाएको विश्वसनीयता एक पलमै गुमायो ।’

समाचारसँग चित्त नबुझेको भए प्रेस काउन्सिलमा उजुरी गर्न सकिन्थ्यो । गलत समाचार लेख्नेलाई कारबाही गर्न सकिन्थ्यो ।

सत्ता अन्धो हुन्छ भन्थे । हो रहेछ भन्ने प्रमाणित भयो ।

त्यसो त, शिरान टेक्नोलोजिजले आफ्नो गल्ती स्वीकार गरेर माफी मागिसकेको छ ।

बालुवाटार जग्गा खरिद प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोराले उक्त जग्गा फिर्ता गर्ने निर्णय गरे । त्योसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेन ।

नेकपाका लागि यो एउटा नजिर स्थापना भइसकेको छ । चोरेको सामान फिर्ता गर्यो भने त्यसलाई माफी दिने । यो नजिरका आधारमा भन्ने हो भने साइबर अपराध गर्ने शिरान टेक्नोलोजिज र त्यसका मालिकले निश्चय पनि छुटकारा पाउने नै छन् ।

श्री केपी शर्मा ओलीले रक्षा गरुन् ।

किनभने भिटेनले र्याप मार्फत् भनेका छन् नि- ‘हामी यस्तै त हो नि ब्रो, जहिल्यै यस्तै त हो नि ब्रो,…।’


पुष्प दुलाल